• १३ असोज २०८१, आइतबार

हाम्रो पात्रोद्वारा ‘हाम्रो पे’ सार्वजनिक

blog

हाम्रो पात्रोका अध्यक्ष रुद्रराज पाण्डेले ‘हाम्रो पे’ सार्वजनिक गर्नुहुँदै । तस्बिर : मनोजरत्न शाही

काठमाडौं, फागुन ५ गते । आफ्ना ग्राहकहरूलाई एउटै मञ्चबाट विविध सुविधा उपलब्ध गराउने क्रममा हाम्रो पात्रोले शुक्रबार आर्थिक कारोबारलाई सहज बनाउन ‘हाम्रो पे’ सार्वजनिक गरेको छ । 

हाम्रो पात्रोका अध्यक्ष रुद्रराज पाण्डेले ‘हाम्रो पे’ सार्वजनिक गर्दै हाम्रो पात्रोको मोबाइल एपमा आवद्ध हुनुभएका लाखौं सेवाग्राही यो सेवाबाट लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो । 

कार्यक्रममा हाम्रो पात्रोका कार्यकारी निर्देशक शिशिर पोखरेलले विभिन्न सेवा र सुविधा रहेको ‘हाम्रो पे’ चलाउनका लागि ६ वटा भाषाबाट सेवा लिन सकिने जानकारी दिन्भयो । अंग्रेजीका अतिरिक्त नेपाली, नेपाल भाषा, मैथिली, थारु र डोटेली भाषामा पनि एप सञ्चालन गर्न सकिन्छ । 

यसैगरी, हाम्रो पात्रोका निर्देशक सुदिना गौतमले विभिन्न आकर्षक र सुविधा भएका सेवा सञ्चालन गर्ने क्रममा यो सेवा सुरु गरिएको बताउनु भयो ।