तान्जानियाको भ्रष्टाचार विरोधी निगरानी संस्थाले भ्रष्टाचार विरुद्धको लडाइलाई सुदृढ पार्न ३२२ जना अधिकारीहरू नियुक्त गर्ने योजना बनाएको छ ।
बलिउड अभिनेता आमिर खान नेपाल आउनुभएको छ । अभिनेता खान बुढानीलकण्ठस्थित विपश्यना ध्यान केन्द्रमा ध्यान गर्न काठमाडौं आउनुभएको हो ।
नक्कली कागजात पेस गरेर नेपाली नागरिकता लिने १० जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
फरक क्षमता भएका प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य पत्रकार मनबहादुर कठायतलाई स्कुटर हस्तान्तरण गरिएको छ ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज (आइतबार) दोहोरो अङ्कले घटेको छ । साताको पहिलो दिनको कारोबारमा बजार खुले लगत्तै उतारचढावपूर्ण अवस्थामा रहेको नेप्से परिसूचक १९ दशमलव १२ अङ्कले ओरालो लागेर एक हजार आठ सय ५० दशमलव ६१ मा सीमित भएको छ ।
सर्लाहीको लालबन्दीमा गाडीको ठक्करबाट एक बेवारिसे महिलाको मृत्यु भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षाको सुनिश्चितताका लागि पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ ।
पौडी खेल्ने क्रममा लोहोर खोलामा डुबेर एक युवकको मृत्यु भएको छ । नौमुले गाउँपालिका–८ चौराठाका १८ वर्षीय खगेन्द्र नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।
साबिक विजेता म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा चार अङ्कको अग्रता लिएको छ । लिग अन्तर्गत घरेलु मैदानमा शनिबार राति भएको खेलमा सिटीले लिड्स युनाइटेडलाई २-१ गोलले हरायो ।
गोरखापत्र प्रकाशनको १२३औं वर्ष प्रवेश तथा संस्थानको ६१औं वार्षिकोत्सवको अवसरमा आइतबार संस्थानमा कार्यरत १४ जना पत्रकार तथा कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ ।
स्पेनिस कोपा डेल रे फुटबलको उपाधि रियल म्याड्रिडले जितेको छ । शनिबार राति भएको खेलमा रियलले ओसासुनालाई २–१ गोलले हराउँदै उपाधि जितेको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले सांसद सुरेन्द्रराज आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नियुक्त गर्नुभएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नकारात्मक भावनाबाट गुज्रिरहेको समाजलाई सकारात्मकतातर्फ लैजान सञ्चारमाध्यमहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता देखिएको बताउनुभएको छ ।
रेड वर्ड प्रोडक्शनको प्रस्तुतिमा तयार हुने फिल्म ‘सोली डोली’ निर्माणको घोषणा गरिएको छ । अहिलेका लागि फिल्मको नाम र निर्माण टिमको नाम मात्र सार्वजनिक गरेको हो ।
ताप्लेजुङस्थित नेपाल नेत्र ज्योति सङ्घको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । सदरमुकाम फुङ्लिङमा शनिबार अबेर सम्पन्न सङ्घको १० औँ जिल्ला अधिवेशनले राजकुमार गुरुङ सभापति रहेको नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको हो ।