शहीद दशरथ चन्द जन्मेको बैतडी जिल्ला सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला हो । पूर्वमा सेती नदी र पश्चिममा महाकाली नदीले फन्को मारेर अपार जलसम्पदाले घेरिएको बैतडीको भूगोलले पूर्वमा डोटी र बझाङ, उत्तरमा दार्चुला, दक्षिणमा डडेल्धुरा र पश्चिममा भारतको उत्तराखण्ड राज्यको पिथौरागढ र चम्पावत जिल्लालाई छोएको छ । एक सङ्घीय निर्वाचन क्षेत्र र दुई प्रदेश निर्वाचन क्षेत्र रहेको बैतडीमा चार नगरपालिका र छ गाउँपालिका गरी १० स्थानीय तहका ८४ वडा छन् । नेपाल सरकारले बैतडीलाई साक्षर जिल्ला घोषणा गरेको छ । यहाँको साक्षरता ९६.५ प्रतिशत रहेको छ ।
गलेश्वर, फागुन १९ गते । म्याग्दी नदीको बाढीले रिक्जना माझीको घरखेत सबै बगायो । बाढीले उनको परिवारलाई सुकुम्बासी बनायो । बुबा तिलक र आमा विष्णुले दैनिक मजदुरी गरेर परिवारको लालनपालन गरे । मङ्गला गाउँपालिका–५ अमर्नको पोक गाउँकी १४ वर्षीया रिक्जनाले बाआमाको सङ्घर्षलाई सम्झिदै पढाइ र खेलकुदमा सक्दो मेहनत गर्दै आएकी छिन् । सुकुम्बासी परिवारकी उनले हालै सम्पन्न जिल्लास्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्डमा एथ्लेटिक्सतर्फको विभिन्न विधामा चार स्वर्ण पदक जितिन । उदीयमान रिक्जना प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । अहिले जिल्लाभरी उनको चर्चा चुलिएको छ । मेहनती र लगनशील भए जस्तोसुकै दुःख हण्डर खाएर पनि सफलता हात प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण हुन् रिक्जना । म्याग्दी नदीको कटानले घरखेत बगाएपछि माझी परिवार टहरा बनाएर बसेको छ । बाआमाले जस्तै रिक्जनाले पनि फुर्सदमा दैनिक मजदुरी गर्दैआएकी छिन् । बाँकी समय उनले पढाइ र खेलकुदमा खर्चेकी छिन् । रिक्जनाले मेहनत र परिश्रमबाट प्राप्त हुने सफलतालाई गरिबीले छेक्न सक्दैन भन्ने उदाहरण बनेर देखाएको मङ्गला माविका खेल शिक्षक हर्क छन्त्यालले बताए । रिक्जनाको प्रदर्शनका कारण एथ्लेटिक्सको समूहगत खेलमा रजत र कास्य पदकसमेत प्राप्त गर्न सफल भएको उनले बताए । “रिक्जनाले अभावै अभावमा पालिकालाई पदक दिलाएकी छिन्, एथ्लेटिक्सकी भविष्य हुन्, अनुभवी प्रशिक्षकको साथ पाए धेरै प्रगति गर्नसक्छिन्”, खेल शिक्षक छन्त्यालले भने । रिक्जनाले म्याग्दी सदरमुकाम बेनीमा यही साता सम्पन्न राष्ट्रपति रनिङ शिल्डमा त्रिपलजम्प र रिले दौडमा चार स्वर्ण जितेकी हुन् । उक्त प्रतियोगितामा व्यक्तिगतरुपमा धेरै पदक जित्ने कीर्तिमान बनाएकी उनी कास्कीको पोखरामा हुने गण्डकी प्रदेशस्तरीय राष्ट्रपति कपका लागि छनोट भएकी छिन् । रिक्जनाले गत माघमा सम्पन्न पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डमा छ स्वर्ण पदक जितेकी थिइन् । रिक्जना मङ्गलामावि बाबियाचौरमा कक्षा ८ मा अध्ययनरत् छिन् । उनी एथ्लेटिक्सतर्फ जिल्लाकै उदीयमान खेलाडी हुन् । उनकै खेल प्रदर्शनले विद्यालय जिल्लामै तृतीय स्थान प्राप्त गर्न सफल भयो । “अवसर र वातावरण पाए खेलमा अझै राम्रो गर्न सक्छु”, रिक्जनाले खुसी हुँदैभनिन् । एथ्लेटिक्सतर्फ राष्ट्रिय प्रतियोगितामा म्याग्दीलाई पदक दिलाउने आफ्नो लक्ष्य रहेको उनको भनाइ छ । माझीको घरको अवस्था भने अत्यन्त दयनीय छ । बिहान खाए, बेलुकी के खाउँको अवस्था छ । बाआमाले मजदुरी गरेरै जीविका चलाएका छन् । तर रिक्जनाले बाआमालाई थोरी भए पनि खुसी दिलाएकी छिन् जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले विपन्न परिवारमा हुर्किएकी उनको खेल जीवन अघि बढाउन आफूले सक्दो सहयोग गर्ने बताउँछन् । “स्थानीय तहले यस्ता प्रतिभालाई मद्दत गर्नु पर्छ”, उनले भने । रिक्जनाले खेलमा राम्रो गर्न सक्ने सम्भावना भए पनि उनको आर्थिक अवस्था बाधक बनेको छिमेकी श्याम विक बताउँछन् । रिक्जनाले गाउँघरमा दौड्दादौड्दै जिल्लास्तरीय खेलकुद प्रतियोगितामा भाग लिएको उनले बताए । रासस
चेक गणतन्त्रको प्राग गन्तव्य बनाएर हेलियस एयरवेजको फ्लाइट ५२२ साइप्रसको लर्कानाबाट निर्धारित उडानको तयारीमा थियो । ग्रिसको एथेन्समा केहीबेर रोकेर प्रागतिर उडान
यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुरको देउराली डाँडा सुक्खा पहिरा हटाएसँगै आज बिहानदेखि पुनः सञ्चालनमा आएको हो । अघिल्लो भदौ महिनामा पहिराले पक्की सडक भत्काएपछि सो स्थानमा गत वर्ष पुनः पहिरा गएपछि वैकल्पिक सडक खुलाइएको सो स्थानमा ढुङ्गा माटा झरेर अवरुद्ध भएको थियो ।
विराटनगर महानगरपालिकाले नगर क्षेत्रमा सिटी बस सञ्चालनमा ल्याउने भएको छ । महानगरको सडक र मोडमा कति यात्रु क्षमताका बस सञ्चालन गर्नु उपयुक्त्त हुन्छ भन्ने जानकारी लिन रुट परीक्षणसमेत गरिएको छ ।
रौटहटको यमुनामाई गाउँपालिका–३ का जाहुर आलमले म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्कबाङस्थित जनजागृति माविमा तीन दशकसम्म समय अध्यापन गर्नुभयो । विज्ञान विषयमा स्नातक उत्तीर्ण गरेपछि उहाँ जागिरको सिलसिलामा २०५० सालमा म्याग्दी आउनुभएको हो ।
बैतडीको पाटन नगरपालिका–१, बाटुलासौँ, गणेशपुर, गुत्थडी, बाउली बलेत, सिमरोडालगायतका गाउँमा टेलिफोन गर्न नेटवर्क खोज्दै डाँडातिर उक्लिनुपर्ने बाध्यता कायम रहेको पाइएको छ । फोन गर्न गाउँबाट अग्लो डाँडा खोज्दै उक्लिनुपर्ने बाध्यता यी गाउँको मात्रै होइन सिगास गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र पुरचौडी नगरपालिकाका अधिकांश गाउँको पनि उस्तै समस्या छ ।
डिभिजन वन कार्यालयले जडीबुटी उत्पादन र संरक्षणमा स्थानीय सहभागिता बढाउन समुदायका अगुवाको क्षमता विकाससम्बन्धी तालिम दिँदै आएको छ । यद्यपि जडीबुटी जिल्लाका रूपमा चिनिने मुगुमा जडीबुटी उत्पादनमा ह्रास आउँदै गएको छ । यसको कारण चोरीनिकासी र बेमौसममा जडीबुटी सङ्कलन नै प्रमुख रहेको डिभिजन वन कार्यालयको ठम्याइ छ ।
अन्ततः प्रदेश १ ले स्थापनाको आधा दशकपछि कोशी प्रदेश नामसहित आफ्नो पहिचान प्राप्त गरेको छ । मुलुकका सात प्रदेशमध्ये सबैभन्दा पछि नाम प्राप्त गर्ने प्रदेश यही बनेको छ । अन्य बाँकी छ प्रदेशले स्थापनाको पहिलो कार्यकालमै प्रदेश सभामार्पmत नामसहित परिचय प्राप्त गरिसक्दा प्रदेश १ लाई भने दोस्रो कार्यकालसम्मै प्रतीक्षा गर्नुपर्ने अवस्था सिर्जना भयो तर ढिला भए पनि नेपालकै ठूलो प्राकृतिक सम्पदा कोशी नदीका नामकरणले यो प्रदेशलाई दूरगामी प्रभाव पार्नेछ ।
गत माघ महिनामै सम्पन्न भइसक्नुपर्ने राष्ट्रपतीय निर्वाचन कानुनका केही प्रावधानलाई देखाएर निर्वाचन आयोगले फागुनको २५ मा सम्पन्न गर्न लागेको छ । राष्ट्रपतिको प्रतिस्पर्धामा आठ दलको सहमतिबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र एमालेका तर्फबाट सुवास नेम्वाङ हुनुहुन्छ । केही समयअघिसम्म रणनीतिक कौशल देखाउँदै आफ्नो पक्षमा नतिजा ल्याउन सरकार नछाड्ने निर्णय गरेको एमालेले हठात सरकार छाड्ने निर्णय गरेको छ । पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधि सभाबाट झन्डै ९९ प्रति
देशको अर्थतन्त्रलाई निर्देश गर्नका लागि बजेटको महìवपूर्ण भूमिका रहेको हुन्छ । बजेटमार्फत सरकारले प्राप्त गर्ने आम्दानी र खर्च पनि यकिन गरिएका हुन्छन् । खर्च गर्ने एकाइले पनि बजेटको परिधिभित्र रही खर्च गरेका हुन्छन् । तर, कहिलेकाहीँ बजेटको संरचना यथार्थपरक नहुँदा बजेटमा नै संशोधन गर्नुपर्ने अवस्था आउन सक्छ ।
डब्ल्यू. आर्थर लुइसले भनेका छन्, “आर्थिक वृद्धिको फाइदा भनेको धनले खुसी बढाउँछ भन्ने होइन तर यसले मानिसको रोजाइको दायरा बढाउँछ ।” आर्थिक वृद्धिलाई लामो समयको अवधिमा अर्थतन्त्रको वास्तविक राष्ट्रिय आयमा दिगो वार्षिक वृद्धिका रूपमा परिभाषित गरिएको छ । आर्थिक वृद्धि भनेको स्थिर मूल्यमा शुद्ध राष्ट्रिय उत्पादनको बढ्दो प्रवृत्ति हो । यो परिभाषालाई केही अर्थशास्त्रीले अपर्याप्त र सन्तोषजनक भन्दै आलोचना गरेका छन् ।
बेथानचोक गाउँपालिका हुँदै ललितपुर तथा प्रदेश राजधानी हेटौंडालाई जोड्ने वैकल्पिक राजमार्गको रूपमा प्रस्ताव गरिएको सडक अन्त्रगतको ढुङ्खर्क खोला च्याम्राङबेशी सडक खण्डमा सुरुङ मार्ग निर्माणको लागि अध्ययन गरिने भएको छ । सुरुङ मार्गको अध्ययनका लागि काठमाडौँ विश्वविद्यालय (केयू) र बेथानचोक गाउँपालिकाबिच बुधवार सम्झौता भएको छ ।
नेपाल प्रहरीको साइबर ब्युरोको एक तथ्याङ्कअनुसार पछिल्लो पाँच वर्षमा साइबर अपराध तथा दुरुपयोगसम्बन्धी परेका उजुरीमध्ये छ हजार १०९ जना उजुरीकर्ता पुरुष छन् भने आठ हजार ४३ वटा उजुरी पीडित महिलाले गरेका छन् । आर्थिक वर्ष २०७७÷७८ मा कुल तीन हजार ९०६ वटा अनलाइन हिंसाका उजुरीमध्ये महिलाका दुई हजार तीनवटा र बालिकाका १५२ वटा थिए । त्यस्तै आ.व. २०७८÷७९ मा कुल चार हजार ६८६ उजुरीमध्ये महिलाका दुई हजार ३८९ र बालिकाका १४२ मुद्दा थिए ।
बाजुराका दत्त मल्ल र हुम्ला जिल्ला अदानचुली गाउँपालिकाका देउडा गायक अक कार्कीबीच गीतमार्फत घम्साघम्सी परेको छ । दुई देउडा गायकले स्थानीयलाई मनोरञ्जन दिनुका साथै आफ्ना सिर्जना बाहिर ल्याउनुभएको हो ।