• २९ वैशाख २०८१, शनिबार

गाजा अस्पतालमा हवाई आक्रमण : सयौंको मृत्यु

blog

गाजा,  कार्तिक १  गते ।  गाजा शहरको स्थानीय अस्पताललाई लक्षित गरी गरिएको  हवाई आक्रमणमा सयौं प्यालेस्टाइनीको मृत्यु भएको छ । 

 मङ्गलबार राति गरिएको आक्रमणमा बिरामीहरू, स्वास्थ्यकर्मीहरू र अस्पताल वरपर शरण लिइरहेका परिवारहरूले ज्यान गुमाएको प्यालेस्टाइनी चिकित्सा स्रोतहरूले बताएका छन् । 

अहिले त्यहाँको अवस्था दर्दनाक रहेको र मानवीय सहायतको पर्खाइमा रहेको बताएको छ ।

 घटनाको जिम्मा कसैले लिएको छैन यद्यपि इजरायली पक्षबाट हवाइ आक्रमण भएको सञ्चार माध्यममा जनाइएको छ । रासस/सिन्ह्वा