दाङको घोराही उपमहानगरपालिका १८ स्थित अम्बिकेश्वरी मन्दिरको संरचना निर्माण गर्न आइतबारबाट सुरु हुन लागेको श्रीमद् वाल्मीकि राम कथा नवाह महायज्ञको कलश यात्रामा सहभागी स्थानीय थारु महिला ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान गठबन्धन सरकार नढल्ने बताउनुभएको छ । आइतबार वीरेन्द्रनगरमा आयोजित समाजवादी जागरण अभियान कार्यक्रममा बोल्दै उहाँले गठबन्धन सरकार ढल्छ भनेर केहीले चुरिफुरी गरेको भन्दै त्यस्तो नहुने बताउनुभएको हो ।
मकवानपुरको मनहरी गाउँपालिका ७ को वडा कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । वडा कार्यालय भवनको आइतबार नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले उद्घाटन गर्नुभएको हो ।
सुदूरपश्चिम प्रदेशमा डेङ्गु सङ्क्रमित सङ्ख्या हजार नाघेको छ । प्रादेशिक स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा हालसम्म एक हजार १४२ जनालाई डेङ्गु सङ्क्रमण भएको छ ।
साहित्यकार टङ्कबहादुर भट्टराईले लेख्नुभएको ‘ठाँटीको घाम’ नामक उपन्यास सार्वजनिक (विमोचन) गरिएको छ । घटस्थापनाको अवसर पारेर सदरमुकाम फुङ्लिङमा आइतबार आयोजित कार्यक्रमबीच सो उपन्यास सार्वजनिक गरिएको हो ।
उद्घाटन खेलमा भोजपुर जिल्ला फुटबल सङ्घलाई १–० ले हराउँदै आयोजक डाँगीहाट फुटबल क्लब छैटौं बेलबारी गोल्डकप २०८० को सेमिफाइनलमा प्रवेश गरेको छ ।
नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले अर्थतन्त्र उकास्न सरकारले ठोस कदम चाल्न नसकेको आरोप लगाउनुभएको छ ।
नेपाली काँग्रेसका नेताद्वय बिमलेन्द्र निधि र जीवनबहादुर शाहीले नेपाली भुमि लाप्चाबाट मानसरोवर कैलाशको दूरदर्शन गर्नुभएको छ । पाँच हजार दुईसय मिटर अग्लो स्थान नाम्खा गाउँपालिका –६ को लिमी क्षेत्रको लाप्चामा पैदल मार्गबाट पुगेर दर्शन गर्नुभएको हो ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफ्नो नेतृत्वमा प्रदेश सरकार गठन भएसँगै राजनीतिक सङ्कट समाधान भएको बताउनु भएको छ ।
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नौवहिनी गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको उदघाटन गर्नुभएको छ ।
काठमाडौं, असोज २८ गते । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा नर्स र पारामेडिक्सका गरी ६३ वटा दरबन्दी थप गरिएको छ । आइतबार सहकुलपतिसमेत रहेका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतको अध्यक्षतामा बसेको सिनेट बैठकले ६३ दरबन्दी थप गरी तत्काल करारमा कर्मचारी राख्ने निर्णय गरेको हो ।केही फार्मेसी सहायक, ३० जना स्टाफ नर्स, इलेक्ट्रिसियन चार, प्लम्बर छ जना, चालक, सहायक गरी १० जनाको दरबन्दी पनि स्वीकृत गरेको छ । न्याम्समा तीन जना सिनेट सदस्य थपिनुका साथै तीन जनालाई प्राज्ञिक परिषदमा नियुक्त गरिएको जनाइएको छ । बैठकले नाक, कान, घाँटीतर्फ स्पीच थेरापीका लागि एक जना अडियोलोजिष्ट, रेडियोग्राफर (एक्सरे गर्ने) पाँच, एनेस्थेसिया सहायक पाँच, ल्याब टेक्निसियन (पाँचौँ तह) पाँच जनाको दरबन्दी स्वीकृत गरेको प्रतिष्ठानले जनाएको छ । रासस
सुदूरपश्चिम प्रदेशका बझाङ र बाजुराबाट भेडाच्याङ्ग्रा पोखरा भित्रिएका छन् । बझाङ र बाजुराबाट दुई हजारभन्दा बढी भेडा च्याङ्ग्रा यहाँ ल्याइएका हुन् ।
सर्वोच्च अदालतले बडादसैँमा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ गर्ने भएको छ ।
होटल एशोसियसन धनकुटाले भारतको सिक्किमका बाढीपीडित परिवारलाई आर्थिक सहयोग गर्ने उद्देश्यले रकम संकलन गरेको छ । एशोसियसनले सिक्किमका बाढीपीडितका लागि २ लाख २३ हजार ४ सय २५ रुपियाँ संकलन भएको पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो ।
सुदूरपश्चिम प्रदेशमा विपद्जन्य घटनाका कारण दुई करोड ४९ लाख ३६ हजार रुपियाँ बराबरको क्षति भएको छ । बाढी, आगलागी, वर्षाजस्ता विपद्जन्य घटनाका कारण क्षति भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्गतको प्रदेश विपद् कार्य सञ्चालन केन्द्रले जानकारी दिएको छ ।