• ६ जेठ २०८१, आइतबार

दार्चुलामा गाउँपालिका अध्यक्ष चढेको गाडी दुर्घटना

blog

खलङ्गा, कात्तिक ३० गते । दार्चुलाको नौगाड गाउँपालिका अध्यक्ष दलजितसिंह धामी सवार जिप दुर्घटना भएको छ । नौगाड–२ सुण्डमुण्डबाट होपरिगाडतर्फ गइरहेको प्रदेश नं ३–०२२ च ५१२९ नम्बरको बोलेरो जिप नौगाड–३ बगडस्थित जामिरमा आज दिउँसो दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी चालक जयभानसिंह ठगुन्ना गम्भीर घाइते भएका छन् । गाउँपालिका अध्यक्ष धामीलाई सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार घाइते दुबै जनालाई उपचारका लागि धनगढी लगिएको छ । उक्त जिप नौगाड गाउँपालिकाले भाडामा लिएको जनाइएको छ । रासस