चार वर्षपछि मुस्ताङको कोरला नाका पुनः व्यावसायिक रूपमा सञ्चालनमा आएको छ । चीन सरकारले कोरोना महामारीका कारण २०७६ सालदेखि नाका पूर्ण रूपमा बन्द गरेको थियो । कात्तिक २७ गते सोमबार नाका पुनः सञ्चालनमा आएसँगै मुस्ताङवासीमा उत्साह छाएको छ । नाका सञ्चालनको पहिलो दिन ठुलो सङ्ख्यामा मुस्ताङवासीहरू कोरला पुगेका थिए ।
बागमती प्रदेश सरकारले सामुदायिक विद्यालयलाई प्रतिस्पर्धी बनाउन बस खरिदमा दिँदै आएको अनुदानलाई चालु आर्थिक वर्षमा पनि निरन्तरता दिएको छ । सामुदायिक विद्यालयमा माथिल्लो कक्षा चढ्दै जाँदा विद्यार्थी भर्ना दरसँगै विद्यार्थी टिकाउ दर घट्दै गएपछि विद्यार्थीलाई आउजाउमा सहज बनाउन र विद्यार्थी टिकाउन प्रदेश सरकारले विद्यालय बसमा अनुदानको नीति लिएको हो ।
धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको दोलखाको कालिञ्चोक भगवतीको दर्शन गर्नेहरू तीन साताको अवधिमा झन्डै ३५ हजारभन्दा बढी पुगेका छन् । घटस्थापनादेखि तिहारको भाइटीकासम्ममा ३४ हजार ७२९ श्रद्धालु भक्तजनले भगवतीको दर्शन गरेका बताइएको छ । कालिञ्चोक दर्शन लिमिटेडका सन्देश सिवाकोटीका अनुसार घटस्थापनादेखि तिहारको भाइटीकासम्ममा १९ हजार ७८६ ले केबुलकार चढेका छन् । केबुलकारमा पालो नपाएपछि आधाभन्दा बढी हिँडेरै कालिञ्चोक भगवतीको दर्शन गर्न पुगेका थिए ।
निर्वाचनपछि नयाँ संसद् बनेको झण्डै एक वर्ष पुग्न लागेको छ । पछिल्लो एक वर्षमा अर्थलगायत विभिन्न चार विधेयक मात्र पारित भएका छन् । कानुन निर्माणको प्रमुख थलो मानिए पनि पछिल्ला दुई अधिवेशनभर संसद्मा बादप्रतिवादको शृङ्खला नै चल्यो । सत्ता पक्ष र प्रतिपक्षबीच आरोप–प्रत्यारोप तथा अवरोधलगायत कारणबाट संसद् प्रभावहीन बन्न पुग्यो ।
नेपालको शिक्षा विकासको इतिहास धेरै लामो छैन । राणाकालीन समयमा औपचारिक शिक्षा सुरु भएको मानिए पनि त्योभन्दाअघि गुरुकुल शिक्षाको प्रभाव थोरै मात्रामा परेको देखिन्छ । हुन त केही राणाकालीन प्रधानमन्त्रीहरूले नेपालको शिक्षादीक्षाको व्यववस्था गर्न कलेज र विद्यालय खोलेका पनि थिए तर ती सीमित मात्रामा थिए । त्यसका प्रभाव आमनेपालीमा पर्न सकेको थिएन । जब २००७ सालको राजनीतिक परिवर्तन भयो अनि शिक्षाको विस्तार र विकास भएको पाइन्छ ।
कात्तिक १७ गते ६.४ रेक्टर मापनको जाजरकोट रामीडाँडा भूकम्पमा घरबास भत्केर चौरमा पुगेका हजारौँ नागरिकको बिचल्ली यथावत् छ । कैयौँको तिहार पर्व त थुनियो नै, दुःखलाई आँसुले बगाउँदै टीका लगाउन पाएकाहरूलाई पनि तिहारको रमाइलोभन्दा बास र तिहुनको पिरलो भयो । निःसन्देह, ध्वस्तपछिको सहज बसोबास र जीविकाका लागि समय लाग्ने छ तर दुई सातासम्म पनि चिसो छल्ने ओतको अभावमा चिसोकै कारण दुई जनाको मृत्यु भएको दुःखद समाचारले २
जनतन्त्र, लोकतन्त्र, प्रजातन्त्र जेभन्दा पनि अङ्ग्रेजीमा यसको एउटै शब्द डेमोक्रेसी हो । विचारको आधारमा शासन चलाएका देशमा डेमोक्रेसीको सम्बन्धमा कहीँ पनि विवाद छैनन् । एकल पार्टी शासन चलाएका कम्युनिस्ट देशहरू पहिलेको पूर्वजर्मनी, अहिलेको उत्तर कोरियासमेतले जर्मन डेमोक्रेटिक रिपब्लिक, डेमोक्रेटिक रिपब्लिक
मिथिला क्षेत्रमा अहिले जताततै छठपर्वको रौनक छ । सूर्य उपासनाको महापर्व छठको तयारीमा मिथिला क्षेत्रका बासिन्दा जुटेका छन् । पर्वको प्रारम्भ बर्तालुले आज ‘नहाय–खाय’ विधिबाट गर्दैछन् । कात्तिक शुक्ल तृतीयाकै दिन बर्तालुले उसिना चामल, कोदो, मुसुरो, माछामासुसहित तामसी र राजसी भोजन परित्याग गरी ‘अरबा–अरबाइन’ विधि बिहीबार नै गरेका हुन् । निरामिष [सात्विक] भोजन सुरु गरेर तृतीयाकै दिन व्रतको तयारी थाल्ने परम्परा छ ।
पृथ्वीमा बढ्दो तापक्रम, प्राकृतिक सम्पदाहरूको क्रुर दोहन, जीवनशैलीमा आएको बढ्दो सुविधाभोगी प्रवृत्तिले मानिसलाई अनेक समस्याको चपेटामा पारेको छ । वातावरणमा उत्पन्न प्रतिकूल अवस्था र मानिस आफैँले सिर्जना गरेका, उपभोग गरेका भौतिक सामग्रीका कारण तत्कालका लागि केही सुविधा देखिए पनि कालान्तरमा यसले अनेक जटिल समस्या निम्त्याइरहेको पत्तो पाउन सकेका छैनन् । हामी सुखको नाममा प्रदूषण बढाएर भावी सन्ततिलाई दुःखको खाडलमा हालिरहेका छौँ ।
फिफा विश्वकप, २०२६ छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स ९युएई०सित पराजित भएको छ । गए राति युएईको दुबईमा भएको खेलमा नेपाल युएईसित ४–० गोलअन्तरले पराजित गरेको हो ।
राजनीतिक दल प्रजातान्त्रिक प्रणालीका मुख्य तथा अभिन्न अङ्ग हुन् । यसका अनेकन परिभाषामध्ये निर्वाचनमा भाग लिने र जित हात पार्ने अभिप्राय राखेर गठन भएको वैचारिक शक्ति भन्नेसमेत एक हो । यस आधारमा हेर्दा चुनावमा भाग नलिने तर निर्वाचन आयोगमा दर्ता मात्र भएका शक्तिहरूको हैसियत के हुने भन्ने प्रश्न उठ्न सक्छ । हाम्रो निर्वाचन आयोगमा झन्डै १३० वटा दल दर्ता छन् । तीमध्ये लगभग सबैले कुनै न कुनै तहको निर्वाचनमा प्रतिस्पर्धा गरेका होलान् । यद्यपि संसद्को निर्वाचनमा
चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुईवटा गैँडा मारेका छन् । निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत सतरचुली पोष्टबाट तीन दशमलव पाँच किलोमिटर दक्षिण–पूर्वमा खाल्डोमा पारेर गैँडा मारिएका हुन् ।
उच्च अदालत पोखराको बुधबारको अन्तरिम आदेशले सामाजिक सञ्जाल र सञ्चार माध्यममा उच्च प्राथमिकता पायो । स्थानीय देवीकुमारी बरालले मङ्गलबार दायर गरेको रिटमा उच्चले उहाँलाई लेकसाइडमा चौबिसै घण्टा व्यवसाय गर्न चाहे नरोक्न आदेश दिएको छ । आदेशपछि फेरि लेकसाइड चौबिसै घण्टा खोल्न हुने वा नहुनेबारे बहस सुरु भएको छ ।