• २० वैशाख २०८१, बिहिबार

जनमत पार्टीले ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने

blog

ममता झा । फाइल तस्बिर

काठमाडौं, फागुन २६ गते। डा. सिके राउत नेतृत्वको जनमत पार्टीले ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ। जनमत पार्टीका प्रवक्तासमेत रहनुभएका झालाई शुक्रबार दिउँसो काठमाडौंमा बसेको पार्टी बैठकले उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो।

पार्टीको निर्णयको जिज्ञासाबारे झाले गोरखापत्र अनलाइनसँग भन्नुभयो, “पार्टीले उपराष्ट्रपतिको उम्मेदवार बन्न मेरो नाम अगाडि सारेको छ।।” उपराष्ट्रपति निर्वाचनको मिति चैत ३ गते तय भएको छ। संविधान बमोजिम फागुन २५ गते राष्ट्रपति निर्वाचन सम्पन्न भएसँगै यसको सात दिनपछि उपराष्ट्रपतिको निर्वाचन गर्नुपर्ने व्यवस्था छ।

यसैक्रममा, रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले उपराष्ट्रपति पदमा आज बिहान पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो। तर उपराष्ट्रपति पदमा अध्यक्ष श्रेष्ठको उमेर पुग्दैन। राष्ट्रपति र उपराष्ट्रपति बन्नका लागि ४५ वर्ष पुगेको हुनुपर्छ।

नाउपाका अध्यक्ष श्रेष्ठले भन्नुभयो, “त्यसपछि अर्को निर्णय भएको छैन। पहिला मलाई प्रस्ताव गरेको थियो उमेर हद भयो”, यसअघि नाउपा र जनमत पार्टीबीच कार्यगत एकता भए पनि उपराष्ट्रपति पदको उम्मेदवारको सम्बन्धमा जनमतले पहिला निर्णय गर्नुपर्ने भनाइ उहाँले राख्नुभयो।