• ११ मंसिर २०८१, मङ्गलबार

शम्भु र मिलनका कृति बजारमा

blog

अर्जुन काफ्ले
स्याङ्जा, कात्तिक १ गते । 
वालिङका दुई साहित्यकार शम्भु अर्याल र मिलन उपाध्याय (समीर) का दुई कृति बजारमा आएका छन् ।

वालिङ नगरपालिका– ६, मिर्दी ४५ वर्षीय अर्यालको निबन्ध सङ्ग्रह ‘मौन आवाज’ र ३९ वर्षीय उपाध्याय समीरको ‘मिलन समीर र मिलन समीरहरू’ बजारमा आएको हो ।

अङ्ग्रेजी साहित्यमा स्नातक गर्नु भएका अर्यालको मौन आवाज २३२ पृष्ठ रहेको छ भने ३३ वटा निबन्ध समावेश गरिएको छ ।

२०६६ सालमबाट निबन्ध, कविता, लघुकथा, गजलमा कलम चलाउनु भएका अर्यालका २३ वटा कृति प्रकाशित भएका छन् । अर्यालले २०७५ मा ‘सेतो सुनखानी’ कविता सङ्ग्रह प्रकाशित गर्नु भएको थियो ।

यस्तै, समीरले दुई दशकको समयावधिमा लेखिएका कविताहरूको किताबमा मिलन समीर र मिलन समीरहरू हो ।

यस किताबमा यतिबेला, पर्खाइमा, दुर्भाग्य, विडम्बना, दृष्टिभ्रम र केही अपवाद बाहेक गरी सात खण्डमा ७६ वटा कविताहरू समावेश गरिएको छ ।

नेपाली साहित्यमा स्नातकोत्तर गर्नु भएका मिलनले २०५८ मा ‘मिर्मिरे बिहानी ’ शीर्षकको कवितामार्फत साहित्यमा लेखन थाल्नु भएको थियो ।

मिलनले कविता, कथा, गजल, लघुकता लगायतका ४१ वटा कृतिहरू प्रकाशन गर्नु भएको छ ।