तामाङले मीतलाई बास र थलो दिएर राखेका गुरुङका चालीस परिवार । तिनै परिवारका नाममा गाउँको नाम रह्यो चालीस । धादिङ जिल्ला रुबीभ्याली गाउँपालिका–४ को गुरुङबस्ती जातीय, भाषिक, धार्मिक र सांस्कृतिक अध्येताका लागि नमुना गाउँ मानिन्छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट गत वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनका उम्मेदवारलाई निर्वाचन आयोगले तोकेको जरिवानाको रकम माफी मिनाहा भएको छ।
आफ्ना ग्राहकहरूलाई एउटै मञ्चबाट विविध सुविधा उपलब्ध गराउने क्रममा हाम्रो पात्रोले शुक्रबार आर्थिक कारोबारलाई सहज बनाउन ‘हाम्रो पे’ सार्वजनिक गरेको छ ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले तथ्यपूर्ण र खोजमूलक सामग्री दिन नसके अनलाइन सञ्चारमाध्यम टिक्न नसकिने बताउनुभएको छ । शुक्रबार काउन्सिलले नयाँ दर्ता भएका अनलाइन सञ्चार माध्यमका सञ्चालकका लागि गरेको अभिमुखीकरण कार्यक्रममा अध्यक्ष बस्नेतले सो कुरा बताउनुभएको हो । अधिकांश अनलाइन माध्यमहरुमा मौलिक र खोजपूर्ण समाचार सामग्री देखिन छाडेको भन्दै उहाँले चिन्ता ब्यक्त गर्नुभयो ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्ववियू निर्वाचनको तयारीमा जुट्न पार्टी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुलाई निर्देशन दिनुभएको छ । अनेरास्ववियूको नवनिर्वाचित केन्द्रीय कमिटीलाई शुक्रबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा शपथग्रहण गराउनेक्रममा उहाँले सो निर्देशन दिनुभएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि फ्रान्सका राजदूत गिल्स बुर्बाओले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
नेकपा (एमाले) का उपाध्यक्ष तथा उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले अहिलेको सत्ता गठबन्धन पूरै समय टिक्ने बताउनुभएको छ । पार्टीको सुदूरपश्चिम प्रदेश स्तरीय ग्रासरुट अभिमुखीकरण कार्यक्रमलाई आज शुक्रबार यहाँ सम्वोधन गर्न धनगढी पुग्नु भएका मन्त्री पौडेलले सो कुरा बताउनुभएको हो ।
गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक शिवकुमार भट्टराई पुरस्कृत हुनुभएको छ । आमसञ्चार तथा पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान गरेबापत ‘भोग्य सगुन राष्ट्रिय पत्रकारिता पुरस्कार २०७९’ बाट उहाँ आज शुक्रबार पुरस्कृत हुनुभएको हो ।
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले दलहरुबीचमा समीकरण बन्दाको समझदारी बमोजिम एमाले अघि बढने बताउनुभएको छ । एमालेले फागुन ५ गतेदेखि दुई महिनासम्म सञ्चालन गर्ने मिसन ग्रासरुट पार्टी सुदृढीकरण तथा विस्तार अभियानको शुक्रबार यहाँ उदघाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीविरुद्ध चक्रव्यूह रच्ने प्रयास भइरहेको बताउनुभएको छ । अध्यक्ष ओलीले स्वस्थ प्रतिस्पर्धा गर्न नसक्ने राजनीतिक शक्तिहरुले अहिले पनि आफ्नो पार्टीविरुद्ध चक्रव्यूह रच्ने प्रयास गरिरहेको भन्दै टिप्पणी गर्नुभयो ।
दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले अर्धशतकीय पारी खेलेपछि शुक्रबार नेपालले राधानीमा जारी आईसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक शृङ्खलाअन्तर्गत स्कटल्याण्डविरुद्धको पहिलो खेलमा ३ विकेटको सहज जित निकालेको छ ।
राष्ट्रिय समाचार समिति (रासस)को ६२औँ वार्षिकोत्सवका अवसरमा आयोजित अन्तरसरकारी सञ्चारगृहबीचको हाजिरीजवाफ प्रतियोगितामा गोरखापत्र संस्थान प्रथम भएको छ ।
कृषि तथा पशुपंक्षी मन्त्री ज्वालाकुमारी साहले अध्ययन अनुसन्धानबाट उत्पादन भएका बीउबिजन समयमै किसानसम्म पुर्याउन कृषि अनुसन्धानमा आधारित योजनाका प्रमुखहरुलाई सुझाव दिनुभएको छ ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ‘सङ्घीय शिक्षा ऐन’ तत्काल संसदमा पेश गर्न सरकारसँग माग गर्नुभएको छ ।
चिकित्सा शिक्षाको एमडी र एमएसतर्फ रोकिएको भर्ना प्रक्रिया रोकिएकै बिन्दुबाट सुचारु गर्न सर्वोच्च अदालतले चिकित्सा शिक्षा आयोगलाई परमादेश दिएको छ ।