• १५ कात्तिक २०८१, बिहिबार

माछा मार्न गएका युवकको करेन्ट लागेर मृत्यु

blog

सिराज खान 

नेपालगन्ज, मङ्सिर ४ गते । बाँकेको खजुरामा माछाको सुरक्षाका लागि पोखरीमा फिट गरिएको करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले दिनुभएको जानकारीअनुसार जिल्लाको खजुरा गाउँपालिका –१ का पूर्ण लम्सालले आफ्नो माछा पोखरीको सुरक्षाका लागि राख्नु भएको करेन्ट लागेर सोही वडाका सविन रानाको मृत्यु भएको हो । 

प्रहरी प्रवक्ता डिएसपी डाँगीले माछा चोरी हुन थालेपछि लम्सालले पोखरी वरिपरि करेन्ट फिट गर्नुभएको थियो । जालसहित पोखरीमा गएका रानालाई त्यही करेन्ट लागेको हो । 

रानाको शवसँगै माछा मार्ने जाल पनि फेला परेकाले राना लुकीछिपी माछा मार्न गएको आशङ्का गरिए पनि सो बारेमा प्रहरीले अनुसन्धान गरिरहेकाले अनुसन्धानपछि मात्र वास्तविक कुरो पत्ता लाग्ने डिएसपी डाँगीले बताउनुभयो । उहाँले सो घट्नाको छानबिन प्रहरीले गरिरहेको बताउनुभयो ।