• १३ साउन २०८१, आइतबार

केन्द्रीय सदस्य भट्टराईद्वारा उम्मेद्वार बन्ने घोषणा

blog

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई ।

अमरराज नहर्की

तनहुँ, फागुन २६ गते। नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा उम्मेद्वार बन्ने घोषणा गर्नुभएको छ। तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य बन्नु भएका रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन हुँदा उम्मेदवार बन्ने घोषणा नेता भट्टराईले गर्नुभएको हो।

 आँबुखैरेनीमा शुक्रबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन गर्दै भट्टराईले पार्टी सभापति शेरबहादुर देउवाले चुनावको प्रचारमा हिँड्न सुझाव दिनुभएको बताउनुभयो। नेता भट्टराईले गाउँपालिका–२ स्थित एक्लेफाँट खानेपानी तथा सरसफाई उपभोक्ता समितिको प्रथम अधिवेशनको उद्घाटन गर्नुभएको हो। 

प्रतिनिधि सभामा निर्वाचित व्यक्ति राष्ट्रपति बनेमा सो निर्वाचन क्षेत्र रिक्त हुने र ६ महिना भित्र उपनिर्वाचन हुने कानुनी प्रावधान छ। तनहुँबाट कांग्रेसका केन्द्रीय सदस्य तीन जना रहेका छन्। केन्द्रीय सदस्य शङ्कर भण्डारी तनहुँ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भइसक्नु भएको छ भने अर्का केन्द्रीय सदस्य प्रदीप पौडेलले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिसभा सदस्यमा निर्वाचित हुनुभएको छ।