प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार तनहुँ आउनुहुने भएको छ । आँबुखैरेनी गाउँपालिकाले आँबुखैरेनी बजारमा सञ्चालन गरेको १५ शैयाको आँबुखैरेनी अस्पतालको उदघाटन गर्न प्रधानमन्त्री प्रचण्ड यहाँ आउन लाग्नुभएको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सत्य र न्यायलाई नेपाली समाजको मानकको रुपमा मनाइने मौलिक मेला पर्वहरुले लोकतन्त्रलाई बलियो बनाउन सहयोग गर्ने बताउनुभएको छ ।
दसैँ र तिहारजस्ता ठूला चाडको समयमा सोचेजस्तो व्यापार नहुँदा तनहुँका व्यवसायीहरु चिन्तित बनेका छन् । ठूला चाडमा समेत बजारमा चहल–पहल नहुँदा व्यवसायीहरु चिन्तित देखिएका हुन् ।
कपिलवस्तुका बाणगङ्गा नगरपालिकाका पशुपालक कृषकहरु दुग्ध उत्पादक सहकारीबाट लाभान्वित भएका छन् । नगरपालिकाको वडा ८ बोडगाउँमा रहेको बाणगंगा दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले बिक्री वितरणमा सहज बनाएपछि कृषकलाई सहयोग पुगेको हो ।
भूकम्पपीडित सहजीकरण समूह नेपालगन्जले जाजरकोट तथा रुकुम पश्चिम्ममा गत कात्तिक १७ गते गएको बिनासकारी भुकम्पबाट निधन भएकाहरुको १३ औं दिनको पूण्यतीथिमा आज दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम गरेको छ ।
संस्कृति बचाऔं, पर्यटन प्रवर्धन गरौं भन्ने नाराका साथ पर्यटकीय नगरी पोखरामा बुधबार आयोजित १६ औं भाइटीका महोत्सवमा देशविदेशका ६८ जना पर्यटकहरु सहभागी भएका छन् ।
स्थानीयहरुले आफ्नो लगानीमा काठेपुल निर्माण गरेपछि धनुषा र सिरहा जोड्ने कमला नदीमा सर्वसाधारण आवतजावत गर्दै ।
झापाको गौरीगन्ज गाउँपालिका र मोरङको रतुवामाई नगरपालिका जोड्ने हुलाकी राजमार्गमा पर्ने रतुवा नदीको पुल निर्माण सुरु भएको डेढ दशक बित्दा समेत सञ्चालनमा आउन सकेको छैन । अधकल्चो पक्की पुलमुनी बाँसको भाटाको पुल तरेर स्थानीयहरु वारिपारि गर्न बाध्य बनेका छन् ।
दार्चुलाको नौगाड गाउँपालिका अध्यक्ष दलजितसिंह धामी सवार जिप दुर्घटना भएको छ । नौगाड –२ सुण्डमुण्डबाट होपरिगाडतर्फ गइरहेको प्रदेश नं ३–०२२ च ५१२९ नम्बरको बोलेरो जिप नौगाड –३ बगडस्थित जामिरमा आज दिउँसो दुर्घटनामा परेको हो ।
छठ पर्वका लागि तराई मधेशमा घर, आँगन लिपपोत र सरसफाइ गरी चिटिक्क पारिएको छ । सर्लाहीमा पनि स्थानीयले पवित्र पर्व छठका लागि नजिकको जलाशयसँगै आफ्नो घर आङ्गन सरसफाइ र लिपपोत गरी चिटिक्क पारेका हुन् ।
नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना टिपताला नाका खुलाउने विषयमा दुई देशका स्थानीय पदाधिकारी तथा नेतृत्वबीच छलफल भएको छ ।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका –७ कालीथान मेलामा तीनदिने कुस्ती प्रतियोगिता सम्पन्न भएको छ । कालीथान मेला व्यवस्थापन समितिको आयोजनामा स्थानीय धान खेलमैदानमा सम्पन्न भएको प्रतियोगितामा नेपाल र भारतका कुस्ती खेलाडीको सहभागीता थियो ।
बाँकेको नरैनापुरस्थित धार्मिक पर्यटकीय स्थल गोवर्धन धामलाई प्रवर्धन गर्न बृहत् भण्डारा कार्यक्रम आयोजना गरिएको छ ।
सूर्य उपासना अर्थात सुर्यदेवको पूजा गरी तराईका जिल्लामा अत्यन्त निष्ठा र उत्साहका साथ मनाइने छठ पर्व बिधिवत रुपमा शुक्रबारदेखि सरु हुँदैछ ।
तराईमा फल्ने अङ्गुर हिमालमा लटरम्मै फल्न थालेको छ । पछिल्ला बर्सहरूमा तापक्रममा आएको परिबर्तनसँगै तीन हजार मिटरसम्मको उचाइ रहेको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा पनि अङ्गुर फल्न थालेको हो ।