प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज तनहुँको आँबुखैरेनीमा आउनु भएको छ । प्रधानमन्त्री प्रचण्ड आँबुखैरेनी गाउँपालिकाले आँबुखैरेनी बजारमा निर्माण गरेको १५ बेड क्षमताको आँबुखैरेनी अस्पतालको उद्घाटन गर्न आउनु भएको हो ।
छठ पर्वका लागि मधेश प्रदेशको राजधानी जनकपुरधाममा मात्रै रू. चार करोडको केरा भारतबाट आयात गरिएको छ । छठ पर्वका वर्तालुका लागि केरा अत्यावश्यक मानिन्छ ।
भूकम्प पीडितको राहात तथा पुनर्निर्माणका लागि जुम्लाका स्थानीय सरकारले ३६ लाख छ हजार सहयोगको घोषणा गरेका छन् ।
अष्ट्रेलियाले प्रविधिको सुरक्षित प्रयोगलाई प्रवर्द्धन गर्न पहिलो एआई महिना सुरु गरेको छ ।
फ्लाई दुबई एयरलाइन्सले बुधबार दुबई र अफगानिस्तानको राजधानी काबुलबीचको उडान पुनः सुरु गरेको अफगानिस्तानको सरकारी रेडियो टेलिभिजन (आरटीए) ले जनाएको छ ।
। चिसो मौसम र वर्षाले गाजामा मानवीय सङ्कट बढाएको छ ।प्यालेस्टाइन–इजरायली द्वन्द्व ४० दिनभन्दा बढी चलिरहेको बेला धेरै गाजानीहरूले आफ्ना परिवारका सदस्य र घरहरू गुमाएका छन् ।
सूर्य देवको उपासना गर्दै मनाइने आस्थाको पर्व छठ शनिबारदेखि विधिवत् प्रारम्भ हुनेछ भने आज नहाय खाय (नुहाउर खाने) चलन छ ।
नगरपालिकाले भूकम्पबाट अति प्रभावित ४ स्थानीय तहलाई १२ लाख रुपियाँ सहयोग गरेको हो ।
चिसोका कारण जाजरकोटमा दुई जना वृद्धको मृत्यु भएको छ ।
तराई मधेसमा हर्सोउल्लासकासाथ मनाइने पर्व छठ नजिकिएसँगै मधेसका प्रमुख व्यावसायिक केन्द्र तथा ग्रामीण क्षेत्रमा लाग्ने हाटबजारमा माटोको भाँडा विक्रिमा वृद्धि भएको छ ।
टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा सात वटा रिट परेका झन् । टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णयविरुद्ध कानुन व्यवसायी रिट दर्ता गर्न सर्वोच्च पुगेका हुन् ।
तिहार सकिए लगत्तै प्युठानमा 'सराएँ' मेलाको रौनक सुरु भएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानामा पर्ने रुप्से झरनामा आन्तरिक पर्यटकको भिड लागेको छ ।
इलामको प्रमुख पर्यटकीय स्थल माइपोखरीमा त्रि–धार्मिक महोत्सव सुरु भएको छ ।
उपत्यकाका तीन जिल्लामा दसैँपछि र तिहारको अवधिमा एक करोड तीन लाख रुपियाँ बराबरको चोरी भएको छ । यो अवधिमा काठमाडौँका विभिन्न २० स्थानमा २७ लाख ७९ हजार ४४५ रुपियाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले कात्तिक ११ देखि ३० गतेसम्ममा काठमाडौँका २०, ललितपुरका १० र भक्तपुरका सात स्थानमा चोरीका घटना भएको जानकारी दिनुभयो ।