• ३ असार २०८१, सोमबार

प्रधानमन्त्री देउवाबाट भारतीय राष्ट्रपतिलाई बधाई

blog

फाइल तस्बिर

काठमाडौं, साउन ५ गते। प्रधानमन्त्री शेरबहादुर देउवाले  भारतको १५औँ राष्ट्रपतिमा निर्वाचित हुनुभएकामा द्रौपदी मुर्मूलाई बधाई दिनुभएको छ। 

भारतको राष्ट्रपति पदमा मुर्मू निर्वाचित भए लगत्तै ट्वीटरमार्फत् प्रधानमन्त्री देउवाले बधाई तथा तथा शुभकामना दिनुभएको हो।

प्रधानमन्त्री देउवाले ट्वीटमा नवनिर्वाचित राष्ट्रपति मुर्मूको कार्यकालमा दुई देशबीचको सम्बन्धले नयाँ उचाइ लिने विश्वास व्यक्त गर्नुभएको छ। मुर्मू बिहीबार भारतको १५ औं राष्ट्रपतिका रुपमा निर्वाचित हुनुभएको हो।