ताप्लेजुङको फुङ्लिङ नगरपालिका –६ स्थित पर्यटकीय क्षेत्र सुकेटार बजारमा सीसी क्यामेरा जडान गरिएको छ । सुकेटार क्षेत्रको शान्ति सुरक्षा समेतलाई दृष्टिगतगरी सीसी क्यामरा जडान गरिएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत भएको छ । राष्ट्रपति कार्यालयमा आज आयोजित कार्यक्रममा राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा.रामकृष्ण तिमिल्सिनाले आयोगको पाँचौँ वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा विषालु सर्पको टोकाइबाट चार जना घाइते भएका छन् । पछिल्लो एक साताको अवधिभित्रै विषालु सर्पको टोकाइबाट एक महिलासहित चार जना घाइते भएका हुन् ।
प्राचीन तथा पुरातात्विक बहुमुल्य सामान हो भनी सर्वसाधारणलाई प्रलोभनमा पारेर नगद ठगी गर्ने ६ जना पक्राउ परेका छन् ।
योनेक्स वेन्डिगो इन्टरनेशनल च्यालेन्ज २०२३ को क्वाटरफाइनलमा शुक्रबार नेपालका उदियमान खेलाडी प्रिन्स दाहाल न्यूजिल्यान्डका एडवार्ड लाउसँग १३– २१, ११–२१ ले पराजित हुनुभएको छ ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मानव अधिकार ऐनलाई छिटोभन्दा छिटो संसदबाट पारित गर्ने बताउनुभएको छ । शुक्रबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा उहाँले यस्तो बताउनुभएको हो ।
पाल्पाको रामपुर नगरपालिका–६ स्थित प्याक्लुकका शिवप्रसाद बस्यालको दैनिकी तरकारीका बिरुवा उत्पादन र बिक्रीमै बितिरहेको छ ।
गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुसिला सिम्खडाले जिल्ला अस्पताल स्याङ्जाका बिरामीको गुनासो सुन्नु भएको छ ।
गैरआवासीय नेपाली संघको अध्यक्षमा राजेन्द्र कुमार (आरके) शर्माले उम्मेद्वारी घोषणा गर्नुभएको छ । काठमाडौंमा पत्रकार सम्मेलन गरी शर्माले संघको आगामी कार्यकाल (२०२३–०२५) प्यानलसहित उम्मेद्वारी घोषणा गर्नुभएको हो ।
कपिलवस्तुमा पहिलो र लुम्बिनी प्रदेशमा चौथो औषधि प्रतिरोधक क्षयरोग (डिआरटिबी) उपचार केन्द्रको उद्घाटन गरिएको छ । एक कार्यक्रमको आयोजना गरी आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटामा उक्त केन्द्रको उद्घाटन गरिएको हो ।
नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राजनीतिक अस्थिरता अन्त्यका लागि विद्यमान निर्वाचन प्रणालीमा पुनः विचार गर्नुपर्ने बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले इजरायलमा भएको आतङ्कवादी आक्रमणका कारण त्रासमा बसेका नेपालीलाई उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
इलाममा रहेको एकमात्र सरकारी इलाम अस्पताल अहिले आफ्नै अक्सिजन प्लान्टमा आत्मनिर्भर बन्न थालेको छ ।
गण्डकी प्रदेशका सामाजिक बिकास तथा स्वास्थ्यमन्त्री शुसिला सिम्खडा जिल्ला अस्पताल स्याङ्जाका बिरामीको गुनासो सुन्नु भएको छ । डेङगुसहितका बिभिन्न रोगका बिरामीको चाप बढीरहदाँ बिरामीको अवस्था बुझ्न पुतलीबजार नगरपालिका –३ कुमाल गाउँमा रहेको अस्पतालमा मन्त्री सिम्खडा मन्त्रालयमा सचिब डा. बिनोदबिन्दु शर्मासहितको टोली लिएर पुग्नुभएको हो ।
सार्वजनिक लेखा समितिले ‘टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम’ (टेरामक्स) परियोजना सम्बन्धी सम्पूर्ण कागजात सात दिनभित्र समितिलाई बुझाउन निर्देशन दिएको छ ।