• १२ साउन २०८१, शनिबार

साहित्यकार चित्तरञ्जन नेपालीको निधन

blog

साहित्यकार, इतिहासकार, पुरातत्वविद् तथा प्रशासक चित्तरञ्जन नेपाली

काठमाडौं, असोज ३० गते । साहित्यकार, इतिहासकार, पुरातत्वविद् तथा प्रशासक चित्तरञ्जन नेपालीको सोमबार साँझ निधन भएकाे छ । उहाँ ९२ वर्षको हुनुहुन्थ्यो । चित्तरञ्जनको असली नाम नारायणप्रसाद राजभण्डारी हो ।

मदन पुरस्कार (२०१३), श्रेष्ठ सिरपा (२०१५) तथा भीमसेन थापा स्मृति पुरस्कार (२०५२) जस्ता प्रतिष्ठित पुरस्कार प्राप्त गर्नुभएका नेपालीका नेपाली र नेपालभाषाका कैयौँ कृति प्रकासित छन् ।

जनरल भीमसेन थापा र तत्कालीन नेपाल, नेपाल इतिहास परिचय (बाल साहित्य भाग १, २ र ३), श्री ५ रणबहादुर बाह, शाह किङ्स अफ नेपाल, नेपाल चीन सिमाना सन्धि, राणाशासनको रोल व्यवस्था र धर्मपत्रहरुलगायत नेपाल भाषाको मां लुमंका, गंकी उहाँका चर्चित पुस्तक हुन् । निर्वाचन आयुक्त पनि रहिसक्नुभएका नेपाली थ्रुपै पदकबाट विभूषित हुनुभएको छ ।