सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट विद्युत् उत्पादन क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनामा अडिट –२ मा कार्यरत एक मजदुरको मृत्यु भएको छ ।
गेडागुडी भन्नाले विभिन्न प्रकारका दाल, सिमी, चना, केराउ, राजमा, भटमास आदि बुझिन्छ । गेडागुडीमा धेरै मात्रामा प्रोटिन र फाइबर पाइने भएकाले यिनलाई मासुको विकल्पमा पनि प्रयोग गर्न सकिन्छ ।
नेपाली कांग्रेसका नेता तथा काठमाडौं क्षेत्र नम्बर १ का सांसद प्रकाशमान सिंहले सबै बालबालिका शिक्षाको पहुँच अभिवृद्धि गर्न सार्वजनिक शिक्षा सुधार गर्नुपर्ने बताउनु भएको छ ।
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र कम्बोडियाका प्रधानमन्त्री सम्देक टोको हुनसेनबीच भेटवार्ता भएको छ।
छ वर्षअघि निर्माण सुरु भएको बैतडी जिल्लाको सभाहल जीर्ण बनेको छ। दशरथचन्द नगरपालिका–४, गढीस्थित जिल्ला समन्वय समितिको प्राङ्गणमा निर्माण भइरहेको सभाहल जीर्ण बनेर छत भत्किने अवस्थामा पुगेको छ।
काठमाडौं जिल्ला तारकेश्वर नगरपालिका वडा नं. ६, पैंयाटारस्थित सनफ्लावर एकेडेमीको पहलमा विशेषज्ञसहितको चिकित्सक टोलीले निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ ।
कैलालीको फूलबारीका सरिता बुढामगरले सानैमा सिकेको सीपलाई उद्योगमा परिवर्तन गरेर आफू मात्र उद्यमी हुनुभएको छैन, आफ्नो सीप धेरैलाई बाँडेर अरूलाई समेत उद्यमी बनाउनुभएको छ। नवलपरासीमा जन्मे हुर्केकी सरिताले उतै छँदा सानैमा दुनाटपरी बनाउन सिक्नुभएको थियो। विवाहपछि फूलबारी पुग्नुभएकी सरिताले सुदूरपश्चिममा दुनाटपरी व्यवसायलाई उद्योगकै रूपमा अगाडि सार्नुभएको हो। २०७४ सालमा साथीहरूसँग मिलेर साँझेदारीमा उहाँले उद्योग सञ्चालन गर्नुभयो। “केही समय तीन जना मिलेर उद्योग चलाएका थियौँ पछि मलाई एक्लै गर्न मन लाग्यो, २०७५ सालदेखि न्यू फूलबारी दुनाटपरी उद्योग सञ्चालनमा ल्याएँ” सरिताले अनुभव सुनाउनुभयो।
तीन दिनदेखि लगातार वर्षा भएसँगै पहाडी क्षेत्रमा चिसो बढेको छ। चिसोका कारण गहुँ पाक्न ढिलाइ भएको छ। पाकेको गहुँ बाली थन्क्याउन पनि समस्या भएको गुनासो किसानको छ। डडेल्धुरा जिल्ला सदरमुकाममा पछिल्लो २४ घण्टामा झन्डै ४५ मिलिमिटर वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभाग हावापानी फिल्ड कार्यालयको यन्त्रमा मापन भएअनुसार पछिल्लो २४ घण्टा सोमबार बिहान ८:४५ बजेदेखि मङ्गलबार बिहान ८:४५ बजेसम्म ४४ दशमलव ८ मिलिमिटर वर्षा भएको छ। डडेलधुरामा कुहिरोसहित वर्षा भइरहेको छ।
कुनै दिन खबर भई पुग्ने छु म, तिमीकहाँ
करिब एक मेगावाट क्षमताको चुकेनी जलविद्युत आयोजनाको काम ढिलाइ भएको र काम छिटो सम्पन्न गर्न स्थानीयले अनुरोध गरेका छन्। ९९८ किलोवाटको चुकेनी जलविद्युत् आयोजना तीन वर्षदेखि काम थाले पनि विद्युत् उत्पादन हुन सकेको छैन। उत्पादनतर्फको काम २०८० वैशाख २ गतेसम्म सम्पन्न गर्ने सम्झौता भएको थियो। वैशाखमा कामको अवधि भए पनि दशैँसम्म बनाउनुपर्ने सञ्चालन समिति, स्थानीयदेखि सरोकारवाला निकायको जोड छ। गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहराले कामको गति हेर्दा समयमा बनाउने विषयमा
धवलागिरि गाउँपालिका -२ लुलाङकी ७७ वर्षीया धोबी विक घर आँगनमा बस आउँदा दङ्ग हुनुहुन्छ । गाउँपालिका केन्द्र सम्म पुगेको सडक विस्तार गरेर चार महिना अघि दुर्गम लुलाङ गाउँमा सडक पुगेको हो ।
बाटोमा भेटियो एउटा मान्छे । सोध्दा उसले नाम भनेन । भीडमा भेटियो एउटा मान्छे ।
दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर १ को भोलुम डाँडामा मङ्गलबार गएको हिम पहिरोमा परेर बेपत्ता पाँच जनाको परिचय खुलेको छ ।