• १३ असोज २०८१, आइतबार

राष्ट्रपति पौडलसक्षम नवनियुक्त मन्त्री आचार्यद्वारा शपथ

blog

राष्ट्रपति रामचन्द्र पौडलसक्षम महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्य पद तथा गोपनीयताको शपथग्रहण लिनुहुँदै । तस्बिर : राष्ट्रपति कार्यालयको सचिवालय

काठमाडौं, वैशाख २४ गते । राष्ट्रपति रामचन्द्र पौडेलले सांसद सुरेन्द्रराज आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नियुक्त गर्नुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’को सिफारिसमा आचार्यलाई आज (आइतबार) मन्त्री पदमा नियुक्त गरिएको हो । नवनियुक्त मन्त्री आचार्यले आजै राष्ट्रपति पौडेल समक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित शपथ ग्रहण समारोहमा प्रधानमन्त्री प्रचण्ड, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत सहभागी हुनुहुन्थ्यो । राष्ट्रपतिले प्रधानमन्त्री प्रचण्डको सिफारिसमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री महिन्द्रराय यादवलाई जिम्मेवारी हेरफेर गरी खानेपानी मन्त्री तोक्नुभएको छ ।