• १३ मंसिर २०८१, बिहिबार

लिगलिगे दौडको उपाधि राईलाई

blog

नरेन्द्र ढकाल

गोरखा, (लिगलिग) कार्तिक १ गते । लिगलिगे दौडको उपाधि नेपाली सेनाका गजेन्द्र राईले जित्नुभएको छ । लिगलिग कोट विकास अभियानको आयोजनामा बुधवार भएको प्रतियोगितामा निर्धारित १३.८ किलोमिटर दूरी ५६ मिनेट ३६ सेकेन्डमा पार गर्दै उहाँले उपाधि जित्नुभएको हो । 

११ औँ संस्करणको उक्त ५६ मिनेट ५३ सेकेन्डमा निर्धारण दूरी पार गर्दै नेपाली सेनाका नरेन्द्रसिंह रावत दोस्रो हुनुभएको छ । यसै गरी भारतीय सेनामा कार्यरत अनीश थापामगर ५८ मिनेट ३५ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो हुनुभएको छ । चौथो स्थान हासिल गर्नुभएका मोहनदेव जोशीले ५८ मिनेट ५४ सकेण्डमा निर्धारित दूरी पार गर्नुभएको हो । 

पहिलो हुने विजेतालाई २०८० को सद्भावना ‘लिगलिगे वाङ’ (राजा) घोषणा गरिनेछ । उहाँले १ लाख पुरस्कार प्राप्त गर्नुभएको छ। दोस्रो हुनेलाई ५० हजार, तेस्रो हुनेलाई २५ हजार, चौथोलाई १५ हजार र पाँचाैँला १० हजार नगद पुरस्कार वितरण गरिने आयोजक लिगलिग कोट विकास अभियानका अध्यक्ष सञ्जीव रानाले बताउनुभयो ।

नेपालको उद्गम थलो लिगलिग कोट दौडिएर राजा हुने परम्परालाई जर्गेना गर्ने उद्देश्यले बर्सेनि दौड आयोजना हुँदै आइरहेको छ । चेपे मर्स्याङ्दी नदीको दोभान चेपेघाटदेखि लिगलिगकोको मूलगढीसम्म हुने दौडमा स्थानीय र माध्यमिक विद्यालयस्तरीय प्रतियोगिता भएको थियो ।