चार देश सम्मिलित महिला टी–२० सिरिजअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई पराजित गरेको छ । नेपालले जापानलाई ६७ रनले हराएको हो ।
कालीकोटको महावै गाउँपालिकामा दुई समूह बिच झडप हुँदा १२ जना घाइते भएका छन् । वडा नं ७ को राम्नी गाउँमा भाइटिकाको दिनमा नाचगान गरिरहेको अवस्थामा गीत बजाउने डिजे (बुफर) का विषयमा भएको विवाद झडपमा परिणत भएको थियो ।
धनगढी बजारमा भीषण आगलागी भएको छ । शुक्रवार राति १ बजेको समयमा धनगढी उपमहानगरपालिका वडा नं. १ मुख्य बजार सारथि अस्पताल क्षेत्रमा आगलागी भएको हो ।
सशस्त्र प्रहरीका डिएसपी देवराज राईमाथि शंखरापुर नगरपालिका–३ लप्सी फेदीका स्थानीयहरूले आक्रमण गरेका छन् । सरकारले काठमाडौँको शंखरापुर नगरपालिका–३ लप्सी फेदी सुरक्षाका लागि प्रहरी पोस्ट राख्ने निर्णय गरेसँगै पोस्ट स्थापनाका लागि पुगेका प्रहरी टोली माथि आक्रमण गरेको हो ।
पर्वतको विहादी गाउँपालिकामा ठेकेदारको चरम लापरबाहीका कारण अस्पताल निर्माणको कार्य अलपत्र बनेको छ । विहादी गाउँपालिकाको वडा २ स्थित उपल्लो बर्रा चौरमा निर्माणाधीन १५ शय्याको प्राथमिक अस्पताल भवन चार वर्षदेखि अलपत्र पारिएको छ ।
त्यस दिन साँझ म टुँडिखेलमा थिएँ । कार्यवश एउटा पुरानो मित्रलाई भेट्ने प्रतीक्षामा थिएँ । टुँडिखेलको रमझम चहल पहल हेर्दा हेर्दै मेरो मन पुरानो युवा अवस्थामा चर्न पुगे । हो आजभन्दा धेरै पहिले म १०–१५ वर्षको थिएँ होला टुँडिखेल यस्तो थिएन । टुँडिखेल फलामो बारमा बाँधिएको थिएन । खुल्ला पर परसम्म हरियो घाँसमा घाम ताप्ने, दौडिने आदि टुँडिखेलमा भई नै रहन्थ्यो । त्यतिबेला भूत, ख्याकको कथाहरू धेरै नै सुनिन्थ्यो । हामीलाई पनि यस्ता कथाहरूमा अति नै चाख थियो । मेरो साथी रामे र लक्ष्मण मभन्दा अलि उमेरमा जेठा थिए । एक दिन हाम्रो आमाले किचकन्याको कथा सुनाउनु भयो र भन्नुभयो, “हेर है केटा हो ! राति भएपछि टुँडि
कात्तिक महिनामा २४ हजार चार सय नौ पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका छन् । यसरी घुम्न आउनेमा दक्षिण एसियाली मुलुकका सात हजार चार सय ७९ र अन्य १६ हजार नौ सय ३० पर्यटक रहेका छन् ।
चार देश सम्मिलित महिला टी–२० सिरिजअन्तर्गत नेपालले अहिले समूह चरणको अन्तिम खेलमा जापानको सामना गरिरहेको छ ।
नेपाली कांग्रेस चितवनले हालै चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुर्लभ एकसिङे गैँडा मारेको घटनाको छानविन गर्न माग गरेको छ । दुई पोथी गैँडा मारिएको घटनाले पार्टीलाई गम्भीर बनाएको कांग्रेस चितवनले जनाएको छ ।
पलङमुनि छिर्यो र हेर्यो । भेटिएन । फेला नपरेपछि केही खोज्न थाल्यो । अभैm भेटिएन । पलङमुनिबाट बाहिर आयो । उभियो ।
विद्यालयको आन्तरिक आम्दानी बढाउन सयपत्री फूलको व्यवसाय सुरु गरेको गैँडाकोटस्थित जनक माध्यमिक विद्यालयले यस वर्ष फूल बिक्री हुन नसक्दा आम्दानी नभएको बताएको छ । नेपालीको दोस्रो ठुलो चाड तिहारमा प्रयोग हुने सयपत्री फूलको उत्पादनमा पूर्वी नवलपरासी पूर्ण रूपमा आत्मनिर्भर बने पनि यो तिहारमा बिक्री हुन नसक्दा विद्यालयको आम्दानी घट्ने भएको छ । यस वर्ष जताततै फूल फुलेका कारण धेरै बिक्री गर्न नसकिएको जनक माध्यमिक विद्यालयका प्रधानाध्यापक चुडामणि शर्माले बताउनुभयो। माविले दुई लाखको सयपत्री फूल बिक्री गर्ने योजनाका साथ फूल रोपेको भए पनि ६० हजारको मात्र बिक्री भएको छ ।
कैलालीको त्रिनगर भन्सार नाकामा रहेको प्लान्ट क्वारेन्टाइन कार्यालय, टुर मुकाम मोहना बन्द भएपछि उद्योगहरू प्रभावित भएका छन् । क्वारेन्टाइन बन्दका कारण आयात निर्यात ठप्प भएकाले उद्योग सञ्चालनमा समस्या भएको छ । कैलालीसहित सुदूरपश्चिमको विभिन्न जिल्लामा उद्योग सञ्चालन गरेका उद्योगीले त्रिनगर भन्सार नाका भएर उद्योगका लागि कच्चा पदार्थ भित्र्याउन सकिरहेका छैनन् । यो नाकाबाट कच्चा पदार्थ ल्याउन नसकिएका कारण उद्योग सञ्चालनमा समस्या भइरहेको धनगढीस्थित विवेक ग्रुप अफ कम्पनिजका अध्यक्ष विवेक भट्टले बताउनुभयो ।
सुन्दा अचम्म लाग्ला तर टावरमुनि रहेका जिल्ला सदरमुकामको गाउँमा नेपाल टेलिकमको फोन लाग्दैन । फोनको नेटवर्कले काम नगर्दा करिब दुई सयभन्दा बढी घरपरिवार टेलिफोन र इन्टरनेटबाट वञ्चित छन् । सूचना प्रविधिको विकाससँगै अप्टिकल फाइबर र एनटी फाइबर भित्रिए पनि दशरथचन्द नगरपालिका–४, सपराली, पारी बवेत, ज्युताली, खोलीजर्गलगायतका अधिकांश गाउँमा फोन लाग्दैन । स्थानीयवासी नेटवर्कको खोजी गर्दै सेवाग्राही डाँडातिर उक्लिने गरेका छन् । खोली जर्गमा नेपाल टेलिकमको फोन र फोरजीले काम नगर्दा सञ्चार सुविधाबाट वञ्चित हुनु परेको स्थानीय वीरेन्द्र पाण्डेयले बताउनुभयो ।
प्रतिजैविक प्रतिरोध विरुद्धको लडाइँमा तत्काल प्रतिफलको लागि सम्पूर्ण समाजले अपनत्व गरी व्यक्तिगत रूपमा सचेत हुनु जरुरी भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताउनुभएको छ ।
बुद्ध जन्मस्थल लुम्बिनीमा ‘रुसी बौद्ध मन्दिर’ निर्माण थालिएको छ । १०८ वर्ष पुरानो रसियाको सेन्ट पिटरवर्ग स्थित रसियन गुम्बाको प्रारूपसहितको मन्दिर निर्माण सुरु भएको हो । रुसको नेपालस्थित दूतावास, रुस नेपाल मैत्री सङ्घ, रुसी बौद्ध मन्दिर निर्माण फाउन्डेसन र रुसका बौद्धमार्गीको संयुक्त पहल तथा प्रयासमा उक्त संरचना ३० करोड रुपियाँको लगानीमा निर्माण सुरु भएको रुसी गुम्बा नेपालका संयोजक ई. प्रवीण गौचनले जानकारी दिनुभयो ।