• १५ मंसिर २०८१, शनिबार

बिदाको दिन पनि प्रशासनबाट सेवा प्रवाह

blog

मीना कंडेल

कावासोती, असोज २८ गते । नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्ला प्रशासन कार्यालय घटस्थापनाका दिनमा पनि सेवा प्रवाह भएको छ । कावासोती स्थित कार्यालयबाट नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रको काम भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

नवलपुरका अन्य कार्यालयका अन्य कार्यालयका कर्मचारीले घटस्थापनाको बिदा मनाइरहँदा प्रशासन कार्यालयका कर्मचारी भने आफ्नो काममा अन्य दिनजस्तै सेवा दिंदैआएका छन् ।  प्रशासन कार्यालयका  प्रजिअसहित १० जना घटस्थापनाको दिन कर्मचारी नागरिकलाई प्रशासन कार्यालयबाट प्रदान गर्न दिनभर व्यस्त थिए ।

शनिबार बाहेक अन्य सार्वजनिक बिदाका दिन पनि नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्रको सेवा दिने भन्दै एक साताअघि प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय नवलपुरले सेवाग्राहीको सुविधालाई मध्यनजर गरी सार्वजनिक बिदाको दिन पनि सेवा उपलब्ध गराएको हो । सार्वजनिक बिदाका दिन समेत प्रशासन कार्यालयले सेवा दिन कार्य योजना बनाइएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताउनुभयो । 

उहाँले भन्नुभयो, “नागरिकको सेवा सुविधालाई मध्यनजर गर्दै शनिवारका दिन बाहेक अन्य सार्वजनिक बिदाका दिन पनि सेवा दिन योजना नै बनाएका छौँ ।” बिदाका दिन समेत सेवा दिन प्रशासन कार्यालयका कर्मचारीलाई पालैपालो खटाइनेगरी व्यवस्था मिलाइएको छ ।

अन्य दिनको समयभन्दा बिदाको समयमा भने सजिलै सेवा पाएको सेवाग्राही बताउँछन् । नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्रमा अन्य दिनभन्दा छिटो र सजिलै सेवा पाएका थिए । सार्वजनिक बिदाका समयमा पनि कार्यालयबाट दिने सेवाका विषयमा गरेको निर्णयअनुरूप कार्यालयबाट सो सेवा प्रदान गरिने जनाएको छ ।