• ३ असार २०८१, सोमबार

कालिकोटमा मिनी बस दुर्घटना : एक जनाको मृत्यु, १० जना घाइते

blog

सिम्लेगाडमा भएको फोर्स दुर्घटनाका घाइतेलाई उद्धार गर्दै स्थानी र प्रहरी। तस्बिर : प्रेमराज सिम्खडा।

प्रेमराज सिम्खडा

कालीकोट, साउन ५ गते। कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका वडा नम्बर ६ स्थित सिम्लेगाडमा फोर्सगाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। कालिकोट सदरमुकाम मान्मबाट नाग्मतिर जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख २१० नम्बरको फोर्स गाडी सिम्लेगाड खोलामा दुर्घटना भएको हो। 

दुर्घटनामा सहचालकको मृत्यु भएको छ भने दश जना घाइते भएका छन्। दुर्घटनामा सहचालक कालिकोट पचालझरना गाउँपालिका २० वर्षीय तुफान बमको मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी सिद्धराज न्यौपानेका अनुसार ओरालो सडकमा तीव्र गतिको गाडी दुर्घटना भएको अनुमान गरिएको छ। 

चालक फराह भएकाले दुर्घटनाको कारण खुलेको छैन। घाइतेको कालिकोट अस्पतालमा उपचार भइराखेको छ। गम्भीर घाइते दुई जनालाई थप उपचारका लागि जुम्ला रेफर गरिएको छ।