प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले पुष्प व्यवसायलाई आत्मनिर्भर बनाउने विषय समितिमा छलफल हुने बताउनुभएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कीर्तिपुर बर्न अस्पतालमा उपचार गराइरहेका मोरङको उर्लाबारीका घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ मालीमा तैनाथ नेपाली शान्ति सेनाको नवौँ डफ्फा स्वदेश फर्केको छ ।
रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका –८ दुलिमा एक घर भत्किदा चार जना घाइते भएका छन् । भूकम्पले चर्काएको झकबिर सुनारको सो घरमा बुधबार भाइटीकाको दिन टीका लगाएर खाना खान बसेको बेला भत्किएपछि चार जना घाइते भएका हुन् ।
युरोपेली सङ्घ (इयू)ले भूकम्पबाट सबैभन्दा धेरै प्रभावित नेपालीको सहायोगार्थ २८ करोड ८० लाख प्रदान गर्ने भएको छ।
कात्तिक २० देखि २८ गतेसम्म चीनको राजधानी बेइजिङमा भएको २७औँ अन्तर्राष्ट्रिय खगोल ओलम्पियाडमा नेपालले कास्यपदक जितेको छ।
लक्ष्मीपूजामा स्थापना गरिएको लक्ष्मीको मूर्ति विसर्जन गरिएको छ । जिल्लाको विभिन्न स्थानमा निकालिएको दुईसय पचास लक्ष्मीको मूर्ति विसर्जन गरिएको हो ।
विश्व शौचालय दिवस १९ नोभेम्बरका दिन नेपालमा पनि सरसफाइका मुद्दामा केन्द्रित रही मनाइने भएको छ ।
चीनका राष्ट्रपति सी जिनफिङले बुधबार चीन अमेरिकाको साझेदार र मित्र बन्न तयार रहेको बताउनुभएको छ।
सुनसरीको इनरुवास्थित बिहीबारे हटियामा छठ पर्वका लागि बाँसबाट बनेका पूजा सामग्री किनमेल गर्दै स्थानीय ।
तिहारमा देउसीभैलो खेल्ने प्रचलन छ । देउसी भैलोलाई आजभोलि रमाइलोका लागि मात्र नभई केही उद्देश्य राखी खेल्नेक्रम बढेको छ ।
एकदिवसीय विश्वकपको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई २१३ रनको चुनौती दिएको छ।
तिहारमा तास, लङ्गुरबुर्जा र जुवा खेलेको अभियोगमा एकसय ६५ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । प्रहरीले उनीहरुका साथबाट ३४ लाख ६२ हजार आठ सय ८५ बरामद गरेको छ ।
युरोपेली सङ्घ (इयू) ले भूकम्पबाट सबैभन्दा धेरै प्रभावित नेपालीको सहायोगार्थ २८ करोड ८० लाख रुपियाँ प्रदान गर्नेभएको छ । इयूले मानवीय सहायतास्वरुप उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो ।
बाँकेको नरैनापुरमा बिहीबार एक पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ ।