बनेपा, साउन ४ गते। काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ का दुई बालक बुधबार सुनकोसी नदीले बगाएर बेपत्ता भएका छन्। तेमाल गाउँपालिकाको वडा नम्बर २ स्थित लामबगरमा बुधबार दिउँसो पौडी खेल्ने क्रममा नदीले बगाएर उनीहरू बेपत्ता भएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार बेपत्ता हुनेमा तेमाल गाउँपालिका–३ चौथली बस्ने सोम माझीको छोरा वर्ष ११ को समीर माझी र सोही ठाउँका कुलबहादुर माझीको छोरा वर्ष ८ को कान्छो माझी रहेका छन्। पौडी खेल्ने क्रममा बगाएर बेपत्ता भएको दुई बालकको खोजीकार्य जारी रहेकोमा अझैसम्म पनि फेला नपारेको प्रहरी नायब उपरीक्षक खतिवडाले बताउनुभयो। बेपत्ता बालकको खोजीकार्यको लागि प्रहरी टोली खटाएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ। रासस
काठमाडौं, साउन ४ गते। 'मेरी मायलु' बोलको गीतको भिडियो सार्वजनिक भएको छ। गीतमा गायक अर्जुन थापा र भिमु गुरुङको स्वर समेटिएको छ। उक्त गीतको म्युजिक भिडियोमा सुजता बस्याल, प्रेमिका शर्मा, भन्सिका शर्मा र शेरबहादुर डिसीले अभिनय गर्नुभएको छ। डीसी एक्सन मिडियाका सञ्चालकसमेत हुनुहुन्छ। भिडियोको छायांकन र सम्पादन सुशील डाँगीले गर्नुभएको हो भने निर्देशनसमेत डिसी स्वयमले गर्नुभएको छ।
राजु लामिछानेरुकुमपूर्व, साउन ४ गते। रुकुमपूर्वको भूमे गाउँपालिका १ लुकुम गाउँमा झाँक्री नाच मेलाको रौनकता सुरु भएको छ। मंगलबारदेखि सुरु भएको झाँक्री नाच आगामी शनिबारसम्म चल्ने बताइएको छ। लुकुममा हरेक वर्षको साउने संक्रान्तीमा झाँक्री नाच नाचिन्छ। झाँक्री नाचलाई ‘राके तिवार’ अर्थात् ‘झाँक्री राम’ पनि भनिन्छ। साउने संक्रान्तीलाई मगर बाहुल्य क्षेत्रमा तिवार र राँके पर्वको रुपमा भव्य रुपले मान्ने गर्दछन्। यसै अवसर पारेर लुकुम गाउँमा हरेक वर्षको साउन महिनाको पहिलो हप्तामा पर्ने मंगलबार र शनिबारमा जुन बार पहिला पर्छ, त्यसै बारदेखि सबै थरका झाँक्रीहरू मिलेर झाँक्री मेला मान्ने गर्दछन्। स्थानीय मगर सांस्कृतिक अभियान्ता तिलक मगरका अनुसार यो चलन लामो समयदेखि चल्दै आएको छ। झाँक्रीहरूले एक अर्काको ग्रहदशा हेराहेर गर्ने गर्दछन् भने गाउँका युवायुवती, राम्चेहरू (मेला हेर्नेहरु) र झाँक्रीका चुन्मी (सहयोगी) वा भान्जका बीचमा एकअर्कालाई सिस्नो हानाहान गरेर रमाइलो गर्ने परम्परा रहेको स्थानीय सुनिल रोकाले बताउनुभयो।
थाइल्यान्डको बैंककमा साउन ८ देखि १५ गतेसम्म आयोजना हुने ३५औं किङ्स कप विश्व सेपाकताक्रो च्याम्पियनसिपमा नेपालले सहभागिता जनाउने भएको छ ।
प्रहरीले श्रोत नखुलेको ४१ लाख ५५ हजार रुपियाँसहित एक जना भारतीय युवकलाई नियन्त्रणमा लिएको छ।
देशका विभिन्न अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रम बन्द गरिएकोप्रति नेकपा (एमाले) ले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । एमाले स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले बुधबार विज्ञप्ती जारी गर्दै आमनागरिकले सहज ढंगबाट बीमाको उपयोग गर्न पाउनुपर्ने उल्लेख गर्नुभएको छ ।
रोपाइँ गरेर धानबालीका लागि पानी पर्खेका किसानलाई धेरै राहत भएको छ । बुधबार बिहानैदेखि मुसलधारे वर्षा भएपछि कैलालीका किसानलाई राहत महसुस भएको हो ।
राष्ट्रिय खुला फुल कन्ट्याक्ट कराते प्रतियोगिता भदौ ४ गते बनेपामा हुने भएको छ । नेपाल केनशिनकान कराते संघको आयोजनामा हुन लागेको प्रतियोगितामा विभागीय टोली, विभिन्न कराते संघ र डोजोबाट गरी करिव दुई सय ५० खेलाडीको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
काठमाडौंका थप तीन जनामा हैजा पुष्टि भएको छ। मङ्गलबार गरिएको परीक्षणमा थप तीन जनामा हैजा पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दसानायकले क्यानडाको प्रशिक्षकमा नियुक्त हुनुभएको छ । प्रशिक्षक पुबुदु दसानायकेले बुधबार मात्र पत्रकार सम्मेलन गर्दै नेपाली टोलीको प्रशिक्षक पद छाडेको घोषणा गर्नुभएको थियो ।
सञ्चार क्षेत्रका लागि कार्यस्थलमा हुने लैङ्गिक हिंसाबारे निर्देशिकाको मस्यौदा तयार भएको छ । सो मस्यौदा बुधबार प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघलाई हस्तान्तरण गरिएको छ । सञ्चार प्रतिष्ठान र मिडियाको समग्र क्षेत्रको कार्यस्थललाई सुरक्षित गर्न संयन्त्रको आवश्यकता महसुस गरेर प्रेस काउन्सिल नेपाल, नेपाल पत्रकार महासङ्घ र यस क्षेत्रमा कार्यरत सङ्घ संस्था एवम् विज्ञहरूबीच छलफलसहित निर्देशिकाको मस्यौदा तयार पारिएको बताइएको छ ।
कपिलवस्तुमा सवारी साधनको ठक्करबाट बुधबार दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक युवा र एक बालिका रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
सरकारी र सामुदायिक विद्यालय तथा क्याम्पसका विद्यार्थीलाई अस्पतालहरुमा ओपीडी सेवा निःशुल्क र सबैखाले उपचारमा ५० प्रतिशत सहुलियत सुनिश्चित गर्न विद्यार्थीहरुले माग गरेका छन् ।
नेपालका लागि कतारका राजदूत युसुफ विन मोहम्मद अल हेलले बुधबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङसँग भेटवार्ता गर्नुभएको छ । राजदूत युसुफ त्रिपुरेश्वरस्थित सदस्य सचिव घिसिङको कार्यकक्षमा भेटवार्ता गर्नुभएको हो ।
महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले चालु आर्थिक वर्ष सुशासन वर्षको रुपमा मनाइने बताउनुभयो । उहाँले सुशासन वर्ष महानगरले गर्ने खर्च कटौती गरेर, बेरुजु उल्लेख्य मात्रामा घटाएर, पारदर्शिता प्रवद्र्धन गरेर, वडालाई विकासको केन्द्रको रुपमा विकसित गरेर र कार्यसम्पादन सम्झौता गरेर सुशासन वर्ष मनाउन लागिएको बताउनुभयो ।