• ३ असार २०८१, सोमबार

राष्ट्रपति भण्डारीबाट भारतीय राष्ट्रपतिलाई बधाई

blog

फाइल तस्बिर

काठमाडौं, साउन ५ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र भारतको पन्ध्रौँ राष्ट्रपति निर्वाचित हुनुभएकोमा द्रौपदी मुर्मूलाई बधाई तथा शुभकामना दिनुभएको छ । 

राष्ट्रपति भण्डारीले भारतको राष्ट्रपति पदमा द्रौपदी निर्वाचित हुनुभए लगत्तै ट्वीटरमार्फत् बधाई तथा शुभकामना दिनुभएको हो । 

मुर्मूको कार्यकालमा दुई देशबीचको सहकार्यले नयाँ उचाइ प्राप्त गर्ने पूर्ण विश्वास राष्ट्रपति भण्डारीले गर्नुभएको ट्विट सन्देशमा उल्लेख गर्नुभएको छ ।