सरकारी स्वामित्वको नेपालको जेठो बैङ्क नेपाल बैङ्क लिमिटेड ८७ औँ वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८७ औँ वार्षिकोत्सवका अवसरमा आमनेपालीलाई सरल र सहज रूपमा अझ बढी प्रभावकारी, गुणस्तरीय, आधुनिक प्रविधिमैत्री एवं विश्वसनीय बैङ्किङ सेवा प्रदान गर्दै राष्ट्रको उन्नति र प्रगतिमा अझ धेरै सहकार्य गर्ने र देशकोे आर्थिक निर्माणमा सारथि बन्ने प्रतिबद्धता बैङ्कले व्यक्त गरेको छ ।
वाणिज्य बैङ्कहरूले मङ्सिर महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैङ्कहरूले कात्तिक महिनाको अन्तिम दिन बिहीबार सूचना प्रकाशित गर्दै नयाँ ब्याजदर प्रकाशित गरेका हुन् ।
सिक्किम, भारतको गेजिङका मिलन गुरुङ आफूले पालेको छाउरी कुकुर लिएर पाँचथरको याङ्वरक गाउँपालिका–२, पानीभित्ताका सूर्यमान गुरुङको गोठ आइपुग्नुभएको छ । मिलनका छिमेकी तेन्जिङ भोटिया पनि आफ्नो माउ कुकुर लिएर पानीभित्ताकै किपालमु शेर्पाको गोठ आइपुग्नुभएको हो ।
हेटौँडामा बिहीबार साँझ झाडीमा शालनालसहितको शिशु फेला परेको छ । हेटौँडा उपमहानगरपालिका वडा नं. ४ हुप्रचौर प्रदेश लोकसेवा आयोग कार्यालय नजिकैको झाडीमा नवजात शिशु (छोरी) फेला परेको हो ।
बिहीबार भएको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ३ विकेटले पराजित गर्दै अस्ट्रेलिया फाइनल पुगेको हो।
अस्ट्रेलिया सरकारले पश्चिम नेपालमा हालै भएको भूकम्पमा परेका पीडितहरुका लागि आकस्मिक आवश्यकता परिपूर्तिका लागि छ लाख अस्ट्रेलियाली डलर अर्थात् करिब पाँच करोड नौ लाख बराबरको मानवीय सहायता घोषणा गरेको छ ।
प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले पुष्प व्यवसायलाई आत्मनिर्भर बनाउने विषय समितिमा छलफल हुने बताउनुभएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कीर्तिपुर बर्न अस्पतालमा उपचार गराइरहेका मोरङको उर्लाबारीका घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ मालीमा तैनाथ नेपाली शान्ति सेनाको नवौँ डफ्फा स्वदेश फर्केको छ ।
रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका –८ दुलिमा एक घर भत्किदा चार जना घाइते भएका छन् । भूकम्पले चर्काएको झकबिर सुनारको सो घरमा बुधबार भाइटीकाको दिन टीका लगाएर खाना खान बसेको बेला भत्किएपछि चार जना घाइते भएका हुन् ।
युरोपेली सङ्घ (इयू)ले भूकम्पबाट सबैभन्दा धेरै प्रभावित नेपालीको सहायोगार्थ २८ करोड ८० लाख प्रदान गर्ने भएको छ।
कात्तिक २० देखि २८ गतेसम्म चीनको राजधानी बेइजिङमा भएको २७औँ अन्तर्राष्ट्रिय खगोल ओलम्पियाडमा नेपालले कास्यपदक जितेको छ।
लक्ष्मीपूजामा स्थापना गरिएको लक्ष्मीको मूर्ति विसर्जन गरिएको छ । जिल्लाको विभिन्न स्थानमा निकालिएको दुईसय पचास लक्ष्मीको मूर्ति विसर्जन गरिएको हो ।
विश्व शौचालय दिवस १९ नोभेम्बरका दिन नेपालमा पनि सरसफाइका मुद्दामा केन्द्रित रही मनाइने भएको छ ।
चीनका राष्ट्रपति सी जिनफिङले बुधबार चीन अमेरिकाको साझेदार र मित्र बन्न तयार रहेको बताउनुभएको छ।