जाडो छल्न चरा विगतमा झैँ यस वर्ष पनि नेपालका खोलानाला र सिमसार क्षेत्रमा आइपुगेका छन् । मङ्सिरको आगमनसँगै हिउँदे पर्यटक चरा नेपाल आउने क्रम सुरु भएको हो । सुनसरी, सप्तरी र उदयपुरको सङ्गमस्थलमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्षमा चराको वासस्थान बनेको छ ।
तिहारलगत्तै पर्ने छठमा फलफूलको मागसँगै मूल्य पनि बढेको छ । तिहारको तुलनामा छठमा केरा महँगो भएको छ । छठमा केरा बढी माग र खपत हुने भएकाले मूल्य बढेको हो । कालीमाटी फलफूल तथा तरकारी बजार समितिका अनुसार शुक्रबार केरा प्रतिदर्जन १५० देखि १७० रुपियाँमा कारोबार भएको छ । तिहारको दिनसम्म केरा प्रतिदर्जन ९० देखि १२० रुपियाँसम्ममा कारोबार भएको थियो । नेपाल फलफूल थोक व्यवसायी सङ्घका अनुसार छठमा बढी माग हुने भएकाले मूल्य बढेको छ । छठलाई लक्षित गरेर बजारमा केरा, मौसम, सुन्तलालगायतका फलफूल भारतबाट भित्र्याइएको छ भने स्याउ भारत र चीनबाट भित्र्याइएको छ ।
‘कफीको क्षेत्रको प्रवर्धन र संरक्षण, दिगो उत्पादनमा महिला र युवालाई प्रोत्साहन’ भन्ने मूल नाराका साथ यस पटक १३ औँ राष्ट्रिय कफी दिवस मनाइएको छ । चाडपर्वका कारण कुनै औपचारिक कार्यक्रम गर्न नसके पनि विभिन्न क्षेत्रमा अनौपचारिक कार्यक्रम गरी यो दिवस मनाइएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद भट्टराईले जानकारी दिनुभयो । उहाँले राष्ट्रिय दिवसका अवसरमा एक प्रेस विज्ञप्ति जारी गर्दै मात्रात्मक रूपमा थोरै उत्पादन भए पनि नेपाली कफीले विश्व बजारमा आफ्नो पहिचान स्थापित गरेको बताउनुभयो ।
चितवनको सौराहामा पर्यटकीय गतिविधिले लय समातेकै बेला चितवन राष्ट्रिय निकुञ्जमा चोरी सिकारी पनि सक्रिय भएका छन् । जङ्गल सफारी गरेर निकुञ्ज वरपर रहेका होटल, रिसोर्ट र लजमा बसेका स्वदेशी तथा विदेशी पर्यटक दुई वटा पोथी गैँडा मारिएको खबरले स्तब्ध भए । मारिएका दुई पोथी गैँडाका खाग र खुर दुवै गायव छन् । मारिएकामध्ये एउटा १० दिनअघि नै र अर्को तीन दिनअघि मारेर खाग र खुर लगिएको अनुमान चितवन राष्ट्रय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले गर्नुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वले सामना गरिरहेका चुनौतीलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदायले शान्ति, प्रगति र समृद्धिको साझा लक्ष्यमा केन्द्रित हुनुपर्ने बताउनुभयो । भारतमा सुरु भएको दोस्रो भ्वाइस अफ ग्लोबल साउथ समिटलाई शुव्रmबार भर्चुअल सम्बोधन गर्दै भन्नुभयो, “यसका लागि आपसी विश्वासको निर्माण, साझेदारी र सहकार्य प्रवर्धन तथा एकताका साथ काम गर्नु महत्वपूर्ण छ ।” विश्वले कोभिड १९, जलवायु परिवर्तन र भू–राजनीतिक जटिलताका कारण धेरै प्रकारका चुनौतीको सामना गरिरहेको उल्लेख गर्दै उहाँले यसबाट मुख्यतः अतिकम विकसित राष्ट्रहरूले समस्या झेलिरहेको पनि बताउनुभयो ।
चालु आर्थिक वर्षको चार महिनामा (साउन–कात्तिक) मा १८ अर्ब रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) प्रतिबद्धता आएको छ । उद्योग विभागको तथ्याङ्क अनुसार साउनदेखि कात्तिक महिनासम्म १७८ परियोजनामार्फत १८ अर्ब ३५ करोड ४३ लाख तीन हजार रुपियाँ एफडिआई आएको हो । कात्तिक महिनामा मात्र २७ परियोजनामार्फत एक अर्ब ७५ करोड रुपियाँ विदेशी लगानी प्रतिबद्धता भित्रिएको हो । चार महिनामा सबैभन्दा धेरै साना उद्योग १७०, मझौला पाँच र तीन वटा ठुुला उद्योगमा लगानी प्रतिबद्धता आएको छ । नेपालमा सबैभन्दा सेवामूलक, उत्पादनमूलक, पर्यटन, सूचना प्रविधिमूलक क्षेत्रमा बढी विदेशी लगानी भित्रिने गरेको छ ।
विश्वसम्पदा सूचीमा सूचीकृत पर्यटकीयस्थल वसन्तपुरमा विदेशी पर्यटकको घुइँचो लागेको छ ।
तिहारमा नबिकेर रहेको सयपत्रीलगायत फूल व्यापारीले निःशुल्क रूपमा आयुर्वेदिक औषधि बनाउन दिएका छन् ।
सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले संघीय संसद एकले अर्कोलाई गाली गर्ने थलोमा परिणत भएको टिप्पणी गर्नुभएको छ।
नेपाल प्लाइउड म्यानुफेक्चर एसोसिएसनले जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितका लागि ८०० थान त्रिपाल र २० रोल ओछ्याउने फोम जिल्ला प्रशासन कार्यालय बाँकेलाई प्रदान गरेको छ ।
इलामको प्रमुख पर्यटकीय स्थल माइपोखरीमा त्रि–धार्मिक महोत्सव आजदेखि सुरु भएको छ । विश्व शान्तिको कामनासहित आगामी मंङसिर –८ गते महोत्सव आयोजना गरिएको छ ।
चीनबाट अनुदानमा प्राप्त भएको कोरोना भाइरसविरुद्धको ४० लाखमात्रा सिनोभ्याक खोप खेर जाने भएको छ ।
नेपाल कराते महासङ्घको आयोजनामा सातौँ दक्षिण एसियाली कराते च्याम्पियनसिप मङ्सिर १६ गतेदेखि हुने भएको छ ।