झापाको गौरीगन्ज गाउँपालिका र मोरङको रतुवामाई नगरपालिका जोड्ने हुलाकी राजमार्गमा पर्ने रतुवा नदीको पुल निर्माण सुरु भएको डेढ दशक बित्दा समेत सञ्चालनमा आउन सकेको छैन । अधकल्चो पक्की पुलमुनी बाँसको भाटाको पुल तरेर स्थानीयहरु वारिपारि गर्न बाध्य बनेका छन् ।
दार्चुलाको नौगाड गाउँपालिका अध्यक्ष दलजितसिंह धामी सवार जिप दुर्घटना भएको छ । नौगाड –२ सुण्डमुण्डबाट होपरिगाडतर्फ गइरहेको प्रदेश नं ३–०२२ च ५१२९ नम्बरको बोलेरो जिप नौगाड –३ बगडस्थित जामिरमा आज दिउँसो दुर्घटनामा परेको हो ।
छठ पर्वका लागि तराई मधेशमा घर, आँगन लिपपोत र सरसफाइ गरी चिटिक्क पारिएको छ । सर्लाहीमा पनि स्थानीयले पवित्र पर्व छठका लागि नजिकको जलाशयसँगै आफ्नो घर आङ्गन सरसफाइ र लिपपोत गरी चिटिक्क पारेका हुन् ।
नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना टिपताला नाका खुलाउने विषयमा दुई देशका स्थानीय पदाधिकारी तथा नेतृत्वबीच छलफल भएको छ ।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका –७ कालीथान मेलामा तीनदिने कुस्ती प्रतियोगिता सम्पन्न भएको छ । कालीथान मेला व्यवस्थापन समितिको आयोजनामा स्थानीय धान खेलमैदानमा सम्पन्न भएको प्रतियोगितामा नेपाल र भारतका कुस्ती खेलाडीको सहभागीता थियो ।
बाँकेको नरैनापुरस्थित धार्मिक पर्यटकीय स्थल गोवर्धन धामलाई प्रवर्धन गर्न बृहत् भण्डारा कार्यक्रम आयोजना गरिएको छ ।
सूर्य उपासना अर्थात सुर्यदेवको पूजा गरी तराईका जिल्लामा अत्यन्त निष्ठा र उत्साहका साथ मनाइने छठ पर्व बिधिवत रुपमा शुक्रबारदेखि सरु हुँदैछ ।
तराईमा फल्ने अङ्गुर हिमालमा लटरम्मै फल्न थालेको छ । पछिल्ला बर्सहरूमा तापक्रममा आएको परिबर्तनसँगै तीन हजार मिटरसम्मको उचाइ रहेको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा पनि अङ्गुर फल्न थालेको हो ।
भूकम्पले भत्काएको आठ वर्षपछि उच्च अदालतको क्षतिग्रस्त भवन निर्माण हुँदैछ । पोखरा उच्च अदालतको बागलुङस्थित इजलासको उक्त भवन दुई चरणमा काम भइरहेकाले निर्माणले तीव्रता पाएको हो ।
चार देश सम्मिलित टी-२० शृङ्खलाअन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा नेपाल हङकङसँग पराजित भएको छ ।
पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकामा रहेको एक नमुना सरकारी विद्यालयले विद्यालय अध्ययन गर्न जाँदा किताब बोक्न नपर्ने अवधारण ल्याएपछि विद्यार्थी खुसी भएका छन् ।
आगामी दुई दशकमा दक्षिण कोरियामा करिब ४० लाख रोजगारी कृत्रिम बौद्धिकता (एआई, आर्टिफिसियल इन्टेलिजेन्स) प्रविधिले प्रतिस्थापन गर्ने जोखिममा रहेको बिहीबार जारी केन्द्रीय बैङ्कको एक अध्ययनमा बताइएको छ ।
सूर्योदय र दमौली बजारलाई कुहिरोले ढाकेको दृश्य हेर्न बिहीबार बिहान तनहुँको व्यास नगरपालिका-५ स्थित मानुङडाँडा पुगेका आन्तरिक पर्यटकहरू ।
उत्तरी चीनको साङ्सी प्रान्तमा बिहीबार एउटा भवनमा आगलागी हुँदा २५ जनाको मृत्यु भएको र दर्जनौँलाई अस्पताल पुर्याइएको सरकारी सञ्चारमाध्यमले बताएको छ ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका-१ सुन्दरीफाँटामा माटोको भकारी (डेहरी) बनाउँदै स्थानीय महिला । अन्न राख्नका लागि थारु समुदायले माटोको भकारी बनाउदैआएका छन् ।