२५६७औँ बुद्ध जयन्तीका अवसरमा आज देशभरका बौद्ध तीर्थस्थलमा दर्शनार्थीको घुइँचो लागेको छ । रुपन्देहीको लुम्बिनी, काठमाडौँको स्वयम्भू, बौद्धलगायत तीर्थस्थलमा बौद्ध अनुयायीको बिहानैदेखि घुइँचो लागेको हो ।
लुम्बिनी गुरुयोजनाको काम पूरा भएपछि बुद्धसँग जोडिएको समग्र स्थल कपिलवस्तुको विकास हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बताउनुभएको छ। २५६७औँ बुद्धजयन्ती एवं लुम्बिनी दिवसको अवसरमा कपिलवस्तुको तिलौराकोट, गोटिहवा र कुदानको अवलोकन गर्ने क्रममा उहाँले सो कुरा बताउनुभएको छ।
ट्रान्सपरेन्सी इन्टरनेसनलको पछिल्लो प्रतिवेदनअनुसार विश्वका १८० देशमध्ये नेपालले भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचकाङ्कमा १०० पूर्णाङ्कमा जम्मा ३४ अङ्क पाएर ११०औँ स्थानमा रहेको छ । यो सूचकाङ्कअनुसार कम अङ्कको अर्थ बढी भ्रष्टाचार हुने हो । ५० भन्दा कम अङ्क पाउने देशमा भ्रष्टाचार व्याप्त रहेको मानिन्छ । औसतभन्दा तल रहेको नेपाललाई भ्रष्टाचाररहित, सुशासनयुक्त मुलुक बन्न नदिने राजनीतिक एवं प्रशासनिक क्षेत्रका ‘सेवक’हरू नै रहेको यथार्थ फेरि अर्को प्रकरणले देखाएको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै करोडौँ रुपियाँ असुलेको गि
गाउँमा सडक पुगेको छ । स्टिलपोलमार्फत विद्युत् घरघरमा छ । लिफ्ट प्रणालीमार्फत एक घर एक धाराको खानेपानी अभियान पालिकाले सञ्चालन गरिरहेको छ । तीन तले विद्यालयको भवन छ । सुन्दा देख्दा लाग्छ गाउँमा पूर्वाधारका आधारभूत आवश्यकता पूरा छन् । यहाँका जनता कति खुसी र सुखी होलान् ? सो जान्ने इच्छा जागृत भयो तर गाउँमा जनताको बसोबास न्यून छ । धेरैजसो घरमा भोटे ताल्चा लागेको छ । भएका घरमा बूढाबूढी वा गरिब मात्र छन् । यो एउटा नमुना मात्र हो, यस्तो अवस्था नेपालभर नै छ । गाउँको विकास गर्न योजना बने तर विकास पहुँचको
प्रत्येक वर्ष महालेखा परीक्षकले पेस गर्ने प्रतिवेदनमा बेरुजु बढेको देखिन्छ । बेरुजु बढ्दै जानुमा मूलतः आर्थिक अनुशासनहीनता कार्यमा वृद्धि हुनु हो । हालै मात्र महालेखा परीक्षकले पेस गर्नुभएको ६०औँ प्रतिवेदनमा नियम कानुनको पालन नगरेको हुँंदा करिब १० खर्बको फस्र्योट गर्नुपर्ने बेरुजु उल्लेख भएको पाइन्छ । आर्थिक वर्ष ०७८।०७९ को बेरुजु मात्र एक खर्ब १९ अर्बको छ । १६ खर्ब ४७ अर्ब बजेट विनियोजन भएकोमा करिब १३
विश्वमा विभिन्न समयमा फरक फरक धर्म प्रचलनमा आएको देखिन्छ । ती धर्मको संस्कार, संस्कृति र परम्परा पनि भिन्दाभिन्दै छन् । कतिपय त्यस्ता विधि र मान्यतामा परिवर्तन गर्दै वा गरिँदै आएको छ भने कतिले आफ्नै पूर्वमौलिकतालाई जोगाइरहने प्रयास गरेको पनि देखिन्छ । सबैले आफ्नो प्राचीनता देखाउन खोज्नुलाई पनि अन्यथा मान्नु हुँदैन । तर, पछिल्ला समयका केही यस्ता विचारक र सिद्धान्त प्रतिपादकहरू निस्के र त्यसलाई बहुजनले स्वीकारे । आफ्नै नेतृत्वमा वा आफ्नै जीवनकालमा त्यसलाई दैनिक जीवनको कार्यान्वयन पक्षमा लगे । त्यसमा थप परिमार्जन र परिस्कृत गर्दै सर्वस्वीकार्य बनाउने प्रयास गरे । त्यस्ता केही महामानव जसको जन्मदेखि मृत्युसम्मको जीवन लीला, स्थान विशेष र तिथिमितिका साथ प्रामाणिक रूपमा उल्लेख भएको भेटिन्छ । त्यसैमध्येका एक गौतम बुद्ध पनि हुन् ।
मे ५ वैज्ञानिक समाजवादका अध्येता कार्लमाक्र्सको जन्म जयन्तीको दिन हो । सन् १८१८ मे ५ मा जन्मिएका माक्र्सको निधन सन् १८८३ मार्च १४ मा भएको थियोे । माक्र्सको निधन भएको १४० वर्ष व्यतीत भइसकेको छ तर उनले विश्वका सर्वहारा श्रमजीवी वर्गको मुक्तिका लागि पु¥याएको अतुलनीय योगदानका कारण माक्र्स आज विश्वका करोडौँ मानिसको मानसपटलमा छन् ।
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले लघु, घरेलु तथा साना उद्योग र हस्तकलाजन्य उत्पादनको प्रवद्र्धनमा सरकारको प्राथमिकता रहने बताउनुभएको छ । ललितपुरको सातदोबाटोमा उद्यमी घरको शुभारम्भ गर्दै उहाँले नेपाली उत्पादन र हस्तकलाका सम्बन्धमा आगामी वार्षिक नीति तथा कार्यक्रममा पनि प्राथमिकता दिइने बताउनुभयो ।
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि यस पटक विगतभन्दा फरक ढङ्गले योजना सङ्कलनको कार्यलाई अगाडि बढाएको छ । जनताको आवश्यकता र प्राथमिकताका योजना पालिकास्तरबाट सोझै समेट्नका लागि सरकारले प्रदेशका ३२ वटै निर्वाचन क्षेत्रमा योजना सम्मेलन/गोष्ठी गरेर वैशाख २५ गतेभित्र योजना सङ्कलन गर्न लागेको हो । वडा हुँदै पालिकासम्म पुगेका योजना सङ्कलन गर्नका लागि प्रदेश सभा सदस्यहरू आआफ्नो निर्वाचन क्षेत्रमा खटिरहनुभएको छ ।
म्याग्दीको दुर्गम धवलागिरि गाउँपालिका–१, गुर्जाकी ७५ वर्षीया रनशोभा छन्त्यालले वर्षौंदेखि भेडाको ऊनबाट हापदुलालगायतका कपडा तयार पार्दै आउनुभएको छ । पुख्र्यौली सीपलाई उहाँले निरन्तरता दिँदै आउनुभएको हो । एउटा हापदुला तयार पार्न चार दिन लाग्ने छन्त्यालले बताउनुभयो ।
स्याउले आर्थिक सम्भावना बोकेको जुम्लामा बृहत् स्याउ व्यवसाय सुरु गर्न थालिएको छ । किसान बृहत् व्यावसायिक रूपमा स्याउका बिरुवा रोपेर आर्थिक उत्पादनमा लाग्न थालेका हुन् । जुम्ला गुठीचौर गाउँपालिका–५ का किसान मीनबहादुर भण्डारी नेतृत्वको जलजला, धपडा र काँडाखोला स्थानमा सञ्चालन गरिएको गुठीचौर एग्रोफार्ममा ३५ हजार बिरुवा रोपिएका छन् । एकै स्थानमा २८ हजार स्याउका बिरुवा रोपिएका छन् ।
कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले कृषिमा उत्पादकत्व र उत्पादन वृद्धि हुने गरी अनुसन्धानलाई अगाडि बढाउन कृषि वैज्ञानिकहरूलाई निर्देशन दिनुभएको छ । मन्त्री भुसालले बिहीबार नेपाल कृषि अनुसन्धन परिषद् (नार्क)मा अनुगमन गर्न गएका बेला सो निर्देशन दिनुभएको हो । मन्त्री भुसाल बिहीबार नार्कमा आकस्मिक निरीक्षण गर्न पुग्नुभएको थियो । १०:३० बजे पुग्दा नार्कको केन्द्रीय कार्यालयमा कुनै पनि कर्मचारी थिएनन् । उहाँ अनुगमनकै क्रममा राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रमा पुग्नुभएको थियो । त्यही नार्कका निर्देशक डा. धु्रव भट्टराईको उपस्थितिमा कार्यक्रम थियो ।
अर्थतन्त्रमा मन्दीको अवस्था देखिएको भन्दै नेपाल उद्योग वाणिज्य महासङ्घले यसबाट बाहिर ल्याउन सरकारलाई आग्रह गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै महासङ्घले राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय लेखा तथ्याङ्कले बजारमा लामो समयदेखि विद्यमान मन्दीलाई प्रतिविम्बित गरेको भन्दै अर्थतन्त्रलाई मन्दीबाट बाहिर ल्याउन बजारमा माग बढाउनुपर्ने उल्लेख गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सरकारले दबाबपूर्ण अवस्थामा आगामी आर्थिक वर्षको बजेट बनाउन लागेको बताउनुभएको छ । चालु आर्थिक वर्षको बजेटको कार्यान्वयनका समस्या र आर्थिक सङ्कटको परिदृश्यका कारण आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेटले नयाँ ठूला पूर्वाधारका परियोजना ल्याउने अवस्था नरहेको बताउनुभएको हो ।