शान्ता अधिकारी
चितवन, असोज २८ गते । मुग्लिङ–नारायणगढ सडक खण्डमा स्कुटर अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले दिनु भएको जानकारी अनुसार आइतबार बिहान करिब ७ः४५ बजेको समयमा मुग्लिङ–नारायणगढ सडकखण्डको नौ किलो भन्ने स्थानमा बा.प्र ०२०४६प १६९२ नम्बरको स्कुटल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार मृतकको साथमा भेटिएको नागरिकताको आधारमा मृतकका पहिचान खुलेको छ । मृतक सिन्धुपाल्चोक लिंशंखुपारख गाउँपालिका–६ का २४ वर्षीय सङ्गीता भण्डारी हुनुहुन्छ । घटनास्थलमा जलवीरे अस्थायी प्रहरी पोष्ट र ईप्रका मुग्लिनबाट प्रहरी टोली खटाइएको जिप्रका चितवनले जानकारी दिएको छ ।