दोलखाको गौरीशङ्कर गाउँपालिका–९ को उत्तरी विकट गाउँ बेदिङवासीले यो वर्षको तिहार अँध्यारोमा मनाएका छन् । बेदिङमा तिहारअघिदेखि नै विद्युत् लाइनमा आएको समस्या समाधान नभएपछि अँध्यारोमा तिहार मनाउन बाध्य भएको स्थानीय मिङ्मा शेर्पाले दुःखेसो पोख्नुभयो । गाउँ नजिकै ४५६ मेगावाटको माथि
उत्तरी मकवानपुरको थाहा नगरपालिका–६, स्थित वज्रवाराही मन्दिरको संरक्षण र प्रवर्धन जनस्तरबाट गरिने भएको छ । वज्रवाराही मन्दिर जाने सिँढी मर्मतसँगै मन्दिर परिसरको जीर्णोद्धारपछि नयाँ मूर्ति प्रतिस्थापनसँगै मन्दिरसम्म पुग्ने सिँढी जनस्तरबाट निर्माण गर्न लागिएको हो । थाहा नगरसँगै आसपासका क्षेत्रको शक्तिपीठका रूपमा रहेको वज्रवाराही मन्दिर जाने सिँढी मर्मत र मन्दिरपरिसरको जीर्णोद्धार कार्य थाहा नगरपालिका–६ को कार्यालयको बजेट तथा नेवाः पुचः, वज्रवाराही र स्थानीय समाजसेवी नारायणबहादुर जोशीको सहयोगसहित करिब ४० लाख रुपियाँको लागतमा गरिएको थियो ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को सदस्यसचिव पदका लागि आठ जनाबिच प्रतिस्पर्धा हुने भएको छ । सदस्यसचिव पदका लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आवेदन आह्वान गरेको थियो । मन्त्रालयले आवेदकमध्येबाट छानिएका आठ जनालाई कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि मिति तोकेको छ । मन्त्रालयको कर्मचारी प्रशासन तथा सुशासन प्रवर्धन शाखाका अनुसार उहाँहरूलाई मङ्सिर ८ गते प्रस्तुतीकरण र अन्तर्वार्ताको मिति तय गरिएको छ । सदस्यसचिवको छोटो सूची (सर्ट लिस्टिङ) मा परेकामा अरविन्दकुमार चौधरी, महेश भट्टराई, भुवनेश्वर ढुङ्गाना, टेकबहादुर मल्ल, नलराम देवकोटा, अनोज भट्टराई, विनोद बडाल र प्रमोदभक्त आचार्य पर्नुभएको छ ।
चाडबाड लागेदेखि सागरनाथ वन विकास परियोजना मातहतको जङ्गलमा काठ तस्करको रजाइँ चलेको छ । माईस्थान र टुटेश्वरस्थित सबडिभिजन वन कार्यालयले उखुघारी, आँप बगैँचा र परियोजनाको जङ्गलबाट ठुलो परिमाणमा चोरी तस्करीका काठ बरामद गरेको छ । चाडबाड लागेदेखि परियोजनाको जङ्गलबाट काठ चोरी हुने क्रम बढ्दै गएको वनकर्मीले बताएका छन् । वन कर्मचारीको गौशाला–८ स्थित ढल्केबर सामुदायिक वनको सिसौ घारीबाट बेवारिसे अवस्थामा ४० क्युफिटको १६ थान युक्लिप्टसको काठ बरामद गरिएको हो । काँचै अवस्थामा भेटिएका ती काठ परियोजनाको जङ्गलबाट कसले चोरेको हो भन्ने खुल्न सकेको छैन ।
वैकल्पिक सहायक राजमार्गका रूपमा रहेको झापाको पाडाजुङ्गी–गौरीगन्ज सडकखण्डको अलपत्र परेको काम सुरु भएको छ । सडक भत्काएर बेवारिसे रूपमा छाडिएको भन्दै स्थानीयले ठाउँ ठाउँमा सडक अवरोध गरेर विरोध जनाएका थिए । पाडाजुङ्गीदेखि गेउरिया नजिकसम्म साढे तीन किलोमिटर सडक ठेक्का सम्झौता भएर काम अगाडि बढे पनि चालु आर्थिक वर्षमा बजेट नपरेपछि काम रोकिएको थियो । नेपाल–भारत सीमा गौरीगन्जसँग जोड्ने गरी दुई वर्षअघिदेखि पूर्वपश्चिम राजमार्गसँग जोडिएको पाडाजुङ्गीबाट सडक स्तरोन्नति र विस्तारको काम सुरु भएको थियो ।
परिवर्तन गतिशील क्रिया हो । परिवर्तन आफैँबाहेक अरू सम्पूर्ण कुरा परिवर्तनशील छन् । समाज परिवर्तन र विकास प्राकृतिक एवं निरन्तर भइरहने प्रक्रिया हुन् । समाज परिवर्तन बहुआयामिक प्रकृतिको हुन्छ । योजनाबद्ध वा आकस्मिक रूपमा पनि समाजको परिवर्तन गर्ने गरिन्छ । समाज विकासको पूर्वकाल खण्डमा मातृसत्तात्मक समाज थियो । समाज विकासको दौरानमा महिलाको भूमिका पारिवारिक रूपमै कमजोर हुँदै गएपछि सम्भवतः पितृसत्तात्मक समाजको विकास भएको अनुमान गरिन्छ । विकसित मुलुकमा लैङ्गिक असमानताको खाडल केही हदसम्म पुरिँदै गए पनि पूर्ण रूपमा समान भने हुन सकेको पाइँदैन । समाज विश्लेषकको भनाइमा प्राकृतिक रूपमा लैङ्गिक विभेद नभएर सामाजिक रूपमा मात्र लैङ्गिक विभेदको जन्म हुने गर्छ । अर्थात् समाजले नै लैङ्गिक
मानव प्रकृतिकै अङ्ग हो । प्रकृतिमा आउने उतारचढावको प्रत्यक्ष प्रभाव उसको शारीरिक तथा मानसिक स्वास्थ्यमा पर्ने गर्छ । प्रकृतिमा उमङ्ग छाउँदा मानव मन प्रफुल्लित हुने र प्रकृति उजाड हुँदा मानव मन पनि नीरस बन्ने गर्छ । अझ अकस्मात् आउने प्राकृतिक प्रकोपले त व्यक्तिलाई प्रत्यक्ष रूपमा भौतिक क्षति गरेको देखिए पनि यसभन्दा कै
प्रथम सल्यान्टार कृषि प्रदर्शनी तथा व्यापार मेला २०८० मार्फत धादिङका उन्नति पाण्डे (युनिसा) प्रथम सल्यान्टार ‘डान्स आइडल’ बन्नुभएको छ ।
अहिले जनकपुरधामसहित तराई मधेसमा यस्ता लोकगीत गुञ्जिएका सुनिन्छन् । चार दिवसीय छठ पर्वको आज खरना मनाइँदैछ । छठ पर्वको पहिलो दिन शुक्रबार बर्तालुले नहाखाए अर्थात् नुहाएर मात्र चोखो बस्त्र धारण गरेर बिना प्याज, लसुनको अरबा चामल सेवन गरेका थिए । पहिलो दिन चतुर्थीलाई ‘अरबा–अरबाइन’ वा नहा खाय भनिन्छ । यो दिनमा बर्तालुले खोला, नाला, नदी, पोखरी र तलाउलगायतका जलाशयमा गई नुहाइधुवाइ गरेर शुद्ध भई चोखो खाना खाने गर्छन् ।
नेपालमा विकासका चाहना निकै बढी छ । विकासको माग हुनु पनि स्वाभाविकै हो तर विकास आयोजनामा भ्रष्टाचार भएको, आयोजनामा ढिलासुस्ती भएकोलगायतका खबरहरू सार्वजनिक हुने क्रम घट्नेभन्दा बढिरहेका छन् । पछिल्ला दिनमा त हरेक महिनाजसो भ्रष्टाचार भएका घटना बाहिर आउने गरेका छन् । केही समयअघि नक्कली भुटानी शरणार्थी, ललिता निवास जग्गा प्रकरण र सय किलो सुन प्रकरणले निकै चर्चा पायो । यसअघि भ्रष्टाचारको कारबाहीको सन्दर्भमा ठुलामा
नेपाल विद्युत् प्राधिकरणले सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन २२०/१३२ केभी सबस्टेसनको निर्माण तत्काल सम्पन्न गर्न ताकिता गरेको छ । चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा अगाडि बढाइएको १०२ मेगावाटको मध्यभोटेकोशीको विद्युत् खेर जान नदिन आयोजनाको विद्युत् जोडिने सबस्टेसन निर्माण सम्पन्न गर्न प्राधिकरणको उच्च व्यवस्थापनले ताकिता गरेको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजना व्यवस्थापन निर्दे
आर्थिक वर्ष २०८०/८१ को तीन महिनामा कुल आन्तरिक कर्जा १.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा १.५ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० असोज मसान्तमा यस्तो कर्जा ८.९ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी ३.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी ०.५ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० असोज मसान्तमा यस्तो दाबी २९.१ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी २.७ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा २०८० असोज मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ५.६ प्रतिशतले बढेको छ । २.८ प्रतिशतले बढ्यो निक्षेप परिचालन
प्रथम सल्यान्टार कृषि प्रदर्शनी तथा व्यापार मेला–२०८० मा धादिङका उन्नति पाण्डे (युनिसा) प्रथम सल्यानटार ‘डान्स आइडल’ बन्नुभएको छ । पाण्डे २२ जना प्रतिस्पर्धीला
लैङ्गिक भेदभाव समेटिएको नाटक ‘मानिस हराएको सूचना’ मञ्चन हुने भएको छ । नाटकमा आफू ‘आफू’ नै भएर जिउन नपाउँदाको पीडा, खुलेर आफ्नो पहिचान दर्शाउन नपाउँदाको पीडा, परिवार, समाजबाट पूर्ण स्वीकार नहुँदाको पीडा र आफ्नो प्रेमीसँगको सम्बन्ध खुलेर भन्न नपाउँदाको पीडा प्रस्तुत गरिएको छ । नाटक ‘मानिस हराएको सूचना’ मा यस्ता अने
चलचित्र ‘दिमाग खराब’ को प्रदर्शन नरोकिने भएको छ । बिहीबार प्रदर्शक र वितरकहरूको संस्था नेपाल चलचित्र सङ्घ र चलचित्र निर्माताबिच भएको छलफलबाट आगामी मङ्गलबारसम्म प्रदर्शन नरोक्ने सहमति भएको छ । सङ्घले जारी गरेको विज्ञप्तिमा मङ्सिर ५ गते मङ्गलबार पुनः छलफल गरी निष्कर्षमा पुग्ने सहमति अनुसार प्रदर्शन जारी राख्ने सहमति भएको उल्लेख छ ।