विकल्पले नै संसारमा विविधता निर्धारण गर्छ। विकल्पहीन अवस्था दुनियाँमा कहीँ कतै हुँदैन। नेपाली चिया निर्यातमा समस्या आइसकेको थिएन तर आउने सङ्केत थियो। भारतमा नेपाली चिया निर्यात हुँदै थियो। नेपालबाट भारत लगेर तेस्रो मुलुकमा समेत चिया निर्यात हुने गरेको थियो। नेपाली चियाको अन्तर्राष्ट्रिय बजार फराकिलो भए पनि नेपाल आफैँले मात्र निर्यातमा पर्याप्त ध्यान पु-याउन सकेको थिएन। केही समयअघि भारतीय संसद्मा नेपाली चिया आयातबारे बहस भयो। कतिपयको नेपाली चियाका कारण भारतीय उत्पादनले बजार नपाएको गुनासोसमेत देखियो। यसै समयमा नेपालीले उत्तरी छिमेकी मुलुक चीनमा समेत चिया निर्यातको प्रयास थालेको छ। त्यसका लागि नेपाली चियाको स्वाद अब चीनमा पुग्दै छ।
बीपी कोइराला, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालामाथि राज्य विप्लवसम्बन्धी सातवटा मुद्दा थिए। ती प्रत्येक मुद्दामा उहाँहरूलाई मृत्युदण्डको सजाय हुन सक्थ्यो। देश हरेक दिन सङ्कटतिर धकेलिँदै थियो। यसको निवारणको निमित्त मृत्युदण्डको सजायलाई पनि बेहोर्न तत्पर भएर बीपीले राष्ट्रिय एकता र मेलमिलापको नीति अवलम्बन गर्नुभयो। बीपी, गणेशमान र नेपाली कांग्रेसका अरू धेरै नेता स्वदेश फर्कनुभयो। स्वदेश फर्कने सबैलाई सरकारले कडा दमन ग-यो। राष्ट्रिय एकता र मेलमिलाप नीतिका पक्षमा नेपाली जनता उभिए। देशमा नयाँ परिवर्तनको सङ्केत देखापर्न थाले।
काठमाडौँमा येँयाः अर्थात् इन्द्रजात्रा यंलाथ्व (भाद्र शुक्ल) द्वादशीदेखि आश्विन कृष्ण चतुर्थी आठ दिनसम्म मनाइने नेवाः समुदायको विशेष पहिचान बोकेको पर्व हो। इन्द्रजात्रामा नेवार समुदायले आआफ्ना घरमा समयबजि खाने र टोलछिमेकमा पनि समेबजि बाँड्ने चलन छ। नेवाः समुदायको बस्तीमा विशेष गरेर गणेशको मन्दिरअगाडि कलात्मक रूपले समेबजि, मिठाई र फलफूल सजाएर प्रदर्शन गरिन्छ।
नेपाली राजनीतिका अब्बल व्यक्तित्व बीपी कोइरालाको जन्मजयन्तीका कार्यक्रम यस पटक पनि औपचारिक रूपमै सीमित भएका छन्। बीपीका बहुआयामिक व्यक्तित्वका विषयमा चर्चा/परिचर्चा भए पनि उहाँकै अनुयायीले समेत बीपीलाई आँतैदेखि सम्झिन सकिरहेका छैनन्। भाषणमा बीपीका आदर्श गुणका चर्चा हुन्छन् तर व्यवहारमा केही पनि लागू हुँदैन। उहाँका अनुयायी बीपीको समाजवादी नीतिको चर्को स्वरमा चर्चा गर्छन् तर व्यवहार र चरित्रमा त्यस्तो पाइँदैन।
विश्वेश्वरप्रसाद कोइरालाले एक सन्दर्भमा भन्नुभएको छ– राजा महेन्द्र र म एकआपसमा मिल्न सकेनौँ। मिल्न दिइएन। अर्को एक सन्दर्भमा उहाँले फेरि भन्नुभएको छ– म राष्ट्रवादी मात्र भएको भए पनि सधैँ प्रधानमन्त्री हुने थिएँ र प्रजातन्त्रवादी मात्र भएको भए पनि सधैँ प्रधानमन्त्री हुने थिएँ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलाशययुक्त आयोजनाबाट प्राप्त हुने तल्लो तटीय लाभसहित बहुआयामिक फाइदाका विषयलाई सरकारले विशेष ध्यान दिने बताउनुभएको छ । जलस्रोतको सामयिक र पूर्ण लाभ सुनिश्चित गरी जलाशययुक्त आयोजना निर्माणलाई सरकारले रणनीतिक तवरले अगाडि बढाइरहेको बताउनुभयो । जलस्रोत विकास संस्थाले जलविद्युत्को विकासका रणनीतिक आयामबारे बिहीबार राजधानीमा आयोजना गरेको छलफलमा मन्त्री भुसालले जलविद्युत् आयोजनाको अनुमतिदेखि निर्माणपछिको अवस्थासम्ममा पानीको तल्लो तटीय अधिकार हनन नहुने स्पस्ट पार्नुभयो । “पानीको हरेक अधिकारका लागि हामी सचेत छौँ, यसमा कसैले पनि शङ्का नगरौँ,” उहाँले भन्नुभयो ।
नेपाली सेनाले चार हजार जना जवान भर्नाका लागि आवेदन खुल्ला गरेको छ । शुक्रवार गोरखापत्रमा सूचना प्रकाशित गरी नेपाली सेनाको श्री सेना भर्ना छनौट निर्देशनालय, कार्य रथी विभाग, जङ्गी अड्डाले उक्त पदका लागि आवेदन माग गरेको हो ।
कोरोना महामारीका कारण थलिएको पोखराको पर्यटन क्षेत्र अझै उठ्न सकेको छैन । महामारी सकिएसँगै विदेशी पर्यटक आउने क्रम बढे पनि अहिले पर्यटन क्षेत्रको ‘अफ सिजन’ले गर्दा पर्यटकको चहलपहल कम छ । केही समय भारतीय पर्यटकको आगमन भए पनि तेस्रो मुलुकबाट आउने पर्यटकको सङ्ख्यामा सुधार आउन सकेन । यो तेस्रो मुलुकका पर्यटकका लागि ‘अफ सिजन’ हो । अहिले भारतीय पर्यटक केही आउने गर्छन् भने आन्तरिक पर्यटकले पोखराको पर्यटन क्षेत्रलाई निकै थेगेको छ ।
मालपोत तथा नापी कार्यालय यथावत् राख्न माग गर्दै तीन पालिकाका बासिन्दाले कामकाज अवरोध गर्दै सदरमुकाम कलैयामा जुलुस प्रदर्शन गरेका छन्। महागढीमाई नगरपालिका–९, सुवर्ण र देवताल गाउँपालिकाको सेवा सुविधाको कामकाज सिम्रौनगढ नगरपालिकाबाट सुरु गरेको विरोधमा सो सेवा पहिलाकै स्थानमा राख्न मालपोत कार्यालयदेखि जिल्ला प्रशासन कार्यालयसम्म बुधबार नाराबाजी गर्दै दुई घण्टा प्रदर्शन गरिएको हो।
जिल्ला प्रशासन कार्यालय बारामा मिटब्याजीविरुद्ध ७० वटा उजुरी परेका छन्। गृह मन्त्रालयले उजुरी दिन सार्वजनिक सूचना आह्वान गरेसँगै जिल्ला प्रशासनमा पीडितले उजुरी दिएका हुन्। दर्ता भएका उजुरीमध्ये कलैयाबाट १२, जितपुरसिमराबाट नौ, महागढीमाईबाट नौ, सिम्रौनगढबाट छ, प्रसौनीबाट चार र बाँकी कोहल्बीलगायतका पालिकाबाट उजुरी आएको प्रशासन कार्यालयले जनाएको हो। जिल्लाको जितपुरसिमरा, कलैया, कोहल्बी, बरियारपुर, सिम्रौनगढलगायतका बजारमा मिटरब्याजीको बढ्दो चलखेल र अवैध कारोबार हुने गरेको प्रहरी अनुसन्धानले देखाएको थियो। मिटरब्याजका कारण कतिपय परिवारको उठीबास भएको छ भने, कतिपयले ज्यानसमेत गुमाएका छन्। लिएको पैसा पटक–पटक तिर्दासमेत ब्याज तिर्नमा नै सबै पैसा खेत बारी सिद्धिने गरेको छ।
जिल्लाको नलगाड नगरपालिका – ८ मालुवातडामा ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । रुकुम पश्चिमको राडी देखि तल्लुवगर तर्फ जाँदै गरेको भे.१ ख. ३७३६ नम्बरको मिनी ट्रकको एक्कासि ब्रेक फेल भई दुर्घटनामा परेको हो ।
द्वन्द्वकालीन मुद्दाका सरोकारवाला पक्षले प्रतिनिधि सभामा विचाराधीन विधेयकलाई परिमार्जन गरेर मात्र पारित गर्न माग गरेका छन्। कानुन न्याय तथा मानव अधिकार समितिले बिहीबार गरेको छलफलमा यस्तो माग गरेका हुन्। समितिले घटनाका पीडित र कानुनका जानकारसँग परामर्श गरेको हो। सर्वपक्षीय परामर्शपछि समितिबाट विधेयक पारित गर्ने तयारी छ। समितिले विधेयकका संशोधनकर्तासँग भने बुधबार छलफल गरिसकेको छ।
गोरखापत्र संस्थान र देशकै पहिलो प्राविधिक विश्वविद्यालयको रूपमा स्थापित मनमोहन प्राविधिक विश्वविद्यालयबीच आपसमा सहकार्य गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ। विश्वविद्यालयका समग्र गतिविधिका बारेमा सूचना, सन्देशलगायत प्रचार–प्रसार र प्रवद्र्धनात्मक सामग्री गोरखापत्र दैनिक तथा संस्थानका अन्य प्रकाशनमार्फत सार्वजनिक गर्ने गराउने विषयमा बिहीबार मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विश्वविद्यालयको कार्यालयमा सम्झौतापत्रमा दुई पक्षीय हस्ताक्षर सम्पन्न भएको हो।
विराटनगर–३ स्थित विराट महेन्द्र रात्रि माध्यमिक विद्यालयमा दिवा र रात्रिकालीन अध्ययन अध्यापन हुँदै आएको छ। कक्षा १–५ दिवा र ६–१० को साँझ ५ बजेदेखि राति ९ बजेसम्म पढाइ हुँदै आएको हो। दिनभरि मजदुरी गरेर बेलुका विद्यालय पढ्न चाहने विद्यार्थीका लागि रात्रिकालीन विद्यालय सञ्चालन गरिएको हो। अन्य विद्यालयसँग तुलना गर्न नमिल्ने विराट महेन्द्रको जिम्मा महिला प्रधानाध्यापक दुर्गा निरौलाले सम्हाल्दै आउनुभएको छ। यो विद्यालय रात्रिकालीन भएकोले ‘टिफिन टाइम’ भने छुट्याइएको छैन।
बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हेटौँडा औद्योगिक क्षेत्रमा रहेको निजी क्षेत्रको कम्पनीलाई दिएको अनुदानमा भ्रष्टाचार भएको छ । सङ्घीय सरकारबाट हस्तान्तरित ससर्त अनुदान कार्यक्रमअन्तर्गत लागत साझेदारी वधशाला स्थापना गर्न मन्त्रालयले बफेलो क्वालिटी फुड्स प्रालिलाई दिएको अनुदान रकममा भ्रष्टाचार भएको हो । बागमती प्रदेशको सार्वजनिक लेखा समितिले अनुदान वितरणमा भ्रष्टाचार भएको ठहर गर्दै संलग्नलाई कारबाही र असुलउपर गर्न सरकारलाई निर्देशन दिएको छ ।