• २७ वैशाख २०८२, शनिबार

चिडियाखानामा सटल बसको व्यवस्था गर्दै ललितपुर महानगर

blog

ललितपुर, कात्तिक ३ गते । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले यस वर्ष चिडियाखानामा बालबालिका र वृद्धवृद्धालाई घुमाउनका लागि सटल बस राख्ने बताउनुभएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषको ४१ औं वार्षिकोत्सव तथा संरक्षक संरक्षण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

प्रमुख महर्जनले आफू मेयर भइसकेपछि जावलाखेलको चिडियाघर भन्दा बाहिर नजिकमा हुने कन्सर्टहरु बन्द गराएको बताउनुभयो । कन्सर्टहरु बन्द हुँदा चिडियाखानामा भएका वन्यजन्तुहरु आरामसाथ निदाउन पाएको उल्लेख गर्नुभयो । उहाँले महानगरपालिकामा धेरै सुधार गर्न बाँकी रहेको भन्दै लितपुर महानगरपालिका सहकार्य गर्न इच्छुक र तयार रहेको बताउनुभयो ।

प्रमुख महर्जनले भन्नुभयो, ‘‘यस पटक चिडियाखानामा बालबालिका, वृद्धवृद्धालाई घुमाउनका लागि एउटा सटल बसको पनि व्यवस्थापन गर्न गइरहेका छौँ । म मेयर भइसकेपछि जावलाखेलको चिडियाघर भन्दा बाहिर त्यहाँ ठूलो ठूलो कन्सर्टहरु हुन्थ्यो, मध्यरातसम्म, बाघ भालुलाई सुत्नै डिस्टर्ब हुनेगरी । तसर्थ मैले त्यो, बन्द गरिदिएँ । अहिले बाघ भालु आनन्दसँगले सुतिरहेका छन् । यसमा सुधारका धेरै आयमहरु छन् । त्यसमा ललितपुर महानगरपालिका सहकार्य गर्न इच्छुक र तयार छ ।’’

प्रमुख महर्जनले ललितपुर महानगरलाई आगामी दुई वर्षभित्र नमूनास्तरको बनाउने बताउनुभयो ।