• २३ जेठ २०८२, शुक्रबार

गोरखापत्र संस्थान र अमेरिकी दूतावासका प्रतिनिधिबीच छलफल

blog

गोरखापत्र संस्थानको व्यवस्थापन तथा सम्पादकीय नेतृत्व र संयुक्त राज्य अमेरिकाको नेपालस्थित दूतावासका प्रतिनिधि । तस्बिर : मनोजरत्न शाही

काठमाडौं, फागुन १७ गते । गोरखापत्र संस्थानको व्यवस्थापन तथा सम्पादकीय नेतृत्व र संयुक्त राज्य अमेरिकाको नेपालस्थित दूतावासका प्रतिनिधिबीच आपसी हितका विषयमा छलफल भएको छ । 

संस्थानको केन्द्रीय कार्यालय धर्मपथमा बुधबार भएको छलफलमा संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी, महाप्रबन्धक लालबहादुर ऐरी तथा सम्पादकीय नेतृत्वसँगको छलफलमा दूतावासका प्रवक्ता  अन्ना रिची एलेन र प्रेस कोर्डिनेटर अपार पौडेल सहभागी हुनुहुन्थ्यो ।

कार्यकारी अध्यक्ष सुवेदीले राजदूतावासका  प्रतिनिधिलाई मायाको चिनो स्वरूप गोरखापत्रको पहिलो अङ्क प्रदान गर्नुभयो । 

छलफलमा दि राइजिङ नेपालका प्रधान सम्पादक भीमसेन थपलिया र प्रबन्ध सम्पादक नारायण उपाध्याय, गोरखापत्र दैनिकका प्रबन्ध सम्पादक जुनारबाबु बस्नेत, गोरखापत्र अनलाइनका सम्पादक नारदमुनि गौतम, राइजिङ डेलीडटकमका संयोजक नन्दलाल तिवारीलगायत सहभागी हुनुहुन्थ्यो ।