दार्चुलाको व्यास गाउँपालिका –१ मा हिमपहिरोमा परी ज्यान गुमाएका तीन जनाको शव भारतीय सडक प्रयोग गरी सदरमुकाम खलङ्गा ल्याइँदै छ ।
धनकुटाको चौबिसेबाट लेटाङतर्फ आउँदै गरेको प्र.१–०२–००१ ज ३९५३ नं को बोलेरो पिक अप दुर्घटनामा परी घाइते भएका दुई जनाको निधन भएको छ ।
वर्तमान परिवेशमा साहित्यको कुनै पनि विधालाई सहजताका साथ परिभाषित गर्नु धेरै अप्ठ्यारो छ । किनभने जति जति समय बित्दै गयो त्यति त्यति हरेक क्षेत्रमा नयाँ नयाँ पुस्ताले नयाँ नयाँ विकासको गति लिँदै गएको देखिन्छ । त्यसैले पहिला पहिला निबन्ध मात्र भनिन्थ्यो पछि प्रबन्ध भन्न थालियो, निबन्धका पनि थप्रै प्रकार देखिन थाले । जस्तै–निबन्ध प्रबन्ध, नियात्रा, यात्रा संस्मरण भनेजस्तै पहिला हामी समालोचना, आलोचना भन्ने गथ्र्यौं । अहिले अब निसमालोचना भन्न थाल्यौँ । उपयुक्त सबैमा धैरै होइन अलि अलि मात्र मित्रता होलान् तर पनि नामकरण अलग अलग गर्न थालियो । यो परिवर्तनशील समयको माग पनि हो ।
चिकित्सकको अभावमा ५० शय्याको जाजरकोट अस्पतालमा आउने बिरामी बिनाउपचार फर्कनुपर्ने अवस्था रहेको छ। छ जना चिकित्सकको दरबन्दी भए पनि जिल्ला अस्पतालमा एक जना करार सेवाका डाक्टरले सेवा दिइरहेका छन्। अस्पतालमा इमर्जेन्सी सेवाका लागि आएका बिरामीसमेत बिनासेवा अस्पतालबाट फर्कनुपर्ने अवस्था रहेको छ। अस्पतालका डा. सुनील पुनः गत वर्षदेखि अध्ययन बिदामा हुनुहुन्छ। जिल्लामै सुविधासम्पन्न स्वास्थ्य सेवा दिने उद्देश्यले ५० शय्याका लागि भवन निर्माण गरिए पनि स्थानीयले सामान्य स्वास्थ्य सेवासमेत प्राप्त गर्न सकेका छैनन्। विषयविज्ञ चिकित्सक नहुँदा निजी क्लिनिक र औषधि पसलबाट औषधि खरिद गर्न स्थानीय बाध्य छन्।
कर्णाली प्रदेश जलवायु परिवर्तनको चपेटामा छ। कृषि, जलस्रोत, वनस्पतिमा जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव देखिएको छ। कृषि र वनस्पतिमा मात्र नभई प्रदेशका नागरिकको जीवनयापनमा समेत असर देखिन थालेको विज्ञहरू बताउँछन्।
आयातकर्ताले जाँचपास गराएर नलगेपछि एक हजारभन्दा बढी सवारी साधन वीरगञ्जस्थित एकीकृत सुरक्षा जाँच चौकीमा थन्किएका छन् ।
दाङको दङ्गीशरण गाउँपालिकाको मायाखोला गाउँमा पोल गाडेको १२ वर्षपछि बत्ती पुगेको छ। स्थानीयवासी र गाउँपालिकाको प्रयासपछि विकट बस्ती मायाखोलामा विद्युत् पुगेको हो। २०६८ सालमा विद्युत् विस्तारका लागि गाउँमा पोल गाडिए पनि भौगोलिक विकटता र सानो बस्ती भएकाले मायाखोलामा विद्युतीकरण हुन सकेको थिएन।
हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावले बदली र वर्षा भइरहेको छ ।
विश्व खाद्य कार्यक्रमको गुणस्तरहीन चामल बोकेका तीनवटा कन्टेनर विगत तीन महिनादेखि नेपालगञ्ज भन्सार कार्यालयमै रोकिएका छन्। कर्णाली र सुदूरपश्चिम प्रदेशअन्तर्गत विभिन्न विद्यालयका बालबालिकालाई दिवा खाजा खुवाउनका लागि विश्व खाद्य कार्यक्रमले ल्याएको सो चामल अखाद्य भएको पुष्टि भएपछि भन्सार कार्यालयले रोकेको हो।
म्याग्दीको दुर्गम गुर्जा गाउँमा अझै सडक पुगेको छैन । गुर्जालाई जिल्लाको अन्तिम मानव बस्ती मानिन्छ । गुर्जालाई लुकेको बस्ती पनि भन्ने गरिन्छ । धवलागिरि गाउँपालिकाको १ नम्बर वडामा पर्ने गुर्जामा सडक पुर्याउन अझै वर्षौँ लाग्न सक्छ । अनकन्टार भीर पहरा र वन जङ्गल पार गरेर मात्र गुर्जा पुग्न सकिन्छ ।
अहिले नवलपरासी पूर्वकाकृषकले बाँझो जमिनको सदुपयोग गर्दै खेतमा खोले सिमसार जातको साग रोप्न थालेका छन्। बजारमा यसको माग अत्यधिक बढ्दा किसानलाई भ्याइनभ्याइ भएको छ। नवलपरासी पूर्वका कावासोती नगरपालिका आसपासका कृषकहरू अहिले बाँझो जग्गालाई सदुपयोग गर्दै खोले सिमसार जातको साग रोप्न व्यस्त छन्।
सुदीप आफ्नो सरकारी कामका लागि आफैँ गाडी हाँक्दै थियो । बाटाका विभिन्न मनोरम दृश्यसँग रमाउँदै, रम्दै, कारमा बजेका गीतका टुक्कासँगै गुनगुनाउँदै ऊ आफ्नो गन्तव्यतिर लम्कँदै थियो । बा
कैलालीको ग्रामीण क्षेत्रमा औषधीय गुण भएको महुवा सङ्कलनको चटारो चलेको छ। गहुँ भित्र्याउने काम सकिएपछि स्थानीयवासी जङ्गली महुवा सङ्कलनमा अग्रसर भएका हुन्। स्थानीय महुवा सङ्कलनका लागि बिहानै जङ्गल पस्ने गरेका छन्। महुवा सङ्कलनको सिजन सुरु भएदेखि वनमा महुवा बटुल्नेको चहलपहल बढेको कैलारी गाउँपालिका–७ की कालीदेवी चौधरीले बताउनुभयो।