• ११ मंसिर २०८१, मङ्गलबार

कङ्गोमा बाढीका कारण एक सय बढीको मृत्यु

blog

किन्शासा, वैशाख २३ गते । पूर्वी कङ्गोको दक्षिणी किभु प्रान्तमा रातभर परेको भीषण वर्षाका कारण आएको बाढी र पहिरोमा परी एक सयभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

क्षेत्रीय सरकारी अधिकारी थोमस बेकेन्गेले कालेहेको प्रभावित क्षेत्रको निरीक्षण गरेपछि सोबारे जानकारी दिनुभएको हो ।

उहाँले नजिकैको किभु तालको किनारबाट शव सङ्कलन भइरहेको पनि बताउनुभएको छ । बिहीबार साँझबाट सुरु भएको भारी वर्षापछि दुईवटा नदीले आफ्नो किनार तोडेर विनाश मच्चाएका छन् । त्यसैगरी पहिराले सयौँ घरहरू ध्वस्त भएका छन् भने अन्य ठूलो धनजनको क्षति भएको बताइएको छ ।

न्यामुकुबी गाउँका ७५ प्रतिशतभन्दा बढी घरहरू बाढीले बगाएको स्थानीय बासिन्दाले अनुमान गरेका छन् । रासस/एएनआई