काठमाडौँ, कात्तिक ४ गते । गाजा सहरमा रहेको ग्रीक अर्थोडक्स चर्च नजिकै बिहीबार साँझ भएको इजरायली हवाई आक्रमणमा कम्तीमा १८ प्यालेस्टाइनी इसाईहरूको मृत्यु भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले हिजो राति सेन्ट पोर्फिरियसको चर्च नजिकैको एक ठाउँलाई लक्षित गरी भएको आक्रमणपछि दर्जनौँ क्रिस्चियन हाताहाती भएको र अल–शिफा अस्पतालमा पुगेको बताइएको छ ।
हमासद्वारा सञ्चालित गृह मन्त्रालयले जनाएअनुसार इजरायली हवाई आक्रमणबाट बच्न ४०० भन्दा बढी मानिसहरू, (इसाई र मुस्लिमहरू)ले चर्चमा शरण लिएका थिए ।
यसैबिच इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले शुक्रवार विज्ञप्ति जारी गर्दै बिहीबार राति उसको लडाकु विमानहरूले हमास विद्रोहीहरूको कमान्ड र नियन्त्रण केन्द्रलाई निशाना बनाई आक्रमण गरेको थियो । एजेन्सी