मिनी संसद्का रूपमा चिनिने विषयगत समिति लुम्बिनी प्रदेशमा हालसम्म पनि बन्न सकेका छैनन्। निर्वाचनपछि गत पुस १८ गते पहिलो पटक बसेको प्रदेश सभा बैठकको हिउँदे अधिवेशन पनि अन्त्य गरिएको छ। लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १८३ को उपधारा (२)बमोजिम वैशाख १९ गतेबाट लागू हुने गरी प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गर्नुभएको हो।
नेपालगञ्जको जमुनाह नाकामा निर्माणाधीन एकीकृत जाँच चौकीको काम तीव्र रूपमा अघि बढेको छ। सङ्घीय आयोजना कार्यान्वयन एकाइ नेपालगञ्जका निमित्त प्रमुख विजयकेशर खनालले एकीकृत जाँच चौकीको करिब ८९ प्रतिशत निर्माण कार्य पूरा भएको जानकारी प्राप्त भएको जानकारी दिनुभयो। कार्यालय प्रमुख खनालले भन्नुभयो, “नेपाल र भारतको सहमतिअनुसार भारतीय पक्षले निर्माण कार्य गर्ने हो। लगानी, प्राविधिक पाटो र निर्माण व्यवसायी भारतले नै छनोट गरेको हो। नेपालमा बन्न लागेकाले हामीले निर्माणको अवस्थाबारे जानकारी मात्रै लिने गरेका छौँ।”
निरन्तर मौसम खराब भएपछि गत आइतबारबाट बन्द भएको नेपालगञ्ज–हुम्लाको हवाई सेवा शुक्रबारबाट सञ्चालनमा आएको छ । गत शनिबार रातिदेखि वर्षाका कारण मौसम खराब हुँदा नेपालगञ्जबाट हुम्लाका लागि हुने हवाई सेवा अवरुद्ध हुँदै आएको थियो ।
निजी क्षेत्रका व्यवसायीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग गरेका छन् । सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रुपन्देहीको नेतृत्वमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई शुक्रबार ज्ञापनपत्र बुझाउँदै व्यवसायीले यस्तो माग गरेका हुन् । २५६७औँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवस–२०८० समारोहका क्रममा लुम्बिनी आउनुभएका प्रधानमन्त्री प्रचण्डलाई विमानस्थल सञ्चालनका लागि ध्यानाकर्षण गराउन ज्ञापनपत्र बुझाइएको हो । ।
म्याग्दीको बेनीसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका–७ धाइरिङस्थित सल्यान फाँट यतिखेर तरकारी खेतीले भरिएको छ । बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध भएको समथर फाँट काउली, बन्दागोभी, काँक्रो र गोलभेँडालगायतका तरकारीले सुन्दर देखिएको छ । तरकारी खेतीका लागि धाइरिङ पर्वतमै नमुना गाउँ हो । तरकारी पकेट क्षेत्रका रूपमा परिचित यस गाउँका अधिकांश कृषकले व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । तरकारी खेतीबाट बर्सेनि करिब डेढदेखि दुई करोड रुपियाँभन्दा बढी गाउँमा भित्रिने अगुवा कृषक एकनारायण पौडेलले बताउनुभयो ।
ब्रेन ट्युमरले तीन वर्षअघि श्रीमानकाे मृत्यु भएपछि छन्त्याललाई छोरा र छोरीको लालन पालन शिक्षा–दीक्षाकै चिन्ताले सताउन थाल्यो । खेती किसानीले मात्रै परिवार पाल्न धौ-धौ भएपछि छन्त्याल स्थानीयको खेतबारीमा समेत काम गरेर जीविका चलाउँदै आउनुभएको छ ।
एक शैक्षिक सत्रमा एउटा विद्यालयमा सामान्य एक/दुई सय नयाँ विद्यार्थी भर्ना हुने गरेको हुन्छ। एक सयभन्दा बढी भर्ना हुन आउने विद्यार्थी सङ्ख्या भएको सामुदायिक विद्यालयभन्दा संस्थागत विद्यालयको नाम आउन सक्छ तर एउटा सामुदायिक विद्यालय जहाँ एक हजारभन्दा बढी विद्यार्थी प्रत्येक शैक्षिक सत्रमा भर्ना भइरहेको सुन्दा आश्चर्य लाग्न सक्छ। विद्यार्थीको चाप थेग्न नसकिने अवस्था पनि सिर्जना भएको छ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले सरकार नयाँ विश्वविद्यालय खोल्न ऐन कानुनको तर्जुमा गरिरहेको बताउनुभएको छ। सुन्दरहरैँचा गोठगाउँमा अवस्थित पूर्वाञ्चल विश्वविद्यालय परिसरमा नबिल बैङ्क लिमिटेडले निर्माण गरिदिने अडिटोरियम हल र बैङ्क भवनको शिलान्यास गर्दै उहाँले सो कुरा बताउनुभएको हो। अब विश्वविद्यालय स्थापना हुँदा प्राज्ञिक थलोमा राजनीतिक हस्तक्षेप नहुने उहाँले बताउनुभयो।
किरात समुदायले महत्वका साथ मनाउने उभौली चाडलाई यस पटक विराटनगरका किराती समुदायले आन्दोलनका रूपमा सडकमै मनाएका छन्। कोशी प्रदेश नामकरणको विरोधमा आन्दोलन गरिरहेकाले यस पटक सडकमा च्याब्रुङ नाचेर सरकारलाई दबाब दिएका हुन्। सधैँ पर्व आ–आफ्नो आस्थाका कुलदेवतालाई पूजाआराधना गर्दै साकेला थानमा साकेला र च्याब्रुङ नाचेर पर्व मनाउने गरेका किरात समुदाय शुक्रबार साकेला थानको पूजा सकेर विराटनगरको रोडशेष चोकमा च्याब्रुङ र साकेला नाचे। यो चोकमा चैत ५ गते भएको पहिचान पक्षधरको आन्दोलनमा घाइते हुनुभएका पदम लिम्बू
मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन नेपाल राष्ट्र बैङ्कले करिब तीन अर्ब रुपियाँ बराबरको नागरिक बचतपत्र २०८५ बिक्री गर्ने भएको छ । पाँचवर्षे अवधिका लागि वार्षिक १० प्रतिशत ब्याजदरमा ब्याजकर लाग्ने गरी दुई अर्ब ८२ करोड १४ लाख ७० हजार रुपियाँ बराबरको नागरिक बचतपत्र बिक्रीका लागि बोलपत्र आह्वान गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा आर्थिक रूपमा देखिएको अस्थिरता र प्रतिकूल अवस्थाको समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नवलपरासी बर्दघाट सुस्ता पश्चिम) रामग्राम नगरपालिकाले बुद्ध जयन्तीको अवसरमा शुक्रबार रामग्राम स्तूपमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो ।
लालबन्दी नगरपालिकाका वृद्धवृद्धाले सामाजिक सुरक्षा भत्ता लिन धेरै सास्ती खेप्नु परेको छ। भत्ता लिनकै लागि बिहान ८ बजेदेखि नै बैङ्कमा आएर लाइन बस्नु परेको भन्दै कतिपय वृद्धवृद्धाले गुनासो गर्नुभएको छ। लालबन्दी नगरपालिका–१६, परवानीपुरकी ९० वर्षीया शिवमाया बस्नेतले सामाजिक सुरक्षा भत्ता लिन बिहीबार बिहान ८ बजेदेखि नै लालबन्दीस्थित सिद्धार्थ बैङ्कको शाखामा आएर लाइन बसेको बताउनुभयो। भत्ता बुझ्नका लागि बस्नेतससहित परवानीपुरका छ जना वृद्धा टेप्पु चढेर बिहान ८ बजे नै लालबन्दी आइपुग्नुभएको भेटिनुभयो। बैङ्क खुलेपछि पनि झरीमा भिज्दै बैङ्कमा लाइन बस्नेहरूको ठूलो भीड देखिन्थ्यो।
काभ्रेपलाञ्चोकको बनेपामा चण्डेश्वरी जात्रा सुरु भएको छ। वैशाख शुक्ल पूर्णिमामा मनाइने यो जात्रा काठमाडाैँ नजिकैको बनेपा र आसपासका क्षेत्रमा रहेका नेवार समुदायले भव्य रूपमा मनाउने गर्छन्। जात्रामा बाजागाजासहित रथलाई चण्डेश्वरीसम्म लगेर भोलिपल्ट देवीको मूर्तिलाई रथमा राखेर फर्कने चलन छ। हरेक वर्ष चण्डी पूर्णिमादेखि तीन दिनसम्म मनाइने जात्राको पहिलो दिन बिहान मत पूजा (चिराग यात्रा) गरियो। धिमे, नायिखङ्ग, छुस्यालगायत विभिन्न बाजागाजासहित आस्था भएका सबैले आआफ्ना घरबाट चिराग बोक्दै बनेपाको लायकुमा जम्मा भई जलेश्वर महादेव (जसिगा)सम्म पुगेर विसर्जन गर्ने प्रचलन रहेको संस्कृतिविद् गणेशराम लाछीले जानकारी दिनुभयो।
दोलखाको सैलुङ गाउँपालिकामा रहेको मुडे–देउराली–बाघखोर सडक निर्माण सुरु भएको साढे दुई दशकपछि कालोपत्रे हुन थालेको छ। सडक ट्र्याक खोलेर गाडी चल्न थालेको २२ वर्षपछि यो सडक कालोपत्रे गर्न थालिएको हो।
चितवन राष्ट्रिय निकुञ्जमा बाघको आहारा प्रजातिको वन्यजन्तुको सङ्ख्या वृद्धि भएको छ। मृग, जरायो, लगुना, चित्तल, बँदेललगायतका जनावर वृद्धि भएको हो। आहारा प्रजातिको अवस्था प्रतिवर्ग किलोमिटर ९९ दशमलव ७ प्रतिशत रहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो। “एक वर्ग किलोमिटरमा एउटा प्रजाति भएको अवस्था छ। यो भनेको धेरै राम्रो सङ्ख्या हो। गत वर्ष ७९ प्रतिशत रहेको थियो भने अहिले वृद्धि भएको छ,” उहाँले भन्नुभयो।