रुकुमपश्चिमको मुसिकोट नगरपालिका–३ मा अटो दुर्घटना हुँदा सात जना घाइते भएका छन् । मुसीकोट नगरपालिका–१ खलङ्गाबाट मुसीकोट नगरपालिका–१३ छिवाङतर्फ जाँदै गरेको रा १ ह ६९५२ नम्बरको अटो दुर्घटना हुँदा भूमि आयोग रुकुमपश्चिमका विज्ञ सदस्य सुशील विष्टसहित सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिका सुधारउन्मुख भइरहेको बताउनुभएको छ । छिटो, छरितो र गुणस्तरीय न्याय सम्पादन तथा सेवा प्रवाह एवम् सुशासन र जनआस्था अभिवृद्धिलाई केन्द्र बिन्दुमा राखेर न्यायपालिका सुधारको अभियानमा अग्रसर भइरहेको उहाँको दाबी थियो ।
सञ्चार सूचना तथा प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता रेखा शर्माले नेपाल संस्कृत विश्वविद्यालयलाई पूर्वीय दर्शनको केन्द्रबिन्दुका रूपमा विकास गर्न आग्रह गर्नुभएको छ ।
नेकपा (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सामाजिक एकतालाई बलियो बनाउनुपर्ने बताउनुभएको छ ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्ला प्रशासन कार्यालय घटस्थापनाका दिनमा पनि सेवा प्रवाह भएको छ । कावासोती स्थित कार्यालयबाट नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रको काम भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
सभामुख देवराज घिमिरेले दोलखाको पर्यटकीय क्षेत्रको विकास गरी अहिलेको अर्थतन्त्रमा जोड्न आवश्यक रहेको बताउनुभएको छ ।
गत जेठ ३१ गते नेपाल प्रवेश गरेको यसवर्षको मनसुन आज रातिबाट पूर्णरुपमा बाहिरिने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एनले बझाङमा गएको भूकम्पपीडित भएका ३१० परिवारलाई विभिन्न राहत सामग्री वितरण गरेको छ ।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेशलाई मध्यावधि निर्वाचनमा जानबाट बचाउन कांग्रेस विद्रोहीलाई समर्थन गरेको बताउनुभएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री कार्कीलाई शपथ गराउनुभयो ।
नेपाल सरकारले युद्धकै अवस्थामा रहेको इजरायलबाट दुई सय ५४ जना नेपाली नागरिकलाई उद्धार गरी बिहीबार स्वदेश फर्काएको छ ।
धनगढीमा सम्पन्न अन्तर प्रदेश पारा बास्केटबलमा लुम्बिनी प्रदेशको टिम प्रथम भएको छ । अपाड्ढता भएका व्यक्तिले खेल्ने उक्त पारा बास्केटबल प्रतियोगितामा प्रथमसँगै लुम्बिनी टिमले गोल्ड मेटलसहित नगद २५ हजार रुपियाँ पाएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बदलिँदो समाजको विकाससँगै ज्येष्ठ नागरिकका लागि दिवा सेवा केन्द्रको महत्त्व बढ्दै गएको बताउनुभएको छ ।
बीउबिजन प्रयोगशाला हेटौँडाले दुई सय मेक्ट्रिक्टन बीउ प्रमाणीकरण गरेको छ । गत आर्थिक वर्षमा बागमती प्रदेशका जिल्लाबाट आएका खाद्यान्न, तेलहन र दलहनको बीउ प्रमाणीकरण गरिएको हो ।
विश्व नेपाली साहित्य महासङ्घ लुम्बिनी प्रदेशले नेपालगन्जमा कृति विमोचन, विमर्श तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।