बर्खाको समय बाढीपहिरोबाट जोगिएका स्थानीयलाई अहिले फेरि भूकम्पको त्रास पसेको छ । बर्खाको समय बाढीपहिरोबाट जोगिँदै आएका यहाँका स्थानीयको अहिले फेरि भूकम्पले घर चर्किएपछि उनीहरू त्रसित बनेका हुन् । बर्खाको समय गाउँमाथिबाट आएको पहिरोले घर बगाउँछ कि भन्ने डरैडरमा बास बस्नु परेको थियो । अहिले फेरि भूकम्पको त्रासमा रात काट्नु परेको खप्तड छेडेदह गाउँपालिका–५, डोगडीका पदम सार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “एक दुई दिन भए कतै गएर त्रिपालमा बास गराैँ भन्नु, परिवार ठुलो छ । बर्खाको समय लेकमा गएर बास बस्यौँ । अब हिउँद लाग्यो, यहाँ धेरै चिसो हुन्छ । त्यो चिसोमा कहाँ गएर रात काट्ने निकै चिन्ता लागेको छ ।”
गोरखापत्रकर्मी सुकृत नेपाल रङ्गपत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ । सहारा ग्रुप पाँचौँ सगरमाथा म्युजिक अवार्ड–२०८० बाट उहाँ शक्रबार सम्मानित हुनुभएको हो । कार्यक्रममा वरिष्ठ लोकगायिका तीर्थकुमारी थापालाई सगरमाथा लाइफटाइम अचिभमेन्ट अवार्ड–२०८० बाट सम्मानित गरिएको थियो । उहाँलाई नगदसहित सम्मान प्रदान गरिएको हो । उहाँहरूसहित अन्य पाँच जना सञ्चारकर्मी र गायकगायिकालाई पनि सम्मान प्रदान गरिएको छ । टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले उहाँहरूलाई सम्मान प्रदान गर्नुभएको थियो । उहाँले कलाकार तथा सञ्चारकर्मीलाई सम्मान गर्नु अत्यन्तै प्रशंसनीय कार्य भएकाले नगरपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । अवार्डका लागि अर्थ नेपाल प्रालिको आयोजना र टोखा नगरपालिकाको सहआयोजना रहेको थियो ।
प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भई औँसीका दिन समापन सोह्रश्राद्ध अर्थात् पितृपक्ष आजदेखि विधिवत् समापन गरिँदैछ ।
पत्रकार अमृता लम्सालको ‘मिडिया, महिला र म’ पुस्तकको लोकार्पण गरिएको छ । अक्षर क्रियसनद्वारा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा पत्रकार लम्सालले आफ्नो पत्रकारिताको यात्रा र नेपालमा महिला समानताको मुद्दालाई स्थापित गराउन विविध माध्यम र भूमिकामा रहेर गर्नुभएको सङ्घर्षबारे लेख्नुभएको छ ।
गायक आशिष थापाको ‘तिमीबिना’ सार्वजनिक भएको छ । थापाको स्वरमा सार्वजनिक भएको गीतमा सरोजवीर विक्रम गिरीको शब्द रहेको छ । गीतमा स्वयम् गायक थापाले नै सङ्गीत दिनुभएको छ । राहुल विश्वकर्माको गितार र भुवन गन्धर्वको तबलाको धुनले गीतलाई झनै सुमधुर बनाएको छ ।
दोलखाको सदरमुकाम चरीकोट बजारमा दसैँको चहलपहल देखिए पनि खासै व्यापार नभएको व्यापारीहरूको गुनासो रहेको छ । कपडा पसलमा फाट्टफुट्ट ग्राहक छन् । रेडिमेड कपडा पसलमा अलि छन् तर खासै व्यापार भएको छैन । एमके स्टोरका मनोज श्रेष्ठले भन्नुभयो, पहिले पहिलेको जस्तो व्यापार छैन । यो बेला त पसलमा खचाखच हुन्थ्यो । अहिले त नगन्य व्यापार भइरहेछ । जीवन जिउन गारो छ ।
सरकारले जर्मनीमा नेपाली श्रमिकका लागि संस्थागत व्यवस्थाबाट लैजान अबको तीन महिनापछि आवेदन खुलाउने तयारी गरेको छ । सम्झौता अनुसार जर्मनीले नेपालबाट प्रशिक्षार्थी श्रमिक लैजान अबको तीन महिनापछि आवेदन खुलाउने गरी तयारी गरेको हो । सम्झौता अनुसार नेपाली श्रमिकलाई जर्मनीमा एक वर्ष व्यावसायिक तालिम प्रदान गरी सम्बन्धित क्षेत्रमा रोजगारी उपलब्ध गराउने छ ।
पछिल्लो समय बजारमा सुनको मूल्य पुनः बढ्न थालेको छ । पछिल्लो १० दिनमा बजारमा सुनको मूल्य तीन हजार पाँच सय रुपियाँले बढेको हो । गत १६ असोजमा मूल्य घटेर प्रतितोला एक लाख छ हजार छ सय रुपियाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार बढेर एक लाख १० हजार एक सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । लामो समयदेखि बढ्दै गएको सुुनको मूल्य अमेरिकी फिडर बैङ्कले ब्याजदर बढाएपछि असोज दोस्रो सातादेखि मूल्य घट्न थालेको थियो । महासङ्घका अनुसार पछिल्लो समय इजरायल प्यालेस्टाइन युद्धको प्रभावले यो साता सुनको मूल्य बढेको छ । सोही प्रभावले कच्चा तेलको मूल्य पनि बढ्न सक्ने अनुमान विश्लेषकहरूले गरेका छन् ।
कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न दुई जनाको दाबी प्रस्तुत भएपछि प्रदेश प्रमुखको कार्यालयले शनिबार सांसदहरूको सनाखत गराउने भएको छ । प्रदेश प्रमुखको कार्यालयले शुक्रबार साँझ विज्ञप्ति जारी गरेर शनिबार बिहान ८ देखि दिउँसो २ बजेसम्म हस्ताक्षरकर्ताको सनाखत गराउने जानकारी गराएको छ ।
सङ्घीय संसद्को चालु अधिवेशन लम्बिएको छ । केही वर्षयता बजेट (बर्खे) अधिवेशन दसैँअगाडि सक्ने अभ्यास भए पनि यो पटक अधिवेशन अन्त्य नगरी करिब तीन सातालाई बैठक मात्र स्थगित गरिएको छ । शुक्रबार अधिवेशन अन्त्य गर्ने सत्तारूढ दलहरूबिचमा परामर्श भए पनि औपचारिक निर्णय भएको थिएन । संसद् सचिवालयलाई संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसको सम्भावित भ्रमण र सदनको सम्बोधनका लागि अधिवेशन अन्त्य नगर्ने जानकारी सरकारले दिएको छ ।
तानसेन नगरपालिका ३ का बासीन्दा घरमा पानी आएपछि खुसी भएका छन् । तम्घास रोड शान्ति स्तुपादेखि सिन्दुरे धाराका घरधुरीका उपभोक्ताले पानीका कारण निकै समस्या झेल्दै आएका थिए ।
तुलसीपुर (दाङ), असोज २६ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दाङ देउखुरीस्थित राप्ती गाउँपालिकामा एकीकृत कृषि तथा पशु सेवा केन्द्रको भवन शिलान्यास गर्नुभएको छ । लुम्बिनी प्रदेश स्थायी राजधानी देउखुरीस्थित उक्त पालिकामा रु दुई करोड ५० लाख लागतमा निर्माण हुन लागेको उक्त भवनको आज उहाँले शिलान्यास गर्नुभएको हो । रिड परियोजनाअन्तर्गत निर्माण हुन लागेको भवनको शिलान्यास गर्नुहुँदै मन्त्री शर्माले देउखुरी क्षेत्रलाई कृषि उत्पादनको केन्द्रबिन्दु बनाउने गरी तयारी भइरहेको बताउनुभयो । उहाँले सङ्घको कृषि र सिँचाइ मन्त्रालयको समन्वयमा धान उत्पादनका लागि विशेष कार्यक्रम आउन लागेकोसमेत जानकारी दिनुभयो । “देउखुरी क्षेत्रमा दुई बाली धानखेती हुन्छ”, उहाँले भन्नुभयो, “त्यसैले पनि यहाँ कृषि उत्पादनको केन्द्रबिन्दु बनाउने गरी तयारी थालिएको छ ।” राप्ती गाउँपालिकाको प्राङ्गणमा उक्त भवन निर्माण हुन लागेको हो । मन्त्री शर्माले सोही भवनलाई समयमै पूरा गर्नसमेत निर्माण व्यवसायीलाई निर्देशन दिनुभयो । रासस
नवलपुरको देवचुली नगरपालिका रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयप्रतिको विश्वास बढ्दै जान थालेपछि विरामीको चाप बढेको छ ।
होटल सङ्घ पोखराले कोरोना महामारीका कारण थला परेको पर्यटन व्यवसायलाई टिकाउन सहजीकरणको माग गर्दै नेपाल राष्ट्र बैंकलाई ध्यानाकर्षण पत्र बुझाइएको छ ।
जात्राका लागि आज साँखुमाथिको जङ्गलबाट लिङ्गोका लागि रुख काटेर ल्याइएको पचली भैरवका गुठियार कुमार रञ्जितकारले राससलाई जानकारी दिनुभयो ।