सर्लाहीको बरहथवा र धनकौलमा आइतबार दिउँसो भएको आगलागीबाट तीन घर र एउटा गोठ जलेर नष्ट भएको छ । आगलागीबाट बरहथवा नगरपालिका –११, हीरापुरमा धर्मेन्द्र पासवान र होरिल हजारीको फूसले छाएका दुईवटा घर पूर्णरुपमा जलेको वडाध्यक्ष नवराज राईले जानकारी दिनुभयो ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणको छानवीनमा सरकारको निष्पक्षतामाथि प्रश्न उठाउनुभएको छ । आइतबार संघीय संसद भवनमा आयोजित पार्टी संसदीय दलको बैठकमा उहाँले सो प्रश्न गर्नुभएको हो ।
सङघीय संसद्को बर्खे अधिवेशन आजदेखि सुरु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संसद्को अधिवेशन आह्वान गरेअनुरुप सदनको बजेट अधिवेशन प्रारम्भ भएको हो ।
उच्च अदालत पाटनले काठमाडौं उपत्यकाको मध्यभाग भएर बग्ने इच्छुमती (टुकुचा) ढल नभइ खोला नै भएको फैसला गरेको छ ।
नेपाली कांग्रेसका नेता उमेशजङ्ग रायमाझीले एउटै मान्छे पटकपटक मन्त्री हुन खोज्ने प्रवृत्ति नक्कली भूटानी शरणार्थी प्रकरणले स्पष्ट गरेको बताउनुभएको छ ।
प्रतिनिधिसभामा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ पेश भएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीतिक व्यवस्था परिवर्तन र लोकतन्त्रको रक्षामा नेपाली पत्रकारिताले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ ।
अफगानिस्तानको पूर्वी नान्गाहार प्रान्तमा शुक्रबार रातिदेखि आएको भारी वर्षा र बाढीका कारण चार जनाको मृत्यु भएको छ भने अन्य १२५ जना घाइते भएका छन् ।
नेकपा (एमाले) संसदीय दलको बैठकमा पार्टीको नेतृत्वलाई नक्कली भुटानी शरणार्थीलगायत विषयमा सांसदहरूले चासो देखाएका छन् ।
सङ्घीय संसद्को बर्खे अधिवेशन आज (आइतबार)देखि सुरु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संसद्को अधिवेशन आह्वान गरेअनुरूप सदनको बजेट अधिवेशन प्रारम्भ भएको हो ।
देशभर २० जना कोरोना सङ्क्रमित संस्थागत आइसोलेसनमा भर्ना भएका छन् ।
सरकारले अभिभावकलाई सुर्तीजन्य प्रदार्थको सेवन त्याग्न आग्रह गरेको छ ।
सुडानमा टर्कीका राजदूत इस्माइल कोबानोग्लुको गाडीमा शनिबार गोली प्रहार भएको छ । उक्त घटनामा सुडानी सेना र अर्धसैनिक र्यानपिड सपोर्ट फोर्स (आरएसएफ) ले एकापसमा दोषारोपण गरेका छन् ।
एसियाली भारोत्तोलन च्याम्पियनसिपमा सहभागी हुन १ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली सोमबार दक्षिण कोरियाको जेन्जु प्रस्थान गर्दैछ ।
गोरखापत्र प्रवेशको १२३ औं वर्ष तथा गोरखापत्र संस्थानको ६१ औं वार्षिकोत्सवको अवसरमा विशेष कार्यक्रम आयोजना गरिएको छ । वि.सं. १९५८ वैशाख २४ गते पहिलो प्रकाशन गरेको गोरखापत्रले आज वार्षिकोत्सवको अवसरमा सो कार्यक्रम आयोजना गरेको हो ।