पोखरा महानगरको वडा नं. १०, रामघाटमा बौद्ध अर्घाै सदन परिसरमा भव्य गुम्बा बनेको छ । करिब १९ करोडमा बनेको गुम्बा सोमबार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उद्घाटन गर्नुभयो ।
सरकारले टिकटकको प्रयोगमा रोक लगाउने निर्णय गत कात्तिक २७ गते गरेपछि यसको समर्थन र विरोधमा बहस चलिरहेको छ । यस निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट पनि परेका छन् । तिनको पेसी सोमबार तोकिए पनि हेर्न नभ्याउने सूचीमा परेको छ । सरकारले अन्य सामाजिक सञ्जालले कम्युनिटी गाइडलाइनविरुद्धका सामग्री हटाउने गरे पनि टिकटकले वास्तविक समयका सामग्री हटाउन नसकेको बरु लाइभ भिडियो रेकर्ड गरी अन्य सामाजिक सञ्जालमा सेयर गर्ने गरेकाले टिकटकको नियमन सम्भव नभई प्रयोगमा नै रोक लगाउनुपरेको स्पष्ट गरेको छ ।
नेपालकै सबैभन्दा ठुलो दोलखाको गौरीशङ्कर गाउँपालिका–९ मा अवस्थित च्छोरोल्पा हिमतालमा पुग्ने पर्यटकको सङ्ख्या बढेको छ । वर्षामा आवतजावत करिब बन्द रहेको च्छोरोल्पा हिमताल असोज महिनादेखि खुला भएपछि पर्यटकको घुइँचो लाग्न थालेको स्थानीय मिङमा शेर्पाले जानकारी दिनुभयो ।
वर्षौंदेखि खानेपानीको समस्या झेल्दै आएका उत्तरी मकवानपुरको थाहा नगरपालिका–१२, लितीका बासिन्दालाई लक्षित गरी लिती खानेपानी आयोजना निर्माण सुरु भएको छ । थाहा नगरपालिका, मानवीय सेवा तथा अन्तरसांस्कृतिक आदानप्रदान केन्द्र (च्वाइस नेपाल) नामक संस्था र स्थानीयको श्रमदानमा डेढ वर्षभित्रमा आयोजना सम्पन्न गर्ने गरी निर्माण सुरु भएको हो ।
फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत समूह ‘एच’ को दोस्रो चरणको खेलमा नेपालले आज (मङ्गलबार) साँझ यमनसँग प्रतिस्पर्धा गर्दैछ ।
तगारो कटेपछि आफ्नै दिसा कुल्चँदै हिँड्नुपर्ने वा लिस्नोमुनि खाल्डो खनेर दिसापिसाब गरी पराल वा भुसले छोप्ने शौच अभ्यासबाट अहिले अधिकांश नेपाली मुक्त छन् । यसो छेउकुनो पारेर वा बर्कोले टाउको ढाकेर कसैले नदेखेको ठानेर खुला रूपमा मलमूत्र त्याग्ने अभ्यास लाजभन्दा फोहोरका कारण घातक हो । शरीर स्वस्थ राख्न खाने र विकार त्याग्ने अपरिहार्य प्रव्रिmया हो तर त्यो विकार जथाभाबी त्याग्दा त्यसका हानीकारक जीवाणुको सङ्क्रमणले व्यक्ति, परिवार र समुदायमै
‘आलोचना गर्ने या सल्लाह दिने विषय निकै गाह्रो विषय हो तर प्रदेशको जति चाहिँँ होइन ।’ –लर्ड माउन्टबटेन देशमा प्रदेशको अभ्यास लामो छैन । छ वर्ष पूरा भएर सातौँ वर्ष प्रवेशको तयारीमा छ । यस बिचमा कैयौँ प्रदेश सरकार फेरबदल र एउटा मन्त्रालय फोर्दा या बढाउँदा करोडौँ खर्च मात्रै बढेको भनेर आवश्यकताभन्दा बढी प्रचार गरिएकाले प्रदेश आवश्यक छैन भन्ने जनमत अप्रत्याशित रूपमा बढ्दो छ । स्थानीय तह र केन्द्र सरकार मात्रै भए
पृथ्वी सतहमा विभिन्न किसिमका घटना निरन्तर भइरहन्छन् । यी घटनालाई दुई भागमा राखेर हेर्दा बुझ्न सजिलो हुने देखिन्छ । यी घटना हुन्, प्रकृतिजन्य र मानवजन्य । प्रकृतिजन्य घटनाभित्र ज्वालामुखी, भूकम्प, भूस्खलन, बाढी, सुक्खा, चक्रवात, हिमपात, शीतल पर्छन् भने मानवजन्य घटनाभित्र अकाल, युद्ध, दङ्गा, महामारी, आतङ्कवाद, विषाक्त रसायन आदि आउँछन् । भूकम्प प्राकृतिकजन्य र मानवीयजन्य दुवै घटनाभित्र पर्दो रहेछ । यसबाट कमै समयमा निकै बढी जनधनको क्षति हुन जान्छ । भूकम्प एउटा यस्तो घटना हो जसको अगाडि सबै प्राणी मूकदर्शक भएर बस्नुबाहेक अर्को कुनै विकल्प हुँदैन । विश्वका मध्यवर्ती
मैले पनि मङ्सिर ९ गते नेपालगन्जमा हुने म्याराथनमा अरू धावकसँगै सडकमा दौडिन खेल सामग्रीको जोहो गरिसकेँ । पक्कै, म पनि सडकमा धावक बन्ने छु । म ७० तिर लम्कँदै गरेको युवा हुँ । म्याराथनको यो सिरिज नेपालगन्जको गौरव हो । अन्तर्राष्ट्रिय मान्यता पाएको एथलेटिक्स पनि हो । सद्भावनामै खलल आइरहेको र घृणा व्यवसाय फस्टाइरहेका बेला यसले सबै जाति, धर्म, भाषा, संस्कृतिलाई प्रतिनिधित्व गराएर एकै लयमा सडकमा उतारेर दौडन प्रेरित गर्दै छ । आयोजकको
जलवायु परिवर्तन वर्तमान विश्वका लागि सर्वाधिक चासोको मुद्दा हो । समग्र पृथ्वी, जीवन र जीविकोपार्जनमा गम्भीर ढङ्गले प्रतिकूल प्रभाव पार्दै लगेको जलवायु परिवर्तनको घटनाले यतिबेला सबैभन्दा बढी मर्का कम विकसित देश (एलडिसी) हरूलाई परेको छ । त्यसमा पनि हिमालय वरपर र समुद्र तटीय क्षेत्रमा अवस्थित देश ज्यादा जो
दाङको बङ्गलाचुलीमा गरिएको व्यावसायिक सुन्तला खेतीले उत्पादन दिन सुरु गरेको छ । बङ्गलाचुली गाउँपालिका–५, साकिने गाउँमा गरिएको सुन्तला खेतीले उत्पादन दिन सुरु गरेको हो । पाँच वर्षअघि साकिने गाउँलाई सुन्तला पकेट क्षेत्रका रूपमा विकास गर्नका लागि बङ्गलाचुली गाउँपालिकाले १० लाख रुपियाँ र प्रदेश सरकारले कृषि ज्ञान केन्द्रमार्फत ४० लाख रुपियाँ सहयोग गरेपछि स्थानीय सुन्तला खेतीमा जोडिएका हुन् । प्रदेश र स्थानीय सरकारको सहयोगमा सुन्तला खेती गरेका स्थानीय बोटमा सुन्तला फल्न थालेपछि खुसी भएका छन् ।
प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सङ्घीय संसद्को आगामी अधिवेशनमा सहयोगापेक्षी सडक आश्रित मानवको समुचित व्यवस्थापन गर्नेसम्बन्धी विधेयक पेस गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले ‘यो वर्षको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने नारासाथ मानव सेवा आश्रमले आयोजना गरेको मेची महाकाली राष्ट्रिय उद्धार यात्राको समापन समारोहलाई सम्बोधन गर्दै विधेयक ल्याउने बताउनुभएको हो ।
जङ्गलको बीचमा वर्षौँदेखि व्यावसायिक चौँरीपालन गरिरहेका मिक्वाखोला गाउँपालिका–५ का ४६ वर्षीय मिलनदोर्जे शेर्पा । त्यहाँ मानव बस्ती, सडक, बिजुली, सञ्चारको पहुँच छैन । अनकन्टार जङ्गलको बीचमा एकोहोरो कुकुर भुकेको आवाजमात्रै सुनिन्छ । चकमन्न जङ्गलको बीचमा छाप्रो अनि सँगै फैलिएको विशाल चौँरीखर्क । कलकल सुसाइरहेको हिमाली खोल्सो । चाँदीजस्तै टल्किने हिमालका चुचुरा नियाल्दै उहाँको दिन बितिरहेको छ ।