भूकम्पले भत्काएको आठ वर्षपछि उच्च अदालतको क्षतिग्रस्त भवन निर्माण हुँदैछ । पोखरा उच्च अदालतको बागलुङस्थित इजलासको उक्त भवन दुई चरणमा काम भइरहेकाले निर्माणले तीव्रता पाएको हो ।
चार देश सम्मिलित टी-२० शृङ्खलाअन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा नेपाल हङकङसँग पराजित भएको छ ।
पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकामा रहेको एक नमुना सरकारी विद्यालयले विद्यालय अध्ययन गर्न जाँदा किताब बोक्न नपर्ने अवधारण ल्याएपछि विद्यार्थी खुसी भएका छन् ।
आगामी दुई दशकमा दक्षिण कोरियामा करिब ४० लाख रोजगारी कृत्रिम बौद्धिकता (एआई, आर्टिफिसियल इन्टेलिजेन्स) प्रविधिले प्रतिस्थापन गर्ने जोखिममा रहेको बिहीबार जारी केन्द्रीय बैङ्कको एक अध्ययनमा बताइएको छ ।
सूर्योदय र दमौली बजारलाई कुहिरोले ढाकेको दृश्य हेर्न बिहीबार बिहान तनहुँको व्यास नगरपालिका-५ स्थित मानुङडाँडा पुगेका आन्तरिक पर्यटकहरू ।
उत्तरी चीनको साङ्सी प्रान्तमा बिहीबार एउटा भवनमा आगलागी हुँदा २५ जनाको मृत्यु भएको र दर्जनौँलाई अस्पताल पुर्याइएको सरकारी सञ्चारमाध्यमले बताएको छ ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका-१ सुन्दरीफाँटामा माटोको भकारी (डेहरी) बनाउँदै स्थानीय महिला । अन्न राख्नका लागि थारु समुदायले माटोको भकारी बनाउदैआएका छन् ।
राजधानीको विभिन्न स्थानमा छठ पूजाको तयारी थालिएको छ । गौरीघाट, कमलपोखरी, विष्णुमती, नख्खु, गहनापोखरी, कुपण्डोललगायत काठमाडौँको २१ स्थानमा पूजा स्थलको निर्माण सुरु गरिएको छ ।
तिहारपछि नेपालगन्जमा राखिने गणेश र लक्ष्मीको मूर्ति विसर्जन कार्यलाई सदभाव र शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न धार्मिक सद्भाव समिति बाँकेले वडा प्रहरी कार्यालय नेपालगन्जसँग छलफल गरेर विसर्जनको बाटो निर्धारण गरेको छ ।
नेपाल प्रहरीले तिहारमा छिटफुट घटना बाहेक समग्रमा मुलुकभरको आपराधिक घटना सामान्य रहेको जनाएको छ । केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतका अनुसार तिहारमा विगतको तुलनामा कम आपराधिक घटना भएका छन् तर सडक दुर्घटना भने केही बढेका छन् ।
चार देश सम्मिलित टि ट्वान्टी शृङ्खलाअन्तर्गत आज (बिहीबार) भएको खेलमा नेपालले हङकङलाई जितको लागि ५७ रनको सामान्य लक्ष्य दिएको छ ।
नेपालमा पछिल्लो समय सामाजिक सञ्जालको रूपमा चर्चित र धेरै प्रयोगमा आएको टिकटक एप सरकारले बन्द गर्नु विरोधाभासपूर्ण रहेको सञ्चारविज्ञ सुधांशु दाहालले बताउनुभएको छ । सरकारले टिकटक बन्द गरेसँगै दुईथरी आवाज उठेको उहाँको भनाइ छ ।
इन्जिनमा फ्युज हाल्ने काम भएपछि सिमकोट विमानस्थलमा रोकिएको नेपाल एयरलाइन्सको जहाज नेपालगन्ज फर्किएको छ ।
नेपालगन्ज उपमहानगरपालिकालाई सफा र स्वच्छ राख्न होटल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घ बाँकेले सञ्चालन गरेको ‘आफ्नो फोहोर आफ्नै डस्टविन’ अभियान प्रभावकारी देखिएको छ ।
मुगुको छायाँनाथ रारा नगरपालिकाले दुईवटा नगरबस सञ्चालनमा ल्याउने भएको छ । छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भामले आफ्नो चुनावी नारामा प्रतिबद्धता गरेअनुसार नगरपालिकाको कार्यक्रम अन्तर्गत सुविधायुक्त बस सञ्चालनमा ल्याउन लागेको बताउनुभयो ।