सरकारले सबै प्रकारका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध गराउने योजनालाई थप प्रभावकारी बनाउन स्थानीय तहलाई सहजीकरणका लागि पत्राचार गरेको छ । कोषका प्रवक्ता विवेक पन्थीका अनुसार पालिकाले औपचारिक क्षेत्रका श्रमिकलाई कोषमा आबद्ध हुुनेलाई सहयोग गर्ने र अनौपचारिक क्षेत्रका श्रमिकका लागि पहल गरिदिने अपेक्षासहित अनुरोध गरिएको हो । अनौपचारिक क्षेत्रका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध गराउन पाइलटका रूपमा चालु आर्थिक वर्षमा दुई हजार श्रमिकलाई योजनामा आबद्ध गराउने लक्ष्य कोषले लिएको छ ।
विनाशकारी भूकम्प गएको करिब दुई हप्ता बिते पनि अस्थायी टहरा नपाएपछि पीडितहरू त्रिपालमुनि बस्नु परेको छ । कात्तिक १७ गते मध्यरात गएको भूकम्पले घर भत्किएर घर वास विहीन भएका सर्व साधारण त्रिपालमुनि बस्नु परेको हो ।
दाङमा एकै घरका दाजुभाइ मृत फेला परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर उपमहानगरपालिका–१६ डोक्रेना घर भइ तुलसीपुर उपमहानगरपालिका ६ गाइडहरमा कोठा भाडामा बस्दै आएका ३४ वर्षीय पूर्णबहादुर बस्नेत र भाइ ३० वर्षीय टेकबहादुर बस्नेत मृत फेला परेका हुन् ।
कुलोमा करेन्ट लगाएर माछा मार्ने क्रममा पोखरामा एक दम्पतीको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नं २९, पट्नेरीस्थित कुलोमा सोमबार दिउँसो करेन्ट लगाएर माछा मार्ने क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । मुस्ताङ स्थायी घर भई हाल पोखरा २९ बस्दै आएका ४६ वर्षीय भीमलाल सुनार र उनकी ४६ वर्षीया श्रीमती सावित्री सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रवणकुमार बिकले जानकारी दिनुभयो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले सिमकोट विमानस्थललाई यसै आर्थिक वर्षमा विस्तार गर्ने भएको छ । विमानस्थलको लम्बाइ कम रहेका कारण त्यसको लम्बाइ बढाउन लागिएको हो । नागरिक उड्डयन प्राधिकरण सिमकोट विमानस्थल प्रमुख महेन्द्रबहादुर सिंहले यस वर्ष विमानस्थलको लम्बाइ १५० मिटर अगाडि विस्तार गरिने बताउनुभयो । विमानस्थलको पश्चिमतर्फको रानीवन क्षेत्रमा विमानस्थल विस्तार गर्न लागिएको हो । उहाँले यसका लागि जग्गाको नापजाँच गर्ने कार्य पूरा भइसकेको र अब मुआब्जा वितरण कार्य अगाडि बढाइने बताउनुभयो ।
चाडपर्वलाई लक्षित गरी खोलिएको सहुलियत मूल्य पसल आगामी माघसम्म निरन्तर सञ्चालन हुने भएको छ । उपभोक्तालाई सहुलियत दिन माघसम्म निरन्तर सञ्चालन गरिने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ । चाडपर्वलाई लक्षित गरेर गत असोज २१ देखि कम्पनीले मुलुकभर सुपथ पसल सञ्चालन गरेको थियो । कम्पनीका बिक्री प्रमुख भीम थापाले माघीपर्वलाई लक्षित गरी माघसम्म सुपथ पसल निरन्तर सञ्चालन गरिने जानकारी दिनुभयो । सुपथ पसलमा ग्राहकको आकर्षण बढ्दै गएकाले पनि निरन्तरता दिइएको उहाँले जानकारी दिनुभयो । बजारमा मूल्यभन्दा सस्तोमा खाद्यान्न बिक्री भएकाले पनि सामान खरिद गर्न ग्राहक आउने गरेको कम्पनीले जनाएको छ । सुपथ पसल सञ्चालन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दुई करोड ३२ लाख २० हजार रुपियाँ बजेट विनियोजन गरेको थियो ।
दसैँ, तिहार र छठ पर्वको लामो बिदापछि विद्यालय खुलेका छन् । यसैक्रममा रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–१४ स्थित जनविकास माध्यमिक विद्यालय पनि सोमबार (आज)बाट खुल्यो । साथी भेट्ने, कक्षाकोठामा पढ्ने र विद्यालयको प्राङ्गणमा खेल्ने उत्साह बोकेर विद्यालय आएकी कक्षा ८ की १४ वर्षीय कृष्णा मल्ललाई आजको स्कुले दिन भारी लाग्यो । न उनी कसैसँग खुलेर बोल्न सकिन्, न त कक्षाकोठामा छिर्ने आँटै गरिन् ।
इजरायलमा आक्रमण गर्ने हमास समूहले बन्धक बनाएकामा नेपालका विपिन जोशी पनि रहेको इजरायल डिफेन्स फोर्सले जानकारी दिएको छ । इजरायलस्थित नेपाली दूतावासलाई दिइएको जानकारी अनुसार इजरायलको किबुज अलुमिनमा हमास समूहले आक्रमण गरेर बन्धक बनाएर लगेको समूहमा नेपालका जोशी रहेको बताइएको हो । सो आक्रमण भएका बखत रेकर्ड भएको सिसिटिभी फुटेजको हवाला दिँदै इजरायली डिफेन्स फोर्सले सो फुटेजमा जोशी देखिएको दाबी गरेको हो । फेर्सका प्रवक्ताले सोही फुटेजका आधारमा जोशी हमास समूहले बन्धक बनाएको टोलीमा रहेको दाबी गर्नुभएको छ तर नेपाल सरकारसँग हमास समूहको कुनै पनि आधिकारिक कुराकानी नभएकाले सो फुटेजका बारेमा प्रस्ट भएको छैन ।
नेकपा (एमाले) ले भूकम्प प्रभावित क्षेत्रमा एक हजार एकसय जना स्वयंसेवक परिचालित गरेको जनाएको छ । स्वयंसेवकहरूले भूकम्पले भत्काएका घरभित्रका सामानहरू निकाल्ने, भग्नावशेष पन्छाउने र त्यहाँ अस्थायी घरटहरा बनाउन जमिन सम्याउनेजस्ता काम गरिरहेको एमालेले जनाएको छ ।
सोमबार बिहान रुकुम पश्चिममा भएको जिप दुर्घटनामा परेर घाइते भएका १९ जनामध्ये १० जनाको अवस्था गम्भीर रहेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गम्भीर अवस्थाका घाइतेहरुलाई थप उपचारका लागि सुर्खेत र नेपालगञ्ज पठाइएको छ ।
नेपाली कांग्रेसले भूकम्पपीडितलाई बस्ने अस्थायी टहरा तत्काल बनाउन इञ्जिनियरसहितको स्वयंसेवक टोली पठाउने भएको छ ।
सरकारले अर्थतन्त्रको समस्यालाई छिटो, छरितो रुपमा समाधान गर्नेबारेमा छलफल गरेको छ ।
सरकारले सामाजिक सञ्जालको रुपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सद्भाव एवं सामाजिक वातावरणमा नकारात्मक असर परिरहेको निष्कर्षसहित नेपालमा टिकटकको प्रयोगमा रोक लगाउन कात्तिक २७ गते मन्त्रिपरिषद्बाट निर्णय गरेपछि समर्थन र विरोधमा बहस जारी छ ।
बाँकेको खजुरामा माछाको सुरक्षाका लागि पोखरीमा फिट गरिएको करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
आइबा विश्व जुनियर बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन एक खेलाडीसहित दुई सदस्यीय नेपाली टोली सोमबार अर्मेनियाको येरेभान प्रस्थान गरेको छ ।