• १५ असार २०८१, शनिबार

संसदीय विशेष समितिको समयावधि सात दिन थप

blog

बिहीबारको प्रतिनिधिसभा बैठक

काठमाडौं, साउन ५ गते। संसदीय छानविन विशेष समितिको समयअवधि सात दिन थप गरिएको छ। बिहीबारको प्रतिनिधिसभाको बैठकले समितिको समयावधि सात दिन थप्ने निर्णय सर्वसम्मतले स्वीकृत गरेको हो। 

सभामुख अग्निप्रसाद सापकोटाले बिहीबार प्रतिनिधिसभा बैठकमा प्रतिनिधिसभा नियमावली २०७५ को नियम १७७ बमोजिम समितिको कार्यविधि थपसम्बन्धी प्रस्तावमा सात दिनका लागि थप गर्ने प्रस्ताव पेश गर्नुभएको थियो। 

सभामुखको समयावधि थप गर्ने प्रस्ताव बैठकले सहमति जनाएको थियो। रासस