• १३ असोज २०८१, आइतबार

गोरखापत्रकर्मी सम्मानित

blog

काठमाडौँ, असोज २७ गते । गोरखापत्रकर्मी सुकृत नेपाल रङ्गपत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ । सहारा ग्रुप पाँचौँ सगरमाथा म्युजिक अवार्ड–२०८० बाट उहाँ शक्रबार सम्मानित हुनुभएको हो ।

कार्यक्रममा वरिष्ठ लोकगायिका तीर्थकुमारी थापालाई सगरमाथा लाइफटाइम अचिभमेन्ट अवार्ड–२०८० बाट सम्मानित गरिएको थियो । उहाँलाई नगदसहित सम्मान प्रदान गरिएको हो । उहाँहरूसहित अन्य पाँच जना सञ्चारकर्मी र गायकगायिकालाई  पनि सम्मान प्रदान गरिएको छ । टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले उहाँहरूलाई सम्मान प्रदान गर्नुभएको थियो । उहाँले कलाकार तथा सञ्चारकर्मीलाई सम्मान गर्नु अत्यन्तै प्रशंसनीय कार्य भएकाले नगरपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । अवार्डका लागि अर्थ नेपाल प्रालिको आयोजना र टोखा नगरपालिकाको सहआयोजना रहेको थियो ।