• १५ मंसिर २०८१, शनिबार

सामाजिक अपराध रोक्न सबै जिम्मेवार बन्नुपर्छ

blog

कार्यक्रममा मन्तव्य राख्नुहुँदै प्रजिअ किरण थापा । तस्बिर : ललिता साह

ललिता साह

वोदेवर्साइन (सप्तरी) कार्तिक २ गते। कानुनले अपराध गर्न भनेका छैन तर आर्थिक लेनदेन, धार्मिक, राजनैतिक, अशिक्षा, न्यून सचेतना, वैदेशिक रोजगार आदिको कारण समाजलाई अपराधतिर उन्मुख गराइरहेकोप्रति हरेक नागरिक सचेत हुनैपर्ने सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापाले बताउनुभएको छ । 

जिल्ला प्रशासन कार्यालय तथा नेपाल प्रहरीको संयुक्त आयोजनामा स्थानीय तहमा अपराध न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

राम्रो विद्यार्थीले नै सुन्दर समाज हस्तान्तरण गर्ने निश्चित हुने भन्नुहुँदै सप्तरीमा बढ्दो अपराधको प्रमुख कारण आर्थिक कारण तथा जग्गा विवाद देखिएको हो र यस्तो आधुनिक तवरले अपराध हुँदै आएकोले अनुसन्धान र न्यायिक प्रक्रियामा थप सशक्त हुनुपर्ने उहाँले बताउनुभएको छ ।

कार्यक्रममा जिज्ञासा राख्नुहुँदै कंचनरूप ९ का छात्र चन्दन यादव , लगायतले नगरमा बाटोघाटो नबनेकोप्रति नगरप्रमुखसँग तथा हिंसा महिलामाथि मात्रै हुन्छ वा पुरुषलाई पनि हुन्छ भन्दै विद्यार्थीहरूले सरोकारवालासँग कार्यक्रममा गुनासो गर्नुभएको थियो ।

कंचनरूप वडा  ८ मा रहेको अन्नपूर्णा कलेजको दुई सय विद्यार्थीलाई सामाजिक अपराध नियन्त्रण र सुशासन सम्बन्धित प्रशिक्षण गरेर सचेत गराउनु भएको कलेजका प्रमुख सुदम्बर प्रसाद यादवले जानकारी दिनुभयो ।

साइबर अपराधले व्यक्ति व्यक्तिको मानसिकतालाई विकृत बनाइरहेका छन् भन्ने समाजमा अनेक अपराधको जन्म दिने गरेको डरलाग्दो रहेको कंचनरूप नगरका प्रमुख ललन गुप्ताले भन्नभयो । पछिल्लो समय वैदेशिक रोजगारले उब्जाएको सामाजिक समस्या यो भेगको गेष्ट हाउसहरूमा अवैध यौन धन्धा मौलाउँदै गएको र समाजमा डरलाग्दो रूपमा एड्सका बिरामीहरू थपिँदै गएको नगर प्रमुख गुप्ताले चिन्ता व्यक्त गर्नुभएको हो ।

समाजमा हुन सक्ने सम्भावित अपराध मध्येको साइवर अपराध , लागूऔषध , घरेलु हिंसा , लैङ्गिक हिंसा , मानव बेचबिखन , ट्राफिक नियम ( सडक दुर्घटना ,चिट्ठा परेको फर्जी म्यासेज (क्रिप्टो करेन्सी) लगायतको विषयमा इलाका प्रहरी कार्यालय कंचनरूपको प्रमुख प्रहरी नायव उपरीक्षक दीपक कुमार रायले प्रस्तुति गर्नुभएको थियो ।

कुनै पनि उमेरमा मानिस लैङ्गिक हिंसा , साइवर अपराधबाट अछुतो रहन नसकेको आजको समाजमा अपराध र दण्डहीनतालाई बढवा दिने डरलाग्दो अवस्था रहेको सप्तरी प्रहरी प्रवक्ता ढुँडीराज न्यौपानेले बताउनुभयो । 

प्रमुख जिल्ला अधिकारी थापाको अध्यक्षतामा सम्पन्न सचेतना कार्यक्रममा नगर उपप्रमुख मुना पोखरेल , अनुसन्धानको प्रमुख सुरेन्द्र कोइराला , नगरको १२ वटै वडाका वडा अध्यक्षहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा कंचनरूप नगरपालिका वडा नम्बर ८ का अध्यक्ष कृष्ण प्रसाद साहले स्वागत गर्नुभएको थियो ।