स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले देशका प्रमुख सङ्घीय अस्पताललाई शैक्षिक संस्थाका रूपमा विकास गर्दै लैजाने नीति सरकारले लिएको बताउनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
कीर्तिपुर बर्न अस्पतालका प्राध्यापक डाक्टर शङ्करमान राईले स्रोत साधन उपलब्ध भएमा र समयमै अस्पतालमा बिरामी आए ९५ प्रतिशतसम्म जलेको बिरामीलाई निको पार्न सकिन्छ भन्नु भएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखाले शुक्रबार रातिदेखि नै दर्शनार्थीहरुको भीडभाड हुने भएकाले आवश्यकता अनुसार सवारी साधनलाई डाइभर्सन गरिने जानकारी दिएको छ ।
सरकारले पृथ्वी जयन्ती र जनयुद्ध दिवसको सार्वजनिक बिदा क्यालेण्डरमै समावेश गर्ने निर्णय गरेको छ ।
खाना पकाउने ग्यास सिलिन्डरबाट ग्यास चुहिएर कोठामा आगो लाग्दा जलेर गम्भीर घाइते हुनुभएका सांसद डा.चन्द्र भण्डारीको पहिलो शल्यक्रिया सफल भएको छ । भण्डारीको भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचार हुँदैछ ।
दक्षिण कोरियाको विशाल प्रविधि कम्पनी सामसुङ इलेकट्रोनिक्सले ५५ देशमा नयाँ स्मार्टफोन उपलब्ध गराएको छ ।
बाँकेको कोहलपुरलाई स्वच्छ र सफा राख्ने अभियान अन्तर्गत जथाभाबी फोहर फाल्नेलाई पक्राउ गरी जरिवाना गर्न सुरु गरिएको छ । सुरुवाती चरणमा सम्झाई बुझाई छोडिए पनि अटेर गर्ने प्रवृत्ति देखिएपछि नगर प्रहरीले नगद जरिवाना गर्न थालेको नगर प्रमुख पूर्णप्रसाद आचार्यले जानकारी दिनुभयो ।
नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको २३ औँ राष्ट्रिय महाधिवेशनबाट हुम्लाबाट तीन जना केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ । महाधिवेशनमा भएको निर्वाचनबाट उहाँहरू निर्वाचित हुनुभएको हो ।
नेपाली कांग्रेसले सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) लाई पाँच वर्ष प्रधानमन्त्रीमा सघाउने जनाएको छ । माओवादी केन्द्रले कांग्रेसलाई राष्ट्रपति निर्वाचनमा सघाए बदलामा कांग्रेसले सो सहयोग गर्ने प्रस्ताव गरेको हो ।
नेपाल प्रहरी र ग्लोबल आईएमई बैङ्क लिमिटेडबीच ‘नेपाल प्रहरी–ग्लोबल आईएमई बैङ्क छात्रवृत्ति अक्षय कोष’ स्थापना, सञ्चालन तथा व्यवस्थापनमा सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
‘निर्वाचनमा सबै, सधैँ, सँगै’ को नाराका साथ निर्वाचन सञ्चालन र व्यवस्थापनमा कार्यरत आयोगले दिवसका अवसरमा नेपाल टेलिभिजन र रेडियो नेपालबाट अन्तरसंवाद प्रसारण, प्रमुख आयुक्त दिनेशकुमार थपलियाको सन्देश प्रसारण तथा प्रकाशन, कर्मचारी सम्मान, उत्कृष्ट कर्मचारी पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्नेलगायत कार्यक्रम तय गरेको छ ।
जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको दोलखा महोत्सवको तयारी तीव्र पारिएको छ । दोलखा चेम्बर अफ कमर्सको आयोजनामा फागुन १९ देखि २७ गतेसम्म महोत्सवको चल्नेछ ।
राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ तीन दिनसम्म मनाइने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज सबै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सबै आयोग, विभाग, प्रतिष्ठान, जिल्ला समन्वय समिति र स्थानीय तहलाई परिपत्र गर्दै प्रजातन्त्र दिवस तीन दिनसम्म मनाउन भनेको हो ।
मधेश प्रदेशको राजधानी जनकपुरधाममा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको ‘जनकपुरधाम व्यापार मेला–२०७९’ आज शुक्रबारदेखि सुरु भएको छ । जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको व्यापार मेला सुरु भएको हो ।