• १३ साउन २०८१, आइतबार

सुदूरपश्चिममा आइतबार मुख्यमन्त्रीले विश्वासको मत लिने

blog

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह । फाइल तस्बिर

अविनाश चौधरी

धनगढी, फागुन १९ गते। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आइतबार विश्वासको मत लिनुहुने भएको छ। 

मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनार्थ फागुन २१ गते दिउँसो १ बजे आइतबार प्रदेश सभाको बैठक बोलाइएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ।

 प्रदेश सभाबाट विश्वासको मत लिनका लागि आवश्यक व्यवस्था मिलाइ दिन आग्रहसहित मुख्यमन्त्री शाहले सचिवालयलाई पत्राचार गर्नु भएको थियो। उहाँको पत्र अनुसार प्रदेश सभाको बैठक बोलाइएको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिनुभयो। 

बहुमत जुटाउन नसकेर माघ २६ गते तत्कालीन मुख्यमन्त्री राजेन्द्रसिंह रावल पदमुक्त भएपछि संविधानको धारा १६८ को उपधारा (३) बमोजिम ठूलो दलको संसदीय दलका नेताका हैसियतले शाह मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो।